सिटीजन लाइफ इन्स्योरेन्सद्वारा १ करोड मृत्यु दाबी भुक्तानी

  काठमाडौं । सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवङ्गत बिमितका परिवारलाई एक करोड मृत्यु दाबी रकम भुक्तानी गरेको छ। बिहीबार बेनीमा आयोजित बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवङ्गत कृष्ण बरुवालको परिवारलाई एक करोड ५० हजार रकम हस्तान्तरण गरिएको हो। सिटिजन शुभारम्भ बीमा योजनाअन्तर्गत गत असार ३१ गते जीवन बीमा गरेका बरुवालको गत मंसिर २१ गते बेनीमा क्याम्पस भवन निर्माण योजनाको नापजाँचका क्रममा ढिस्काले पुरिएर मुत्यु भएको थियो । ५० लाखको बीमालेख पोलिसी खरिद गर्नुभएका बरुवालको घरपरिवारलाई बीमाङ्क रकम ५० लाख, दुर्घटना मृत्यु लाभवापतको रकम र ५० लाख र किरिया खर्चवापतको ५० हजार गरी एकमुष्ठ एक करोड ५० हजार रकम हस्तान्तरण गरिएको कम्पनीका म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदीले जानकारी दिए । उनका अनुसार २० वर्षको पोलिसी खरिद गरेका बरुवालले प्रत्येक वर्ष  दुई लाख ६५ हजार तीन सय ५७ प्रिमियम तिर्ने गरी बीमा गरेका थिए भने एक वर्षको मात्रै रकम उनले भुक्तानी गरेका थिए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बरुवालका घरपरिवारलाई उक्त मृत्यु दाबी रकमको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा कलाकार श्रेष्ठ र आचार्यले जीवन बीमा भविष्यको बचत र आपत्को सहयोगी भएकाले यसको पहुँच हरेक नागरिकसम्म पुर्‍याउन जरुरी रहेकामा जोड दिए । आचार्यले हरेक नागरिकको जीवनमा आर्थिक जोखिमलाई कम गर्न बीमाले महत्वपूर्ण सारथीका रूपमा काम गरेको उल्लेख गर्दै समुन्नत समाजमा सरकारले नै नागरिकको जीवन बीमामा सहयोग र प्रेरित गर्ने बताए ।

३१.५८ प्रतिशत लाभांश र मर्जर प्रस्ताव पारित गर्न आँधिखोला लघुवित्तको साधारण सभा आह्वान

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले छैठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले माघ १३ गते विहान साढे ११ बजे होटल गाउँवेशी, वालिङ स्याङ्जामा वार्षिक साधारण सभा बोलाएको हो । लघुवित्तको सभाले संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्नेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जानका लागि आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । लघुवित्तले लाभांश तथा साधारण सभा प्रयोजनार्थ माघ ३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले माघ २ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त र साधारण सभामा सहभागी हुन सक्नेछन् ।

लाभांश पारित गर्न नेको इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । नेको इन्स्योरेन्सले आफ्नो २७ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले माघ १५ गते विहान ११ बजे लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा २७ औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभाले संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ माघ ३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त र साधारण सभामा सहभागी हुन सक्नेछन् ।