स्वावलम्बन लघुवित्त कोभिड–१९ प्रभावित सदस्यलाई राहत वितरण गर्दै

<p>काठमाडाैं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कोभिड–१९ को दोश्रो लहरको कारण आय आर्जन गर्न नसकेका विपन्न सदस्य र उनीहरुका परिवारलाई दैनिक रुपमा राहत वितरण गरिरहेकाे छ । संस्थाले आफ्नाे १४० वटा शाखा कार्यालयबाट आफ्ना सदस्यहरुलाई दैनिक रुपमा घरदैलाेमा गएर खाद्य सामग्री चामल, दाल, नुन र तेल वितरण गरिरहेकाे हाे । यसका अतिरिक्त संस्थाले कोभिड–१९ पोजिटिभ देखिएका र [&hellip;]</p>

काठमाडाैं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कोभिड–१९ को दोश्रो लहरको कारण आय आर्जन गर्न नसकेका विपन्न सदस्य र उनीहरुका परिवारलाई दैनिक रुपमा राहत वितरण गरिरहेकाे छ ।

संस्थाले आफ्नाे १४० वटा शाखा कार्यालयबाट आफ्ना सदस्यहरुलाई दैनिक रुपमा घरदैलाेमा गएर खाद्य सामग्री चामल, दाल, नुन र तेल वितरण गरिरहेकाे हाे ।

यसका अतिरिक्त संस्थाले कोभिड–१९ पोजिटिभ देखिएका र आइसोलेसनमा बसेका ग्राहक सदस्यहरुलाई सदस्यलाई आर्थिक लगायत औषधोपचारका राहत प्याकेज समेत ल्याउन लागेको जनाएको छ ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय साथै ९ वटा इलाका कार्यालय मार्फत २ लाख ५१ हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा तथा विभिन्न गैर वित्तीय, दक्षता अभिवृद्धि लगायतका सेवा प्रदान गर्दै आएको छ ।

संस्थाले गत वर्ष समेत कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा १ करोड ५७ लाख २८ हजार १ सय २१ सहयोग उपलब्ध गराएको थियो । यसैगरी, सातैवटा प्रदेशमा रहेका शाखा/उपशाखा कार्यालय मार्फत १५० वटा स्थानीय निकायलाई १० लाख आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

संस्थाले कोभिड–१९ कारण समस्यामा परेका विपन्न ग्राहक सदस्यलाई विभिन्न शाखा कार्यालय मार्फत राहत सामग्री खाद्यान्न समेत वितरण गरेको थियो ।

Share News