शिव शिखर सहकारीद्धारा भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ३ लाख सहयोग

भक्तपुर । शिव शिखर बहुउद्देश्यीय सहकारीले भक्तपुुर नगरपालिकाले स्थापना गरेकाे प्रकोप व्यवस्थापन कोषमा ३ लाख एक हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ । संस्थाका मुख्य प्रबन्धक लीलानाथ गौतम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिव शिखरले उक्त आर्थिक सहयोग उपलब्ध गराएको बताएका छन् । नगरपालिकाले उक्त काेष ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न सथापना गरेकाे थियो । संस्थाले कोटेश्वरदेखि पलासेसम्म सिसिटिभी जडान गर्न भक्तपुर जिल्ला सिसिटिभी समितिलाई पनि ७५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको यो सहकारीले बचत तथा ऋण परिचालनका अतिरिक्त सुपथ मूल्यमा कृषकहरुलाई पावर ट्रेलर, मिनि ट्रेलर, पम्प लगायतका कृषि कार्यका लागि आवश्यक पर्ने विभिन्न आधुनिक कृषि यन्त्र तथा उपकरणहरु विक्रि वितरणको काम समेत गर्दै आइरहेको छ । संस्थाले एउटै छानामुनि दैनिक उपभोग्यवस्तु उपलब्ध गराउन मुलुकका विभिन्न स्थानमा चेन स्टोरका रुपमा गार्डेन मार्ट सञ्चालनमा ल्याएको छ ।

सीईडीबी हाइड्रोको सेयर कारोबार आजदेखि खुल्ने, कतिमा होला पहिलो कारोबार ?

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार आजदेखि खुल्ने भएको छ । आईपीओ पश्चात नेप्सेमा सेयर सूचीकृत भएसँगै कम्पनीको आजदेखि दोश्रो बजारमा सेयर किनबेच खुल्ने भएको हो । हालै आईपीओ निष्काशन गरी बाँडफाँड गरेको कम्पनीको हिजो अर्थात जेठ २५ गतेमात्रै सेयर नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर र कम्पनीका संस्थापकले लगानी गरेको ५८ लाख ७५ हजार ८७० कित्ता सेयर समेत गरी कूल ८३ लाख ९४ हजार १०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त सेयर आजदेखि कारोबार हुने भएको हो । जसको लागि कम्पनीको सिम्बोल ‘सीएचडीसी’ दिइएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता १३८.७९ रुपैयाँ र अधिकतम ४१६.३७ रुपैयाँ तोकेको छ । यससँगै लगानीकर्ताले कम्पनीको पहिलो कारोबार यी रेञ्जभित्र रहेर शुरू गर्न सक्नेछन् ।

नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ती गर्ने प्रस्ताव पारित, चुक्ता पुँजी ४२ करोड पुग्ने

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको छ । जेठ २५ गते सम्पन्न संस्थाको विशेष साधारण सभा सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै संस्थाले महिला सहयात्रालाई १००ः६० को स्वाप रेसियोमा प्राप्ती गर्ने भएको हो । महिला सहयात्रा प्राप्ति पश्चात नेशनल माइक्रोफाइनान्सको पहुँच ७० जिल्लाको १०० वटा शाखा कार्यालय मार्फत १ लाख ४५ हजार घर परिवारमा सेवा पुग्ने छ । त्यसैगरि लगानीमा रहेको कर्जा १० अरब, बचत २ अरब ५० करोड, चुक्ता पुँजी ४२ करोड र कर्मचारीहरु करीब ६०० जना पुग्ने कुरा संस्थाको प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले जानकारी गराए । २०७१ असार १८ गतेदेखि सञ्चालनमा आएको राष्ट्रिय स्तरको नेशनल माइक्रोफाइनान्स लघुवित्त स्थापनाको हाल सातौ वर्षको अवधीसम्म ४७ जिल्लाको ६५ वटा शाखाहरु मार्फत १ लाख ५ हजार घरपरिवारहरुलाई सेवा पुर्याउदै आएको छ । सम्बन्धित समाचार महिला सहयात्रालाई नेशनल माइक्रोफाइनान्सले प्राप्ति गर्ने प्रस्ताव पारित, स्वाप रेसियो कति ?