बीमा समितिले खुलायो लघुबीमाको लाइसेन्स, बढीमा ७ वटाले पाउने, ७५ करोडको पुँजी हुनै पर्ने

काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनी स्थापना गर्नको लागि लाइसेन्स खुला गरेको छ । बीमा क्षेत्रको नियामक निकाय समितिले भदौ १० गते एक सूचना जारी गर्दै बढीमा ७ वटा कम्पनीलाई लाइसेन्स दिने गरी बाटो खुला गरेको हो । जसमध्ये ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा कम्पनी हुने छन् । जसको चुक्ता पुँजी न्यूनतम ७५ करोड रुपैयाँ तोकिएको छ । समितिका अनुसार इच्छुकले सूचना जारी भएको ३५ दिनभित्रमा बीमा समितिमा प्रस्ताव लगिसक्नु पर्ने छ । तोकिएको अन्तिम दिन पनि दिनको १२ बजेभित्रमा प्रस्तावक व्यक्ति वा संस्थाको नाम ठेगाना स्पष्ट खुल्ने गरी समितिमा दर्ता हुनेपर्ने उक्त सूचनामा उल्लेख छ । समितिले बीमाको विकास तथा विस्तार गर्नको लागि चालु आर्थिक वर्षको बजेट वक्तव्य अनुसार लघुबीमा कम्पनीको स्थापना गर्ने भएको हो । त्यस्तै, प्रस्तावित लगानीकर्ताको एकै किसिमको बीमा व्यवसाय गर्ने अन्य कुनै कम्पनीमा सेयर हिस्सा अर्थात क्रस होल्डिङ रहेमा उक्त लगानीकर्ता संस्थापक बन्न नपाउने समितिले जनाएको छ । तर जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीले निर्जीवन लघुबीमा र निर्जीवन बीमा व्यवसाय गर्दै आएकाले भने जीवन लघुबीमा कम्पनीले खोल्न पाउने समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए । बीमा कम्पनीका क्रस होल्डरले लघु बीमामा लगानी गर्न नपाउने, सर्वसाधारणलाई ३० प्रतिशत सेयर

आईपे रेमिटकाे गीतमा टिकटक बनाई जिताैं २० हजार

काठमाडौं । तिजलाई लक्षित गर्दै आईपे रेमिटले ‘तिजको रमझम, आईपे रेमिटको गीतमा टिकटक बनाई नाचौँ छमछम’ विशेष योजना र्सावजनिक गरेको छ । यस योजना अन्तर्गत उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जना विजेताले हरेक दिन मोबाइल टपअपमा ५०० रुपैयाँ, टिकटक भिडियोमा सबैभन्दा बढि लाइक पाउने सहभागीले १५ हजार र बम्पर पुरस्कारमा १ जान विजेताले २० हजार प्राप्त गर्नेछन् । यस विशेष योजनामा मलेशिया, जापान कोरिया, लगाएत विश्वको विभिन्न मुलूकबाट आई पे रेमिट र्माफत धेरैभन्दा धेरै कारोवार गरि योजनालाई सफल वनाइदिन कम्पनीले आग्रह गरेको छ । नेपालको जुनसुकै ठाउँमा छरिएर रहेको २० हजारभन्दा बढि भुक्तानी केन्द्रबाट आई पे रेमिट मार्फत् पठाएको पैसा सजिलै प्राप्त गर्न सकिन्छ । यस योजना भदौ १० गतेदखि असोज १५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

सहकारी संस्थाहरुले पुसभित्र साधारणसभा गर्नै पर्ने, बढी खर्च गर्न नपाइने

काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरुलाई पुस महिनाभित्र साधारणसभा गर्न निर्देशन दिएको छ । विभागले बिहीबार सहकारी संस्थाहरुलाई १२ बुँदै निर्देशन जारी गर्दै पुसभित्र साधारणसभा आयोजना गर्न निर्देशन दिएको हो । आर्थिक वर्ष सकिएको ३ महिनाभित्र लेखापरीक्षणको कार्य सम्पन्न गर्न पनि विभागले निर्देशना दिएको छ । विचागले साधारणसभा खर्चिलो तथा भड्किलो नगर्न पनि निर्देशन दिएको छ । [pdf id=347720]