काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमले ग्राहकहरुको माग बमोजिम सेलपे सेवा अव वालेट मार्फत पनि चलाउन सकिने गरी सेवा विस्तारको क्रममा ग्राहकहरुका लागि दोश्रो चरणको योजना शुरु गरेको छ ।
यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले वालेट लोड गर्दा १०% क्यासब्याक र मोबाईल टपअपमा ४% क्यासब्याक तुरुन्तै पाउन सक्नेछन् । यो योजना यही असार १७ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म लागु हुने कम्पनीले जनाएकाे छ ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।
यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुन्छ र यससँग आवद्ध भएका बैंकहरुका खाताका साथै वालेट लोडबाट पनि ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् ।
साथै ग्राहकहरुले सेलपेबाट फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क नलाग्ने कम्पनीले जनाएकाे छ ।