आईएमई लाइफका बीमितले ७० रुपैयाँसम्म बोनस पाउने, कुनमा कति ?
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले अधिकतम ७० रुपैयाँ बोनस पाउने भएका छन् । आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनसदर घोषणा गर्दै इन्स्योरेन्सले बीमितलाई प्रतिहजार अधिकतम ७० रुपैयाँ (प्रतिहजार) बोनस गर्ने भएको हो । उक्त नयाँ बोनसदर अनुसार कम्पनीका बीमितले प्रतिहजार न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने भएका छन् । इन्स्योरेन्सले विभिन्न ४ वटा बीमालेखका विभिन्न अविधिका बीमितलाई सो मात्राको बोनसदर वितरण गर्ने भएको हो । इन्स्योरेन्सले सावधिक जीवन बीमालेखका बीमितिलाई न्यूनतम ३० देखि अधिकतम ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । जसमा १४ वर्षसम्म अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ४८ र २५ वा सोभन्दा माथिको लागि ७० रुपैयाँ बोनसदर तोकिएको छ । त्यस्तै, सावधिक तथा अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा पनि न्यूनतम ३० देखि अधिकतम ७० रुपैयाँ निर्धारण गरिएको छ । जसमा ९ वर्षसम्म अर्थात १४ वर्ष अवधिसम्मकाले बराबर अर्थात ३० रुपैयाँ, १५ देखि १९ सम्मकाले ३८ रुपैयाँ, २० देखि २४ वर्षसम्मकाले ४८ र २५ वा सो भन्दा माथिकाले ७० रुपैयाँ बोनसदर पाउने छन् । अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा पनि न्यूनतम ३० र अधिकतम ७० रुपैयाँ तोकिएको छ । जसमा ९ वर्षसम्मको अवधिकाले पाउने छैनन् भने त्यसमाथिकाले मात्रै पाउने छन् । १० देखि १४ वर्षको अवधिकाले प्रतिहजार ३०, १५ देखि १९ वर्ष अवधिकाले ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिकाले ४८ रुपैयाँ र सो भन्दा माथिको बीमा अवधिको लागि ७० रुपैयाँ बोनसदर तोकिएको छ । यता वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) बीमालेखका बीमितले सबैभन्दा कम अर्थात प्रतिहजार २० रुपैयाँ बोनसदर पाउने भएका छन् । जुन सबै बीमा अवधिकाले बराबर पाउने भएका हुन् । नियामक निकाय बीमा समितिले कम्पनीको आर्थिक वर्ष २०७६/२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन स्वीकृत गरेसँगै इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको हो । जुन, समितिबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि कायम हुने इन्स्योरेन्सले जनाएको छ ।
साधना लघुवित्तको व्यवसाय प्रवर्धन तथा नेतृत्व विकास तालिम सम्पन्न
काठमाडौं । साधना लघुवित्तको व्यवसाय प्रवर्धन तथा नेतृत्व विकास तालिम कार्यक्रम सम्पन्न भएको छ । लघुवित्तले माघ ७ र ८ गते सौराहा स्थित होटल मोनालिसा उक्त तालिम कार्यक्रम गरेको थियो । तालिम कार्यक्रमको औपचारिक उदघाटन वित्तीय संस्थाको संचालक समितीका अध्यक्ष कृष्ण बहादुर थापाले गरेका थिए । कार्यक्रममा नेतृत्व विकास विकास तथा अन्य विषयहरुमा नेपाल जेसिस चितवनका पुर्व उपाध्यक्ष शिव प्रसाद भुषालले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । संस्थाले हालसम्ममा ३१ वटा जिल्लाका ९० हजारभन्दा बढी विपन्न परिवारमा आफ्नो सेवा पुर्याएको छ । यस अवधीमा संस्था लगानीमा रहिरहेको कर्जा ५ अर्ब तथा सदस्यहरुबाट १ अर्ब २० करोडभन्दा बढि बचत संकलन गर्न सफल भएको छ ।
सेयर कारोबार बढ्दा एनटीसीको सर्वाधिक, वीन लघुवित्तसहित दुई हाइड्रोमा लाग्यो सर्किट
काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले घटेको छ । बजारमा नेप्से परिसूचक १०.८३ अंकले घटेर २९२०.५१ बिन्दुमा झरेको हो । जुन अघिल्लो कारोबारको तुलनामा ०.३७ प्रतिशतले घटी हो । कारोबार खुलेदेखि ओरालो लागेको बजारमा सेयर कारोबार रकम भने बढेको छ । बजारमा एकैदिन ७ अर्ब माथिको सेयर कारोबार भएको छ । जुन गत बिहीबारको तुलनामा एक अर्ब २६ करोड रुपैयाँले घटी हो । बिहीबारको बजारमा ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबार एनटीसी (नेपाल दुरसञ्चार कम्पनी) को उच्च सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३२ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । जसको सेयर मूल्य पनि बढेर प्रतिकित्ता १५१३ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ५६ रुपैयाँ (३.८४ प्रतिशत) ले बढी हो । त्यस्तै, बजारमा तीन कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । वीन नेपाल लघुवित्त, बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी र मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको हो । जसमध्ये वीन नेपालको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९१४ रुपैयाँ, बुद्धभूमीको ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३४८ रुपैयाँ र मैलुङ्ग खोलाको ९.७३ प्रतिशतले बढेर प्रतिकित्ता ६०३.५० रुपैयाँ पुगेको छ । आइतबार सामलिङ् पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात ६.६९ प्रतिशतले घटेर प्रतिकित्ता ६८३ रुपैयाँमा झरेको छ ।