प्रभु बैंकले जेठ ११ गतेदेखि ४ अर्बको ऋणपत्र निष्काशन गर्ने
काठमाडाैं । प्रभु बैंकले जेठ ११ गतेदेखि ४ अर्बको ऋणपत्र निष्काशन गर्ने भएकाे छ । बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्ब बराबरको १० वर्षे ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ नामक ऋणपत्र निष्काशन गर्ने भएको हाे । बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ४० लाख कित्ता डिबेञ्चरले हुन आउने कुल रकम ४ अर्ब मध्ये १६ लाख कित्ता डिबेन्चर अर्थात १ अर्ब ६० करोड ऋणपूँजी रकम (५% अर्थात् ८० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्टयाईएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने तथा २४ लाख कित्ता डिबेञ्चरले हुन आउने कुल २ अर्ब ४ं० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिने जनाएकाे छ । सो ऋणपत्र खरिदका लागि छिटोमा जेठ १६ गतेसम्म आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पुर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ २६ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट न्युनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स रहेको छ ।
लक्ष्मी लघुवित्तका ग्राहकले ब्याजमा १० प्रतिशत छुट पाउने, असारसम्म हर्जाना ब्याज नलाग्ने
काठमाडाैं । लक्ष्मी बैंकको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्तका ग्राहकहरुले ब्याजमा १० प्रतिशत छुट पाउने भएका छन् । लघुवित्तले कोभिड-१९ को दोश्रो लहरको कारणले ग्राहकहरुकाे नियमित व्यापार, व्यवसाय, रोजगारीमा परेको प्रभावलाई मध्यनजर गर्दै चुक्ता भुक्तानी भएको कर्जाको ब्याज रकममा १० प्रतिशत छुट उपलब्ध गराउने भएकाे हाे । यस्तै लघुवित्तले असारसम्मकाे लागि हर्जाना सम्बन्धी व्यवस्थालाई हटाउने निर्णय गरेको छ । लघुवित्त अनुसार २०७८ आषार मसान्तसम्म भुक्तानी गर्नु पर्ने साँवा र ब्याज बुझाएमा भुक्तानी गरेको ब्याज रकममा १० प्रतिशत छुटको सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ । ब्याज तथा हर्जाना ब्याज छुट सम्बन्धी व्यवस्था २०७८ जेठ १ गतेदेखि लागु भई २०७८ असार मसान्तसम्मको लागि कायम रहनेछ ।
महिला सहयात्रा लघुवित्त बोलायो विशेष साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं । महिला सहयात्रा लघुवित्तले आगामी जेठ २५ गते विशेष साधारणसभा आव्हान गरेको छ । संस्थाले सो दिन बिहान ११ बजे आफ्नो केन्द्रीय कार्यालय मकवानपुरमा भिडियो कन्फरेन्समार्फत गर्न लागेको हो । जेठ ९ गते बसेको संस्थाको सञ्चालक समितिले उक्त विशेष सभा बोलाएको हो । सभाले महिला सहयात्रा लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थासँग प्राप्ति हुने प्रस्तावलाई पारित गर्ने छ । दुई संस्थाबीच १०० बराबर ६८ अर्थात महिला सहयात्राको १०० कित्ता सेयर बापत नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता सेयर कायम गर्न अन्तिम स्वीकृति प्रदान गर्ने भएको छ । सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी जेठ १७ गते एक दिन बुक क्लोज हुने भएको छ