काठमाडौं । महिला सहयात्रा लघुवित्तले आगामी जेठ २५ गते विशेष साधारणसभा आव्हान गरेको छ । संस्थाले सो दिन बिहान ११ बजे आफ्नो केन्द्रीय कार्यालय मकवानपुरमा भिडियो कन्फरेन्समार्फत गर्न लागेको हो ।
जेठ ९ गते बसेको संस्थाको सञ्चालक समितिले उक्त विशेष सभा बोलाएको हो । सभाले महिला सहयात्रा लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थासँग प्राप्ति हुने प्रस्तावलाई पारित गर्ने छ । दुई संस्थाबीच १०० बराबर ६८ अर्थात महिला सहयात्राको १०० कित्ता सेयर बापत नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता सेयर कायम गर्न अन्तिम स्वीकृति प्रदान गर्ने भएको छ ।
सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी जेठ १७ गते एक दिन बुक क्लोज हुने भएको छ