काठमाडाैं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले संस्थापक समूह अन्तर्गतकाे १ लाख ९० हजार ६५० कित्ता सेयर बिक्री गर्ने भएको छ ।
संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य ७ सय ५१ रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएकाे छ ।
साथै संस्थाले विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई यो लिलामको सूचना प्रकाशन गरी ३५ दिनको समय दिएको हुनाले संस्थापक शेयरधनीहरुलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित नगरिएको जनाएकाे छ ।
संस्थाले संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुलाई असार २७ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडाैंमा आइपुग्ने सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाएकाे छ ।