आइएमई पेबाट हवाई टिकट किन्दा ५० प्रतिशत क्यासब्याक पाइने
काठमाडौं । ‘आइएमई पे’ ले दसैँको झट्का स्किम सार्वजनिक गरिएको छ । कम्पनीले याे स्किम असोज ११ देखि १४ गतेसम्म हरेक दिन दिउँसो १ बजे १ घण्टाका लागि लागु गरेकाे छ । यस स्किम अन्तर्गत आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । क्यासब्याकको सीमा २ हजारसम्मको रहेको छ भने यो अफर मात्र पहिलो १०० खरिदकर्ताहरूका लागि प्रत्येक दिन फ्याल्स बिक्रीको समयमा उपलब्ध गराइनेछ । आइएमई पे प्रयोगकर्ताले हवाई टिकट खरीद गरेको २४ घण्टा भित्र क्यासब्याक प्राप्त गर्नेछन् र यसमा आईएमई पे पंजीकृत मोबाइल नम्बर मात्र सहभागिताको लागि योग्य हुनेछन् ।
नेपाल लाइफले दुई महिनामै कमायो साढे ७ अर्ब प्रिमियम, अरूले कति ? (सूचीसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले दुई महिनामै २८ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् । उनीहरुले आर्थिक वर्ष २०७८/७९ को भदौ मसान्तसम्ममा कूल २८ अर्ब १५ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएका हुन् । हाल सञ्चालित १९ वटा जीवन बीमा कम्पनीले गत साउन र भदौमा कूल ८७ लाख ९६ हजार ८८ वटा बीमालेख जारी गरी सो मात्राको बीमाशुल्क उठाएका हुन् । कूल बीमालेखमध्ये ८२ लाख ८ हजार ५२५ वटा जीवन बीमालेख र ५ लाख ८७ हजार ५६३ वटा बैदेशिक रोजगार बीमालेख बिक्री भएका छन् । समिक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी प्रिमियम संकलन गरेको छ । कम्पनीले दुई महिनामा ११ लाख ६ हजार ३६४ वटा बीमालेख बिक्री गरी ७ अर्ब ६२ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको हो । त्यस्तै, अन्य ५ वटा कम्पनीले एक अर्बभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ३४ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ३ अर्ब ३६ करोड, नेशनल लाइफले २ अर्ब ४१ करोड, यूनियन लाइफले एक अर्ब ३५ करोड र एशियन लाइफले एक अर्ब ५ करोड रुपैयाँ बराबरको प्रिमियम आर्जन गर्न सफल भएका छन् । कसको कति ? बाँकी रहेका अन्य जीवन बीमा कम्पनीले भने अर्बभन्दा कम बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये महालक्ष्मी लाइफले सबैभन्दा कम प्रिमियम संकलन गरेको छ । इन्स्योरेन्सले साउन र भदौ दुई महिनामा २८ हजार ८८१ वटा बीमालेख बिक्री गरी कूल २० करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । बीमालेखको आधारमा भने रिलायबल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी संख्यामा बीमालेख बिक्री गरेको छ । कम्पनीले चालु आवको दुई महिनामै सो मात्राको बीमालेखबाट कूल ६६ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी कूल ३९ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । उनीहरुको कूल २ हजार १३५ वटा कार्यालय रहेका छन् । जहाँ ५ हजार ८९१ जना कर्मचारीहरु कार्यरत रहेका समितिले जनाएको छ । सम्बन्धित थप समाचार बीमा क्षेत्रले दुई महिनामै उठायो साढे ३४ अर्ब प्रिमियम, सबैभन्दा बढी जीवन बीमाको
बीमा क्षेत्रले दुई महिनामै उठायो साढे ३४ अर्ब प्रिमियम, सबैभन्दा बढी जीवन बीमाको
काठमाडौं । नेपालको बीमा क्षेत्रले दुई महिनामै साढे ३४ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेको छ । बीमा समितिका अनुसार जीवन र निर्जीवन बीमा कम्पनीले गत साउन र भदौ मसान्तसम्ममा ३४ अर्ब ५३ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरिरसकेका छन् । जुन गत वर्षको भन्दा ३४.२२ प्रतिशत बढी हो । समितिको तथ्याङ्क अनुसार निर्जीवनभन्दा जीवन बीमा कम्पनीले बढी प्रिमियम उठाएका छन् । समीक्षा अवधिमा जीवन बीमा व्यवसायबाट २८ अर्ब १३ करोड रुपैयाँ र निर्जीवन बीमा व्यवसायबाट ६ अर्ब ३९ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन भएको छ । जुन गत वर्षको तुलनामा क्रमशः ३४.२४ र ३४.१३ प्रतिशतले बढी हो । २०७७ भदौमा जीवन बीमा कम्पनीले २० अर्ब ९६ करोड र निर्जीवन बीमा कम्पनीले ४ अर्ब ७७ करोड रूपैयाँ मात्रै बीमाशुल्क उठाएका थिए । त्यस्तै, भदौ महिनासम्ममा जीवन बीमा कम्पनीले ८७ लाख ९६ हजार ८८ वटा र निर्जीवन बीमा कम्पनीले ४ लाख ७३ हजार २३४ वटा बीमालेख जारी गरेका छन् । जुन २०७७ भदौको तुलनामा क्रमशः १०.८४ र ७.६६ प्रतिशतले बढी हो । समीक्षा अवधिसम्ममा जीवन बीमा कम्पनीको चुक्ता पुँजी ३९ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको भदौको तुलनामा १७.९६ प्रतिशतले बढी हो । त्यस्तै, निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १५.९९ प्रतिशतले बढेर १९ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ रहेको छ ।