काठमाडौं । छिमेक लघुवित्तले मोबाइल बैंकिङ्ग एपमार्फत डिजिटल कारोबार सुरु गरेको छ । लघुवित्तले शुक्रबारदेखि यस सेवा सुरु गरेको हो ।
यस एप अन्तर्गत कनेक्ट आइपिएस र फोनपेसर्भिस मार्फत नेटवर्कभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरुमा सजिलै फण्ड ट्रान्सफर गर्न सकिने छ । साथै, युटिलिटी पेमेन्टको प्रयोगबाट बिना झन्झट बिल भुक्तानी गर्न सकिने कम्पनीले व्यवस्था मिलाएको लघुवित्त जानकारी दिएको छ ।
लघुवित्तका सदस्यहरुले एपबाट आफ्नो ईकाई (केन्द्र) बैंठकको बारेमा जानकारी लिन सक्नेछन् । यस्तै, कारोबार सफल भए पश्चात ग्राहकहरुले कारोबारको जानकारी रकम सहित आवाज सुन्ने लघुवित्तले जनाएकाे छ ।
लघुवित्तले आगामी ३ वर्षमा आफ्ना ४० प्रतिशत ग्राहक सदस्यहरुलाई मोवाईल बैंकिङ्ग सेवा पुराउने लक्ष्य लिएको छ ।