सिद्धार्थ बैंकले सुरु गर्याे इजि बैंकिङ्ग सेवा, ससाना कामकाे लागि बैंक धाउनु नपर्ने

<p>काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले इजि बैंक नामक अनलाइन प्लयाटफर्म ल्याएको छ । यस इजि बैंक प्लाटफर्म सिद्धार्थ बैंकको आधिकारिक वेबसाइटमा गइ वा सोझै यस लिङ्क मार्फत ग्राहकहरुले प्रयोग गर्न सक्नेछन् । यस प्लाटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरु एकै ठाउँमा संकलित गरिएको छ जसले [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले इजि बैंक नामक अनलाइन प्लयाटफर्म ल्याएको छ ।

यस इजि बैंक प्लाटफर्म सिद्धार्थ बैंकको आधिकारिक वेबसाइटमा गइ वा सोझै यस लिङ्क मार्फत ग्राहकहरुले प्रयोग गर्न सक्नेछन् ।

यस प्लाटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरु एकै ठाउँमा संकलित गरिएको छ जसले गर्दा ग्राहकहरुले प्रयोग गर्न चाहने डिजिटल सुविधाहरु सहजताका साथ छनौट गर्न सक्नेछन् ।

हाल इजि बैंक प्रयोग गरी ग्राहकहरुले अनलाइनबाट खाता खोल्न, डेबिट वा क्रेडिट कार्डका लागि आवेदन दिन सकिने तथा आफ्नो सिआरएन नं हेर्न सक्नेछन् ।

इजि बैंकसेवा जुनसुकै समय र स्थानबाट प्रयोग गर्न सकिने हुनाले अहिलेको कोभिड १९ को महामारीको अवस्थामा ग्राहकहरु सुरक्षाको दृष्टिकोणले अझ बढि लाभदायक रहेने बैंकले जनाएकाे छ ।

डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने लक्ष्य लिइ बैंकले आगामी दिनहरुमा यस प्लाटफर्ममा अरु पनि बैंकिङ्ग सेवाहरु थप गरी यस प्लाटफमलाई अझ बढी प्रभावकारी र प्रविधिमैत्रि बनाउँदै लैजाने बैंकको उद्देश्य रहेको छ

Share News