लक्ष्मी लघुवित्तका ग्राहकले ब्याजमा १० प्रतिशत छुट पाउने, असारसम्म हर्जाना ब्याज नलाग्ने

<p>काठमाडाैं । लक्ष्मी बैंकको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्तका ग्राहकहरुले ब्याजमा १० प्रतिशत छुट पाउने भएका छन् । लघुवित्तले कोभिड-१९ को दोश्रो लहरको कारणले ग्राहकहरुकाे नियमित व्यापार, व्यवसाय, रोजगारीमा परेको प्रभावलाई मध्यनजर गर्दै चुक्ता भुक्तानी भएको कर्जाको ब्याज रकममा १० प्रतिशत छुट उपलब्ध गराउने भएकाे हाे । यस्तै लघुवित्तले असारसम्मकाे लागि हर्जाना सम्बन्धी व्यवस्थालाई हटाउने निर्णय गरेको [&hellip;]</p>

काठमाडाैं । लक्ष्मी बैंकको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्तका ग्राहकहरुले ब्याजमा १० प्रतिशत छुट पाउने भएका छन् ।

लघुवित्तले कोभिड-१९ को दोश्रो लहरको कारणले ग्राहकहरुकाे नियमित व्यापार, व्यवसाय, रोजगारीमा परेको प्रभावलाई मध्यनजर गर्दै चुक्ता भुक्तानी भएको कर्जाको ब्याज रकममा १० प्रतिशत छुट उपलब्ध गराउने भएकाे हाे ।

यस्तै लघुवित्तले असारसम्मकाे लागि हर्जाना सम्बन्धी व्यवस्थालाई हटाउने निर्णय गरेको छ ।

लघुवित्त अनुसार २०७८ आषार मसान्तसम्म भुक्तानी गर्नु पर्ने साँवा र ब्याज बुझाएमा भुक्तानी गरेको ब्याज रकममा १० प्रतिशत छुटको सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

ब्याज तथा हर्जाना ब्याज छुट सम्बन्धी व्यवस्था २०७८ जेठ १ गतेदेखि लागु भई २०७८ असार मसान्तसम्मको लागि कायम रहनेछ ।

Share News