आइसिएफसि फाइनान्सकाे १० प्रतिशत लाभांश पारित

<p>काठमाडाैं । आइसिएफसि फाइनान्सकाे १० प्रतिशत लाभांश पारित भएकाे छ । फाइनान्सकाे १९औं साधारण सभाले गत वर्षकाे नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बाेनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने लाभांश पारित गरेकाे हाे । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षकमा एन.अमात्य एण्ड कं. चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ । चुक्तापूँजी एक [&hellip;]</p>

काठमाडाैं । आइसिएफसि फाइनान्सकाे १० प्रतिशत लाभांश पारित भएकाे छ । फाइनान्सकाे १९औं साधारण सभाले गत वर्षकाे नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बाेनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने लाभांश पारित गरेकाे हाे ।

वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षकमा एन.अमात्य एण्ड कं. चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ ।

चुक्तापूँजी एक अर्ब १२ करोड ७१ लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र २० वटा एटिएममार्फत १ लाख भन्दा बढी ग्राहकलाई सेवा दिइरहेकाे छ ।

साथै चालु आ.व. सम्म १८ अर्ब ७७ करोड निक्षेप संकलन र १३ अर्ब ८८ करोड कर्जा प्रवाह गरिसकेको छ ।

Share News