मेगा क्यापिटलकाे नारी पोर्टफोलियो सेवामा छुट

काठमाडौं । सेयर लगानी व्यवस्थापन सेवा अर्थात पोर्टफोलियो व्यवस्थापन सेवा प्रदायक कम्पनी मेगा क्यापिटलले नारी पोर्टफोलियो सेवामा छुट अफर ल्याएको छ । कम्पनीले तीजलाई लक्षित गर्दौ यस्तो छुट अफर ल्याएको हो । यसबाट नारीहरुले आत्मनिर्भरताका लागि सेयर बजारमा लगानी गरी आफ्नो भविष्य सुनिश्चित गर्न टेवा पु¥याउने विश्वास कम्पनीले राखेको जनाएको छ । यस अफर न्युनतम ३ लाख लगानीबाट सुरु गर्न सकिने तथा यसको अपेक्षित प्रतिफल २० देखि २२ प्रतिशत रहने कम्पनीले जनाएको छ । यो अफर भदौ १२ गते देखी असोज १२ सम्म लागू हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीको अनुसार यस सेवामा एएमसि पूर्ण रुपमा निशुल्क हुनुको साथै आफुसँग भएको सेयर हस्तान्तरण गरेर पनि यो सेवा प्रारम्भ गर्न सकिने छ ।

पाँच सहकारी गाभिएर ‘नेशनल आइडल यमुना’ बन्दै, कारोबार ९ अर्ब पुग्ने

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा रहेर सञ्चालित पाँचवटा सहकारी एकआपसमा गाभिने भएका छन् । राजधानीका आइडल यमुना बहुद्देश्यीय सहकारी, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी, नागरिक कल्याण बहुद्देश्यीय सहकारी, सत्कार बचत तथा ऋण सहकारी र घेदुङ बहुदेश्यीय सहकारी संस्था एक आपसमा गाभिने सम्झौता भएको हो । गाभिएपछि संस्थाको कारोबार झण्डै नौ अर्ब पुग्ने भएको छ भने बचत चार अर्ब ६३ करोड ७० लाख आठ हजार ५९७ हुनेछ । चार अर्ब ९९ करोड ४५ लाख ३९ हजार १२८ ऋण तथा लगानी पुग्नेछ । त्यस्तै कुल सम्पत्ति सात अर्ब ५८ करोड एक लाख ७५ हजार एक सय ९६ पुग्ने पनि जनाइएको छ । गाभिएपछिको सहकारीको नाम ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था लि.’ रहने अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिए । पाँच सहकारी गाभिएपछि सहकारी संस्थाको सेयरपुँजी ३० करोड ८१ लाख २२ हजार ५०० पुग्ने, सदस्य सङ्ख्या ३५ हजार २० पुग्ने र र ऋणी सदस्य सङ्ख्या छ हजार ८५८ जना पुग्ने भएका छन् । पाँच सहकारी एक भएपछि संस्थाको जगेडा कोष १४ करोड ६६ लाख ८९ हजार नौ सय ८२ हुनेछ । कर्जा जोखिम कोष १२ करोड ४२ लाख ३५ हजार आठ सय ९८ पुग्ने जनाइएको छ । त्यसैगरी संस्थाको तरलता रकम एक अर्ब १३ करोड ९८ लाख ८७ हजार आठ सय १७ रहने छ ।

नेपाल पेु क्यूआरमार्फत मासिक १.५ करोडको कारोबार

काठमाडौं । नेपाल पे क्यूआरमार्फत मासिक डेढ करोडको कारोबार भएको छ । गएको असार र साउनमा नेपाल पे क्यूआरमार्फत प्रति महिना १.५ करोड रुपैयाँ हाराहारीमा कारोबार भएको कम्पनीले जनाएको छ । विभिन्न बैंक वित्तीय संस्था तथा भुक्तानी सेवाप्रदायक मार्फत नेपाल पे क्यूआरमा भुक्तानी प्राप्त गर्न विभिन्न मर्चेन्टलाई जोड्ने क्रम जारी छ । हाल विभिन्न बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ एप, वालेट तथा कनेक्ट आईपीएस मोबाइल एप मार्फत नेपाल पे क्यूआर स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिन्छ । हालसम्म यसमा ११ ओटा मोबाइल बैंकिङ एप जोडिएका छन् भने नेसनल पेमेन्ट स्वीच अन्तर्गत उक्त सेवा सञ्चालन गर्न ५२ ओटा बैंक तथ वित्तीय संस्था र १३ ओटा भुक्तानी सेवा प्रदायकले सम्झौता गरिसकेको उल्लेख छ । साथै नेपाल पे क्यूआरको पूर्वाधारमा विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायकले विभिन्न व्यवसायिक संस्थाहरूलाई मर्चेन्टको रुपमा आवद्ध गराउन सक्छन् । जसबाट उनीहरूले क्यूआर कोडमार्फत भुक्तानी प्राप्त गर्नसक्ने छन् । भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी भुक्तानी प्राप्त गर्न सकिन्छ । साथै ई-कमर्स पोर्टलमा क्यूआर गेट-वे जोडी अथवा एण्ड्रोइड पीओएसमा इन्ट्रिग्रेट गरी उक्त भुक्तानी सेवा उपलब्ध गराउन थालिएको छ ।