थप तीन स्थानमा महालक्ष्मी लाइफको महिला सशक्तिकरण कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको थप स्थानहरुमा ‘महिला सशक्तिकरणमा – महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न भएको छ । इन्स्योरेन्सको महिला रोजगारी र आय वृद्धिको लागि संचालित कार्यक्रम ‘महिला सशक्तिकरणमा- महालक्ष्मी लाईफ’ थप ३ स्थानहरुमा संचालन भएको हो । कम्पनीले पुस २२ गते जीतपुर सिमरा नगरपालिकाको जीतपुरमा, पुस २३ गते रेनु कुमारी साहको अध्यक्षतामा हेटौडा र तारकेश्वर नगरपालिका नेपालटारमा पनि पुस २३ गते कार्यक्रम संचालन गरेकाे थियाे । उक्त कार्यक्रममा ३४५ जना महिलाले सहभागीता जनाएका थिए । समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई बीमाको माध्यमले रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले संचालित यो कार्यक्रममा व्यापक सहभागिता र आकर्षण बढ्दै गइरहेको कम्पनीले जनाएकाे छ ।
आइएमई पे मार्फत भुक्तानी गर्दा डेली ग्रोसरीका सामानमा १० प्रतिशत छुट
काठमाडौं । आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकले आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा सामानहरू खरिद गर्दा १० प्रतिशत छुट अर्थात एक पटकमा अधिक्तम २०० रुपैयाँ सम्म पाउनेछन् । यो अफर आइएमई पेको फिजिकल भिसा कार्ड मार्फत पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ । ग्राहकहरुले यस अफर अवधीभरी काठमाडौं उपत्यकाको २४ वटा डेली ग्रोसरीको आउटलेटहरुमा यो अफरको साथै निःशुल्क आइएमई पेको भिसा कार्ड लिन पनि सकिने कम्पनीले जनाएकाे छ ।
द्रव्यलाभको लगानी १७ करोड ४२ लाख
काठमाडौं । द्रव्यलाभ बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८र७९ मा चार करोड ७४ लाख ७२ हजार दुई सय रुपैयाँ सेयर पूँजी पुर्याएको छ । १२औँ वार्षिक साधारणसभामा अध्यक्ष भक्तबहादुर पराजुलीको पराजुलीले संस्थाले गत आवमा १६ करोड ७५ लाख छ सय ४८ रुपैयाँ बचत गरी १७ करोड ४२ लाख ३५ हजार ७३ रुपैयाँ ऋण लगानी गरेको जानकारी दिए । उनका अनुसार संस्थाले अघिल्लो वर्षको तुलनामा रु दुई करोड १३ लाख ७६ हजार तीन सय १० ले ऋण लगानी बढाएको छ । यसबाट संस्थाले तीन करोड १० लाख ३३ हजार ९६९ आम्दानी गर्न सफल भएको छ । सहकारीको कूल सम्पत्ति गत वर्षको तुलनामा रु एक करोड ८४ लाख ५१ हजार ७ सय ८१ ले बढेर रु २५ करोड ५७ लाख ७१ हजार ९५६ पुगेको छ । सहकारीका नौ सय दुई शेयर सदस्यमध्ये छ सय ५९ पुरुष र दुई सय ४३ महिला सदस्य रहेका छन् । सहकारीले आर्थिक वर्ष २०७८र७९ मा सरकारलाई रु छ लाख २६ हजार आठ सय ६८ कर बुझाएको छ । संस्थाको जगेडा कोषमा एक करोड दुई लाख ९५ हजार एक सय ९० जम्मा गरेको छ भने ऋण नोक्सानी कोषमा एक करोड १३ लाख १८ हजार तीन सय ७७ जम्मा गरेको जनाएको छ । संस्थाले सहकारी शिक्षा तथा तालिम कोष स्थापान गरी खुद नाफाको पाँच प्रतिशत रकम जम्मा गर्दै आएको छ । कार्यक्रममा कोषाध्यक्ष प्रेमबहादुर श्रेष्ठ, लेखा समिति संयोजक विष्णुप्रसाद आचार्य र ऋण उपसमितिका संयोजक गोविन्द श्रेष्ठले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।