सेन्ट्रल फाईनान्सको ५ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । सेन्ट्रल फाईनान्स लाभांश पारित भएको छ । फाइनान्सको २६ औं वार्षिक साधारण सभाले सेयरधनीलाई प्रस्तावित लाभांश पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको हो । यस्तै, सभाले संजोज मान श्रेष्ठ, चैत्यराज शाक्य, चण्डिका श्रेष्ठ, डा. किशोर हाकुदुवाल, विद्या भूषण ध्वज जोशी र प्रनेश बाटीलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त यस वित्तीय संस्थाले विगत २६ वर्षदेखि बैंकिङ्ग सेवा दिंदै आएको छ । कम्पनीको १७ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको छ । संस्थाले कारोबार विस्तारको क्रममा छिट्टै नै मोरङ्गको विराटनगर र रौतहटको चन्द्रपुरमा थप दुई नयाँ शाखा सञ्चालनमा ल्याउन लागेको जानकारी दिएको छ ।
मेगा क्यापिटलले ल्यायो लगानीसँगै बीमा भएको नयाँ पोर्टफोलियो सेवा
काठमाडौं । मेगा क्यापिटल मार्केट्सले नयाँ मेगा इन्स्योर्ड पोर्टफोलियो सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत ग्राहकलाई उचित प्रतिफलका साथै दुर्घटना तथा स्वास्थ्यमा जोखिम खर्च प्रदान गर्ने बीमा आवद्ध गरी नयाँ मेगा इन्स्योर्ड पोर्टफोलियो सेवा सञ्चालनमा ल्याएको हाे । यस नयाँ सेवा ग्राहकलाई दुर्घटना तथा स्वास्थ्य अनुकुल नहुनाले अस्पताल भर्नाको आकस्मिक खर्चबाट सुरक्षा प्रदान गर्नुका साथै सेयर बजारमा हुने लगानीको जोखिमलाई समेत न्यूनीकरण गरी उचित प्रतिफल प्रदान गर्नेमा केन्द्रित रहने क्यापिटलले जानकारी दिएको छ । क्यापिटलको अनुसार यस नयाँ पोर्टफोलियो सेवामा लगानीको आकर बमोजिम बीमाको सुरक्षा रकम निर्धारण गरिएको र सो रकमलाई दुर्घटना बीमा तथा स्वास्थ्य बीमा अनर्गत अस्पताल भर्ना खर्च बीमा रकममा बराबर अनुपातमा विभाजन गरिएको छ । यसमा न्यूनतम ३ लाख नगदबाट वा आफुसँग भएको रकम बराबारको सेयर दिएर समेत प्रारम्भ गर्न सकिने क्यापिटलले जनाएको छ ।
प्रिमियर इन्स्योरेन्सको मर्जर प्रस्तावसँगै १५ प्रतिशत लाभांश पनि पारित
काठमाडौं । प्रिमियर इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको शुक्रबार सम्पन्न २९ औं वार्षिक साधारण सभाले संचालक समितिद्वारा प्रस्तावित १५ प्रतिशत लाभांश पारित गरेको हो । संचालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल काय चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । कम्पनीले २०७८/७९ मा कुल बीमा शुल्क दुई अर्ब ११ करोड ७२ लाख २९ हजर आर्जन गरी खुद मुनाफा ३६ करोड ४८ लाख ९६ हजार आर्जन गरेको छ । यस्तै, सभाले सिद्धार्थ इन्स्योरेन्ससँग १:१ अनुपातमा मर्ज भई नयाँ कम्पनी सिद्धार्थ प्रिमियर इन्सर्योरेन्स बन्ने प्रस्ताव पनि पारित गरेको छ ।