सिबिआईएल क्यापिटलको अध्यक्षमा पारस काफ्ले नियुक्त
काठमाडाैं । सिबिआईएल क्यापिटलकाे अध्यक्षमा पारस कुमार काफ्ले नियुक्त भएका छन् । क्यापिटलकाे आइतबार सम्पन्न भएकाे संचालक समितिकाे बैठकले काफ्लेलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे हाे । बैठकमा सिटिजन्स बैंक ईन्टरनेशनलकाे तर्फबाट राजेन्द्र लाल श्रेष्ठ, प्रमेश राज कायस्थ, कर्मचारी संचय कोष तर्फबाट सुवाष खड्काका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुईंटेलको उपस्थिति रहेको थियो । सि.बि.आई.एल.क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी हाे । यस कम्पनीमा कर्मचारी संचय कोष तथा उद्योगी व्यापारीहरुको सह–लगानी रहेको छ ।
प्रभु इन्स्योरेन्सले गर्यो ७.०५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । प्रभु इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २४ गते आइतबार बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ७.०५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६.७ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंकको चुक्ता पूँजी हाल एक अर्ब २८ करोड रुपैयाँ रहेको छ ।
लक्ष्मी केयर्सद्वारा ट्रिब्युट टु लिजेन्ड्स सांगितिक कार्यक्रम सम्पन्न
काठमाडौं । लक्ष्मी केयर्सको आयोजनामा ट्रिब्युट टु लिजेन्ड्स नामक सांगितिक कार्यक्रम सम्पन्न भएको छ । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा प्रवद्र्धित तथा सञ्चालित गैर नाफामूलक संस्था लक्ष्मी केयर्सको आयोजनामा ट्रिब्युट टु लिजेन्ड्स नामक सांगितिक कार्यक्रम सम्पन्न भएको हाे । वरिष्ठ गायक दिपक खरेलको सम्मानमा आयोजित कार्यक्रममा गायक खरेलले करिब ३०० दर्शक श्रोतामाझा आफ्नो एकल प्रस्तुत गरेका थिए । विभिन्न कर्पोरेट संस्थाका विशिष्ट व्यक्तिहरुका साथसाथै संगीतका पारखीहरुको उपस्थिति रहेको कार्यक्रम गाला डिनरका साथ सम्पन्न भएको थियो । कार्यक्रमको आयोजनाबाट प्राप्त रकम लक्ष्मी केयर्सले सामाजिक कार्यमा उपयोग गर्नेछ । सन् २०१९ मा वरिष्ठ गायक दिप श्रेष्ठको एकल गायनका साथ सुरु भएका ट्रिब्युट टु लिजेन्ड्स श्रृंखलाको यो दोस्रो संस्करण हो ।