पुँजी बजारमा नकारात्मक पार्ने क्रियाकलाप नगरियोस्, बोर्डको भूमिका प्रभावकारी होस्: अर्थमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारको नियामक निकायको रुपमा रहेको बोर्डको भूमिका प्रभावकारी बनाउन आग्रह गरेका छन् । बोर्डको २९औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री पौडेलले बोर्डलाई आगामी दिनमा आफ्नो कार्यलाई सशक्त बनाउन आग्रह गरेको हुन् । पुँजीबजारलाई विश्वसनीय तुलाउनको लागि यसमा कुनैपनि प्रकारका अनियमितता, पुँजीबजारमा नकारात्मक पार्ने कुनै पनि क्रियाकलाप प्रवेश गर्न नपाउन् भन्नेतर्फ बोडले विशेष ध्यान दिनुपर्ने उनले बताए । ‘पछिल्लो समय पुँजीबजार आकर्षणको केन्द्रबिन्दु बनेको छ । लगानीकर्ताको संख्या र लगानीको आकार पनि बढ्दै गएको छ । जुन सरकारप्रति लगानीकर्ताको विश्वास रहेको भन्नेमा विश्वस्त छु,’ उनले भने । त्यस्तै, आउने दिनमा लगानीकर्ताको हित र संरक्षणको पक्षमा धितोपत्र बोर्डको भूमिका प्रभावकारी बनाउन र लगानीका क्षेत्र र दायराहरु थप विस्तार गर्न उनले जोड दिएका छन् । सम्बन्धित समाचार कमोडिटी मार्केट सञ्चालनको लागि आवश्यक गृहकार्य शुरु गर्न अर्थमन्त्री पौडेलको निर्देशन
राष्ट्रिय खाद्य बैंकको प्रमोटर सेयर असार मसान्तसम्म बिक्री हुने
काठमाडौं । राष्ट्रिय खाद्य बैंकले प्रमाेटर सेयरमा मागभन्दा बढी प्रतिवद्धता आएपछि सेयर बिक्री सेवा असार मसान्तसम्म संचालन गरिने कम्पनीले जनाएकाे छ । २ अर्ब लगानी गर्नेगरी स्थापना भएको बैंकले लगभग आवश्यक पूजीँको निश्चितता भएकोले सो निर्णय गरेकाे जनाएकाे छ । जेठका बाँकी दिन र असार महिनाभरी मात्रै बैकको प्रमोर्टर सेयर सदस्य बन्न सकिने बैकका अध्यक्ष शंकर उप्रेतीले बताएका छन् । ‘असार मसान्तसम्म इच्छुक हुनेहरु बैकसमक्ष आउन अनुरोध छ । सो पश्चात शेयर खरिद गर्न नपाउनु हुनेहरुले दुई बर्षपछी आइपिओ भर्न पाउने छन् । हामी त्यहि ढंगले काम गर्दैछौ,’ उनले भने । ‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ स्थापित बैंकले पोखरा, बाँके–बर्दिया र झापा–मोरङमा बृहत कृषि परियोजना सुरु गरिसकेको छ । स्थानिय कृषकहरुको सहभागितामा ती प्रोजेक्टहरु अघि बढाइएको अध्यक्ष उप्रेतिले बताए । पहिलो चरणमा ती स्थानहरुमा स्थानिय जातका उन्नत धान रोप्ने काम भइरहेको उनले बताए । झापा–मोरङमा करिब ५०० बिघा र बाँके–बर्दिया–कास्की जिल्लामा झण्डै ४०० बिघा जग्गा गरी झण्डै ९ सय विघा जग्गामा खाद्य बैंकले स्थानीयहरु सहितको सहभागितामा धान रोप्ने काम अघि बढाएको र