शिव शिखर सहकारीद्धारा भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ३ लाख सहयोग

<p>भक्तपुर । शिव शिखर बहुउद्देश्यीय सहकारीले भक्तपुुर नगरपालिकाले स्थापना गरेकाे प्रकोप व्यवस्थापन कोषमा ३ लाख एक हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ । संस्थाका मुख्य प्रबन्धक लीलानाथ गौतम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिव शिखरले उक्त आर्थिक सहयोग उपलब्ध गराएको बताएका छन् । नगरपालिकाले उक्त काेष ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य [&hellip;]</p>

भक्तपुर । शिव शिखर बहुउद्देश्यीय सहकारीले भक्तपुुर नगरपालिकाले स्थापना गरेकाे प्रकोप व्यवस्थापन कोषमा ३ लाख एक हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

संस्थाका मुख्य प्रबन्धक लीलानाथ गौतम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिव शिखरले उक्त आर्थिक सहयोग उपलब्ध गराएको बताएका छन् ।

नगरपालिकाले उक्त काेष ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न सथापना गरेकाे थियो ।

संस्थाले कोटेश्वरदेखि पलासेसम्म सिसिटिभी जडान गर्न भक्तपुर जिल्ला सिसिटिभी समितिलाई पनि ७५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको यो सहकारीले बचत तथा ऋण परिचालनका अतिरिक्त सुपथ मूल्यमा कृषकहरुलाई पावर ट्रेलर, मिनि ट्रेलर, पम्प लगायतका कृषि कार्यका लागि आवश्यक पर्ने विभिन्न आधुनिक कृषि यन्त्र तथा उपकरणहरु विक्रि वितरणको काम समेत गर्दै आइरहेको छ ।

संस्थाले एउटै छानामुनि दैनिक उपभोग्यवस्तु उपलब्ध गराउन मुलुकका विभिन्न स्थानमा चेन स्टोरका रुपमा गार्डेन मार्ट सञ्चालनमा ल्याएको छ ।

Share News