नवजीवन सहकारीले पायो ‘कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार २०७९’
काठमाडौं । कैलालीको धनगढीमा रहेको नवजीवन सहकारी संस्थालाई ‘कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार २०७९’ प्रदान गरिएको छ । सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याए वापत २०७९ सालको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार नवजीवन सहकारी संस्थालाई प्रदान गरिएको हो । नवजीवन सहकारीले प्राप्त गरेको उक्त पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ । कमलमणि स्मृति साझा सेवा सहकारीको ३८ औं साधारण सभाको अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नवजीवन सहकारीका अध्यक्ष देब बहादुर बमलाई नगदसहित सम्मानपत्र हस्तान्तरण गरेका हुन् । सहकारीको माध्यमबाट सुदूरपश्चिम लगायत राष्ट्रिय अर्थतन्त्रमा समेत योगादन गरे वापत नवजीजन सहकारी संस्थालाई नगद पुरस्कार सहित सम्मान गरेको नवजीवन सहकारी संस्थाका अध्यक्ष बमले बताए । सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघको सिफारिसमा उक्त पुरस्कार नवजीवनले प्राप्त गरेको उनको भनाइ छ । अब अन्तर्राष्ट्रिय स्तरमा जानको लागि समेत बाटो खुला भएको अध्यक्ष बमले बताए । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले साझा सेवाले पुरस्कारको माध्यमबाट सहकारीको प्रवर्द्धनमा ठूलो भूमिका निर्वाह गरेको बताए । साथै उक्त पुरस्कारले सहकारीहरुको उत्थान र विकासमा थप टेवा पुग्ने समेत उनको भनाइ छ । कमलमणि स्मृति साझा सेवा सहकारी संस्थाले वि.सं.२०७५ सालदेखि सहकारीका माध्यमबाट अर्थतन्त्रमा योगादन पुर्याए वापत सहकारी संस्थाहरुलाई पुरस्कार प्रदान गर्दै आएको संस्थाका अध्यक्ष शङ्करप्रसाद पाण्डे जानकारी दिए । स्व. कमलमणि दीक्षितले संस्थाका लागि गरेको योगदानमा उक्त पुरस्कारको स्थापना गरिएको हो । नवजीवन सहकारी संस्थाको चुक्ता पूँजी ६ अर्ब ७० करोड रुपैयाँ रहेको छ । सहकारीले सुदूरश्चिम र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा १० वटा शाखा कार्यालय मार्फत् सेवा प्रदान गरिरहेको छ । उक्त सहकारी संस्थामा ३१ हजार भन्दा बढी ग्राहक सदस्य रहेका छन् । सहकारीले काठमाडौंमा पनि शाखा कार्यालय सञ्चालन गर्न अनुमति प्राप्त गरिसकेको छ । ६ महिनाभित्र काठमाडौंमा पनि शाखा विस्तार गर्ने अध्यक्ष बमले जानकारी दिए ।
छिमेक लघुवित्त वित्तीय संस्थाको एपबाट क्यूआर भुक्तानी गर्न सकिने
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले मोबाइल बैंकिङ एपमार्फत डिजिटल कारोबार सुरु गरेको छ । लघुवित्तले शुक्रबारदेखि यस सेवा सुरु गरेको हो । मोबाइलको बढ्दो प्रयोगसँगै लघुवित्त क्षेत्रमा पनि यसको प्रयोगबाट कारोबारहरुलाई क्यासलेस गर्न सकिने विश्वास लघुवित्तले लिएको छ । यस एपअन्तर्गत कनेक्ट आइपीएस र फोनपे सर्भिसमार्फत नेटवर्कभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरुमा सजिलै फण्ड ट्रान्सफर गर्न र युटिलिटी पेमेन्टको सुविधा प्रयोग गर्न सकिन्छ । लघुवित्तमा आवद्ध सदस्यहरुले एपबाट आफ्नो इकाई (केन्द्र) बैंठकको बारेमा जानकारी लिन र आफ्नो कारोबारको सफलताको बारेमा एपमार्फत जानकारी प्राप्त गर्न सक्नेछन् । ०७७ फागुन देखि इसेवा मार्फत आफ्ना ग्राहकहरुलाई किस्ता तिर्ने सुविधा प्रदान गरेको लघुवित्तले आगामी ३ वर्षमा आफ्ना ४० प्रतिशत ग्राहक सदस्यहरुलाई मोबाइल बैंकिङ सेवा पुर्याउने लक्ष्य लिएको छ ।
छिमेक लघुवित्तकाे एपबाट क्युआर भुक्तानी गर्न सकिने
काठमाडौं । छिमेक लघुवित्तले मोबाइल बैंकिङ्ग एपमार्फत डिजिटल कारोबार सुरु गरेको छ । लघुवित्तले शुक्रबारदेखि यस सेवा सुरु गरेको हो । यस एप अन्तर्गत कनेक्ट आइपिएस र फोनपेसर्भिस मार्फत नेटवर्कभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरुमा सजिलै फण्ड ट्रान्सफर गर्न सकिने छ । साथै, युटिलिटी पेमेन्टको प्रयोगबाट बिना झन्झट बिल भुक्तानी गर्न सकिने कम्पनीले व्यवस्था मिलाएको लघुवित्त जानकारी दिएको छ । लघुवित्तका सदस्यहरुले एपबाट आफ्नो ईकाई (केन्द्र) बैंठकको बारेमा जानकारी लिन सक्नेछन् । यस्तै, कारोबार सफल भए पश्चात ग्राहकहरुले कारोबारको जानकारी रकम सहित आवाज सुन्ने लघुवित्तले जनाएकाे छ । लघुवित्तले आगामी ३ वर्षमा आफ्ना ४० प्रतिशत ग्राहक सदस्यहरुलाई मोवाईल बैंकिङ्ग सेवा पुराउने लक्ष्य लिएको छ ।