अन्य जिल्लाहरुमा पनि जग्गा लिजमा लिने कामहरु भइरहेको अध्यक्ष उप्रेतीले जनाए । कोभिड १९ को कारण बैंकको गतिविधिमा व्यापक संकुचन आएको बताउँदै अध्यक्ष उप्रेतिले भने–‘कोरोनाको दोश्रो लहर नआएको भए हामीले करिब २३ जिल्लामा खेतीपाती गर्ने तयारी थियो । कोरोनाले लक्ष्यमा बे्रक गर्यो’ । अध्यक्ष उप्रेतिका अनुसार यी परियोजनाहरु पाइलट प्रोजेक्टको रुपमा अघि बढाइनेछ । उनी भन्छन्, ‘हामी आफैले उत्पादनको काम अघि मात्रै बढाउँदैनौ, किसानलाई पनि आधुनिक एवं व्यवस्थीत खेती प्रणालीमा समाहीत गर्दै लैजान्छौ । साथै हाम्रै उत्पादन प्रणाली, मल–बिउ प्रयोग गरेर गुणस्तरीय उत्पादन गर्ने कृषिकहरुका सबै उत्पादनहरु यसै बर्षबाट हामी खरिद पनि गछौ । ब्राडिङ गरेर यसै बर्षबाट त्यस्ता खाद्य वस्तु बजारमा ल्याँउछौ ।’ राष्टिय खाद्य बैङ्कमा हालसम्म ५ सय ९० प्रमोटर सेयर सदस्य छन् । आवश्यक मापदण्ड पूरा गरी बैक छिट्टै सर्वसाधारणका लागि आइपिओमा जाने तयारीमा छ । कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रूपमा खाद्य बैङ्क स्थापना भएकोले बैंकमार्फत धान, गहुँ, मकै, तरकारी तथा फलफूलको उत्पादन तथा व्यापार गर्दै किसानसँग सहकार्य गर्दै उत्पादन बढाउने अध्यक्ष उप्रेतीले बताए ।
कोभिडको जोखिम समेत कभर हुने शिखरको स्वास्थ्य बीमामा आकर्षण बढ्दो, सर्वसाधारणलाई राहात
काठमाडौं । कोभिड १९ को दोस्रो लहरसँगै शिखर इन्स्योरेन्सले ल्याएको स्वास्थ्य बीमाअन्तर्गत कोभिडको जोखिम समेत कभर हुने स्किमप्रति आकर्षण बढेको छ । गत साल बैशाखबाट सुरु भएको यो स्किमबाट कोभिड १९ का धेरै संक्रमितले हालसम्म राहात पनि पाइसकेका छन् । शिखरको यो स्वास्थ्य बीमा स्किमअन्तर्गतको सुविधा पाउन कोभिड १९ बाट बिरामी भएका बीमितहरुले कम्तीमा २४ घण्टा अस्पतालमा भर्ना भई उपचार गराएको हुनुपर्छ । सो अवधिमा उपचारका दौरान अस्पतालमा लागेको सम्पूर्ण खर्चको भार शिखर इन्स्योरेन्सले व्यहोरिदिने भएकाले अहिलेको महामारीमा सर्वसाधरणलाई राहात मिलेको छ । शिखरमा स्वास्थ्य बीमा गर्दा कोभिडको जोखिम पनि कभरेज हुने यो स्किम बीमा उद्योगकै पृथक स्किम पनि हो । यो स्किम खरीद गर्ने बीमितले ५० हजारदेखि १० लाख रुपैयाँसम्मको कोभिड उपचार सेवाअन्तर्गतको दाबीभुक्तानी समेत पाइसकेको कम्पनीले जनाएको छ । सरकारले ल्याएको कोभिड बीमाको स्किम असारबाट सकिने घोषणा भइसकेको अवस्थामा त्योभन्दा उत्तम स्किमको खोजी गर्नेहरुका लागि शिखरको स्वास्थ्य बीमा राम्रो विकल्प बन्नसक्छ । शिखरको स्वास्थ्य बीमाको स्किमले