मानुषी लघुवित्तका सेयरधनीको हात खाली, लाभांश नदिने

काठमाडौं । यो वर्ष मानुषी लघुवित्त वित्तीय संस्थाको सेयरधनीको हात खाली हुने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा नगरेसँगै उनीहरुको हात खाली हुने भएको हो । संस्थाले आगामी पुस २९ गते गत वर्षको अर्थात तेश्रो वार्षिक साधारण सभा डाकेको छ । उक्त सभामा जान संस्थाले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । हाल संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख रुपैयाँ छ ।

समृद्धि फाइनान्स र बुटवल पावरको सेयर मूल्य समायोजन

काठमाडौं । नेप्सेमा दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ । आइतबार मात्रै समृद्धि फाइनान्स र बुटवल पावर कम्पनीको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ३६१.३३ रुपैयाँ कायम भएको छ । त्यस्तै, बुटवल पावरको भने १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ४३८ रुपैयाँ कायम भएको छ ।

२२.६१ प्रतिशत लाभांश दिएको नेरुडे लघुवित्तको पुँजी ६० करोड पुग्यो

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको २२.६१७ प्रतिशत लाभांश पारित भएको छ । संस्थाको आज बसेको पन्ध्रौ वार्षिक साधारण सभाले २२.६१७ प्रतिशत लाभांश पारित गरेको हो । सभाले सम्पुर्ण शेयरधनीहरुलाई आ.ब.२०७७/७८ को वितरण योग्य मुनाफावाट २१.४८७ प्रतिशत वोनश शेयर र १.१३ प्रतिशत नगद लाभांश (वोनश शेयरको कर) वितरण गर्ने निर्णय पारित गरेको हो । सञ्चालक समितिका अध्यक्ष डा. भेष प्रसाद धमलाको अध्यक्षतामा आज विराटनगरको उधोग संगठन मोरङ्गको हलमा सम्पन्न गरेको छ । उक्त सभामा संचालक समितिको तर्फवाट अध्यक्ष डा. भेष प्रसाद धमलाले आर्थिक वर्ष २०७७/७८ मा वित्तीय संस्थाले १ लाख ४८ हजार ३२ घर परिवारमा लघुवित्त सेवा पु¥याई ९० हजार १७८ ऋणी सदस्यलाई रु.७ अर्व ९० करोड ऋण लगानी गरेको र रु.२ अर्व ६१ करोड बचत संकलन गरी सम्पुर्ण कारोवार समावेश पछिको खुद मूनाफा रु.१९ करोड १० लाख ६४ हजार ८ सय ४६ र ५७ पैसा आर्जन गरेको जानकारी सभालाई दिए । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालबाट धन्यवाद तथा स्वागत मन्तब्य व्यक्त गर्नु गर्दै वोनश वितरण पश्चात वित्तीय संस्थाको चुक्ता पुँजी ६० करोड पुगेको जानकारी गराए । उक्त साधारण सभावाट सर्वसाधारण शेयरधनीहरु मध्येवाट सुधिर कुमार श्रेष्ठ र बलराम बराल वित्तीय संस्थाको संचालकमा निर्विरोध चयन भएका छन् । उक्त कार्यक्रमको संचालन कम्पनी सचिव ऋषि प्रसाद न्यौपानेले गरेका थिए । राष्ट्रिय स्तरको यस लघुवित्त वित्तीय संस्थाले हाल ३१ जिल्लामा १०७ वटा शाखा कार्यालय मार्फत १ लाख ५४ हजार विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गरेकोछ । संस्थाले उत्कृष्ट लक्ष्य प्रगति गर्ने शाखाहरु तेतरिया, चिमिडि, झुम्का र बोदेबरसाइनलाई प्रति शाखा रु. २५ हजार नगद सहित सम्मान पत्र प्रदान गरेको छ ।