महालक्ष्मी विकास बैंककाे स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त भएकी छिन् । शुक्रबार बसेको सञ्चालक समितिको ४९० औं बैठकले श्रेष्ठलाई संस्थाको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । बैंक तथा वित्तीय संस्थामा २५ वर्ष भन्दा बढिको बैकिङ्ग अनुभव रहेको श्रेष्ठले स्टाण्डर्ड चाटर्ड बैंक नेपालबाट बैकिङ्ग क्षेत्रमा प्रवेश गरेकी थिइन् भने तत्कालीन सुप्रिम डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतसम्मको अनुभव पनि बटुलेकी छिन् । व्यवसाय प्रशासनमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेकी श्रेष्ठ नेपाल फाइनान्स एसोसिएसन र डेभलप्मेन्ट बैंकर्स एसोसिएसनमा लामो समयसम्म आवद्ध रहेकी थिइन् । त्यसैगरी उनले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुमा वित्तीय परामर्शदाताको रुपमा पनि काम गरेकी छिन् ।

एनआईबीएल सहभागिता फण्डका लगानीकर्ताले लगानीलाई तत्काल दुई गुणासम्म बढाउन सक्ने

काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट बैंक कोष प्रवद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्डले आफ्ना लगानीकर्ताहरुको लागि नयाँ अवसर ल्याएको छ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) को सफलतापूर्वक सञ्चालनको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा एनआईबीएलले आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने अवसर ल्याएको हो । यस योजनामा सहभागी भई लगानीकर्ताहरुले आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म वृद्धि गराउन सक्नेछन् । यो योजना व्यक्तिगत ग्राहकहरुका लागि मात्र हुनेछ भने यसमा सहभागि हुन न्यूनतम ३०० इकाई अनिवार्य खरिद गर्नुपर्नेछ । यो योजना साल असार २० गतेदेखि २०७८ साल असार २४ गतेसम्म मात्र लागु हुनेछ । यस योजनाको नतिजा साउन १५ गते गोलाप्रथाद्वारा फेसबुक लाइभ मार्फत गरिनेछ र योग्य सहभागिहरुबाट २० जना विजेता घोषणा गरिनेछ र योजनाको नियम र सर्तहरु अनुसार पुरस्कार वितरण गरिनेछ ।

सोल्टी होटल र सूर्या लाइफको उदाहरणले झन् डर लाग्यो एसएसएफमा जान

नेपाल सरकारले २०७५ मंसिर ११ गते औपचारिक, अनौपचारिक तथा निजी क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरुको आर्थिक र सामाजिक जोखिम न्यूनिकरण गर्ने उद्देश्य राखी श्रमिकहरुको लागि ‘नयाँ युगको शुरुवात’ भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएको कुरा सर्वविदितै छ । यस योजनाको परिकल्पना अनुसार वर्तमान अवस्थामा सर्वप्रथम सामाजिक सुरक्षाको न्यूनतम सुविधाबाट बञ्चित लाखौं श्रमिक, कामदार/कर्मचारीहरुलाई समेटिनु पर्छ भन्ने कुरामा कसैको विमति नहोला । विडम्बना, विगतदेखि नै राम्रो र आकर्षक सामाजिक सुरक्षा पाइरहेका हामीले सामाजिक सुरक्षामा आवद्ध भइसक्दा समेत सामाजिक सुरक्षा कोष (एसएसएफ) ऐन संसोधन गरी हाम्रा सेवा सुविधा नघटनेतर्फ ध्यान नदिइएकोले अव उपरान्त सो योगदानलाई निरन्तरता गर्न नसकिने अवस्था एसएसएफले सिर्जना गरिरहेको छ । अन्य संस्थाहरुलाई क्षतिपूर्ति दिन निर्देशन दिने तर स्वयमले एसएसएफमा आवद्ध भएका संस्थालाई क्षतिपूर्ति नदिएकोले एसएसएफमा निरन्तरता गर्न नसकिने अवस्था सिर्जना भएको छ । सूर्या लाइफ इन्स्योरेन्सका कर्मचारी दुर्घटना भएर उपचार भइरहेको तर क्षतिपूर्ति हालसम्म नदिएको उदाहरण हाम्रै सामु छ । सोल्टी होटल एसएसएफमा आवद्ध भएको तर त्यहाँका कर्मचारीको मृत्यु हुदाँ समेत क्षतिपूर्ति नदिएको जस्ता घटनाले एसएसएफप्रति थप अविश्वासको वातावरण पैदा भएको छ । कम्पनीमा भएका व्यवस्थाहरु र एसएसएफमा भएका व्यवस्थाहरुः (खड्का प्राइम लाइफ इन्स्योरेन्स कर्मचारी कर्मचारी संघका अध्यक्ष हुन्)