कोभिडको मात्र नभई १ हजारभन्दा बढी रोगको जोखिमलाई समेत कभरेज गरिदिने गरेको छ । निर्जीवन बीमा कम्पनीमै सबैभन्दा पहिला नेपालमा स्वास्थ्य बीमा सुरु गरेको शिखर इन्स्योरेन्सले हाल १ हजारभन्दा बढी रोग लाग्दा त्यसको उपचार खर्च व्यहोर्ने लोकप्रिय सेवा ६ हजार बढी अस्पतालबाट प्रवाह गरिरहेको छ । जटिल रोग लागे पनि सामान्य रकम प्रिमियम तिर्दा नै महंगो उपचार पाउन संभव हुने यो स्किम शिखरले ९ वर्षअघिदेखि सुरुवात गरेको थियो । वि.सं. २०६८ मा बीमा समितिबाट अनुमति पाएर शुरु भएको शिखरको स्वास्थ्य बीमा उद्योगकै सर्वाधिक तथा धेरै रोगलाई समेटिएको पहिलो स्वास्थ्य बीमा योजना पनि हो । यो स्किमअन्तर्गत जटिल रोग लागेर महङ्गो उपचार गराउन गाह्रो हुने तथा उपचार गर्न पैसा नभएर समस्यामा पर्ने अवस्थालाई समाधान गर्ने उद्देश्यले शिखर इन्स्योरेन्स कम्पनीेले पारिवारिक, व्यक्तिगत र सामूहिक बीमासँग सम्बन्धित पोलिसी डिजाइन गरेको छ । यो स्किममा व्यक्तिगत बीमाअन्तर्गत न्यूनतम ५० हजारदेखि १० लाख रुपैयाँसम्मको सुविधा पाइन्छ, भने ५० हजारदेखि २० लाखसम्म पारिवारिक बीमा र सामूहिक तथा संस्थागत बीमा गर्दा ५० हजारदेखि १० लाख रुपैयाँसम्मको उपचार सेवा पाइन्छ । यस्तै संस्थागत सामूहिक बीमा गर्न कम्तीमा ५० जना कर्मचारी भएको संस्था तथा समूहलाई मान्यता दिइने गरिएको छ । तीनमहिने नाबालकदेखि ७० वर्षसम्मका सर्वसाधारणले शिखर स्वास्थ्य बीमामा आबद्धता जनाउन सक्नेछन् । नेपालमा स्वास्थ्य बीमा गर्ने प्रचलन त्यति धेरै प्रयोगमा नआएको अवस्थामा नै शिखर इन्स्योरेन्सले भने स्वास्थ्य बीमाको निकै आकर्षक स्किम ल्याएको थियो । शिखरले स्वास्थ्य बीमाको नेपालमा जागरण पैदा गरेको र यो क्रमशः देशबासीमा लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ । बि.सं. २०६८ भदौ २६ गते पहिलो बीमालेख बिक्री गरेको शिखरले पहिलो वर्ष ३२ वटा बीमा पोलिसि बिक्री गरेबापत ४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो । स्किमप्रति बढ्दो आकर्षणकै कारण चालु आर्थिक बर्षको ९ महिनासम्ममा १ हजार बढी पोलिसि बिक्रि गरी ५ करोड बढी प्रिमियम संकलन भएको कम्पनीले जनाएको छ । हाल शिखर इन्स्योरेन्सले १०३ शाखाहरु र घुम्ती बीमा कार्यक्रममार्फत पनि बीमा पोलिसीको सेवा सर्वसाधारणको घरदैलोमै पुगेर प्रवाह गरिरहेको छ । कोभिड संक्रमण फैलिइरहेको अवस्थामा भौतिक रुपमा उपस्थित हुन नसकिने वा नचाहनेले डिजीटल माध्यमबाट पनि शिखरका बीमा पोलिसीहरु खरीद गर्न सकिने च्याटवटको सुविधा उपलब्ध छ ।