काठमाडाैं । बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी सानुकाजी महत जाेरपाटीबाट लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका छन् । जाेरपाटीका ४५ वर्षीय महत ६ महिनापछि लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका हुन् ।
उच्च अदालत पाटनको २०७७ मंसिर १४ र पुस १८ गतेको फैसलाले उक्त मुद्दामा २० दिन कैद र ४८ लाख रूपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही महत फरार हुँदै आएका थिए ।
महतले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्यानमा पारी चेक काटी पीडित रजनी मिश्र र महेश महर्जनलाई दिएकोमा बैंकिङ्ग कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।