सिद्धार्थ बैंकले सुरु गर्याे इजि बैंकिङ्ग सेवा, ससाना कामकाे लागि बैंक धाउनु नपर्ने

काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले इजि बैंक नामक अनलाइन प्लयाटफर्म ल्याएको छ । यस इजि बैंक प्लाटफर्म सिद्धार्थ बैंकको आधिकारिक वेबसाइटमा गइ वा सोझै यस लिङ्क मार्फत ग्राहकहरुले प्रयोग गर्न सक्नेछन् । यस प्लाटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरु एकै ठाउँमा संकलित गरिएको छ जसले गर्दा ग्राहकहरुले प्रयोग गर्न चाहने डिजिटल सुविधाहरु सहजताका साथ छनौट गर्न सक्नेछन् । हाल इजि बैंक प्रयोग गरी ग्राहकहरुले अनलाइनबाट खाता खोल्न, डेबिट वा क्रेडिट कार्डका लागि आवेदन दिन सकिने तथा आफ्नो सिआरएन नं हेर्न सक्नेछन् । इजि बैंकसेवा जुनसुकै समय र स्थानबाट प्रयोग गर्न सकिने हुनाले अहिलेको कोभिड १९ को महामारीको अवस्थामा ग्राहकहरु सुरक्षाको दृष्टिकोणले अझ बढि लाभदायक रहेने बैंकले जनाएकाे छ । डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने लक्ष्य लिइ बैंकले आगामी दिनहरुमा यस प्लाटफर्ममा अरु पनि बैंकिङ्ग सेवाहरु थप गरी यस प्लाटफमलाई अझ बढी प्रभावकारी र प्रविधिमैत्रि बनाउँदै लैजाने बैंकको उद्देश्य रहेको छ

सेलपेका ग्राहकलाई वालेट लोड गर्दा १० प्रतिशत क्यासब्याक तुरुन्तै

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमले ग्राहकहरुको माग बमोजिम सेलपे सेवा अव वालेट मार्फत पनि चलाउन सकिने गरी सेवा विस्तारको क्रममा ग्राहकहरुका लागि दोश्रो चरणको योजना शुरु गरेको छ । यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले वालेट लोड गर्दा १०% क्यासब्याक र मोबाईल टपअपमा ४% क्यासब्याक तुरुन्तै पाउन सक्नेछन् । यो योजना यही असार १७ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म लागु हुने कम्पनीले जनाएकाे छ । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुन्छ र यससँग आवद्ध भएका बैंकहरुका खाताका साथै वालेट लोडबाट पनि ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । साथै ग्राहकहरुले सेलपेबाट फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क नलाग्ने कम्पनीले जनाएकाे छ ।  

शंखरापुर नगरपालिकाका कृषकको सम्पूर्ण बीमा आइएमई जनरल इन्स्योरेन्सले गरिदिने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरपालिका बिच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र शंखरापुर नगरपालिकाको तर्फबाट नगर प्रमुख सुवर्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात शंखरापुर नगरपालिकामा रहेका सम्पूर्ण कृषकले आफ्नो पशुपन्छी तथा बालिनालीको बीमा ढुक्कसँग आइएमई जनरल इन्स्योरेन्सबाट गर्न सक्ने छन् । त्यस्तै, नगरवासीको भौतिक सम्पत्ति, कृषकहरुको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने प्रतिवद्धता सहित काठमाडौं जिल्लामा नै नमूना नगरापालिकाको रुपमा आफूलाई स्थापित गरेको छ । बीमा पश्चात कुनै कृषकको बीमा गरिएको कुनै पनि सम्पत्तिको हानी नोक्सानी भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्ससँग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले आफ्नो सम्पत्तीको बीमा गरी ढुक्क भएर पशुपन्छी पालन लयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन बढाउन नगर प्रमुख सुवर्ण श्रेष्ठले अनुरोध गरेका छन् । साथै यस कार्यमा नगरपालिकाले अभिभावकको रुपमा रहेर नगरवासीहरुलाई सेवा गर्ने उनको प्रतिवद्धता रहेको छ । त्यस्तै, आइएमई जनरल इन्स्योरेन्सले शंखरापुर नगरपालिकाले आफ्ना नगरवासी लगायत नगरभित्र रहेका कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।