बीग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट
काठमाडौं । बीग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा तरकारी तथा फलफुलमा १५ प्रतिशत छुट हुने भएको छ । स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरि हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको हो । यस आफर र अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम १ सय ५० सम्म छुट प्राप्त गर्न सकिने कम्पनिले जनाएको छ । स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बीग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सकिनेछ । यस अफर अन्तर्गत बीग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।
‘आइएमई पे’ले फेरि ल्यायो मोबाइल रिचार्जमा ५ प्रतिशत क्यासब्याक
काठमाडौं। आइएमई पेले मोबाईल रिचार्जमा ५ प्रतिशतससम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ । यसभन्दा अघि ल्याइएको उक्त अफर कम्पनीले पौष ३० गतेबाट पुनस् सुचारु गरेको हो । यस अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप दर्ता गरेको मोबाईल नम्बरमा मोबाईल ब्यालेन्स रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक र अन्य कुनै मोबाईल नम्बरमा मोबाईल ब्यालेन्स रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाउने छन् । कम्पनीले यस अफरको नियम तथा शर्त स्वरुप हरेक प्रयोगकर्ताहरुले १ महिनाको समय अन्तरालमा आफ्नो मोबाईल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम १०० क्यासब्याक र अरु मोबाईल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम १०० क्यासब्याक प्राप्त गर्न सकिने पनि जनाएको छ । आइएमई पेले ४० लाखभन्दा बढी प्रयोगकर्ताहरुलाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आईरहेको छ ।
लघुवित्तहरुको लाभांश ७७ प्रतिशतसम्म, यी १६ कम्पनीको सेयर किन्दा अझै पाइन्छ प्रतिफल
काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिकांश कम्पनीहरुलाई लाभांश वितरणमै कडाइ गर्दा केही लघुवित्तहरुले भने आकर्षक लाभांश घोषणा गरेका छन् । केही बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी रुपमा ग्राहकबाट शुल्क तथा प्रिमियम लिएको भेटाएपछि राष्ट्र बैंकले लाभांश वितरणमा कडाइ गर्दा केही लघुवित्तले भने सेयरधनीलाई आकर्षक लाभांश वितरण गर्न सफल भएका हुन् । राष्ट्र बैंकको नीति अनुसार आर्थिक वर्षको ६ महिनाभित्र वार्षिक साधारणसभा गरि सक्नु पर्ने प्रावधान भएपनि राष्ट्र बैंकले एजीएम क्लियरेन्स नदिँदा अधिकांश लघुवित्तहरुले साधारणसभा गर्न पाएका छैनन् भने लाभांश पनि घोषणा गर्न पाएका छैनन् । तर, केही यस्ता लघुवित्त छन् जसले सेयरधनीलाई उच्च रुपमा प्रतिफल दिएर खुसी बनाएका छन् । केही लघुवित्तहरुले सेयरधनीहरुलाई ७६ प्रतिशत बढी लाभांश दिएका छन् । २५ वटा लघुवित्तहरुले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई उच्च रुपमा लाभांश घोषणा गरेका हुन् । करिब आधा दर्जन लघुवित्तले मात्रै साधारणसभा गरिसकेका छन् । लाभांश घोषणा गरेका कम्पनीमध्ये नौ वटाको बुक क्लोज भइसकेको छ भने १६ वटाको बुक क्लोज हुन बाँकी छ । हालसम्म इन्फिनिटी (२० प्रतिशत), सर्पोर्ट (११.५७८९प्रतिशत), नयाँ सारथी (२० प्रतिशत), मिथिला (१५.७८९५), स्वाबलम्बन (२१.०५), छिमेक (२५.२६), एनएमबि (१०.५२६३), स्वरोजगार (२३.१५७९), डिप्रोक्स (२१.०५२६), माहुली (२५), महिला (५०), निर्धान उत्थान (२०), आँधीखोला (३१.५८), सिवाइसी नेपाल लघुवित्त (३१.५८)ले लाभांश घोषणा गरेका छन् । यस्तै, साधन (२०), मिरमिरे (२३), नेरुड (२३.१५७९), मेरो माइक्रोफाइनान्स (२०), फरवार्ड (३०), गुँरास (४.२१०५), आरएमडीसी (२७.३६८४), साना किसान विकास (२७.३६८४), फष्र्ट माइक्रोफाइनान्स (२०), आरएसडीसी (११), जालपा सामुदायिक लघुवित्त (७६.८४२१ प्रतिशत)ले लाभांश घोषणा गरेका छन् । लाभांश प्रस्ताव गरेका लघुवित्तहरुमध्ये इन्फिनिटी, सर्पोर्ट, नयाँ सारथी, मिथिला, स्वाबलम्बन, छिमेक, एनएमबि, स्वरोजगार, डिप्रोक्स, माहुली, महिला, निर्धान उत्थान, नेरुड, फष्र्ट माइक्रोफाइनान्स र आरएसडीसी लघुवित्तको बुक क्लोज हुन बाँकी छ । अन्यको बुक क्लोज भइसकेको छ । बुक क्लोज हुन बाँकी कम्पनीहरुको लाभांश प्राप्त गर्नको लागि लगानीकर्ताले बुक क्लोजअघि नै सेयर खरिद गर्नुपर्ने हुन्छ । कम्पनीहरुले प्रदान गर्ने भनेर घोषणा गरेको लाभांश सो कम्पनीको बुक क्लोज हुनुअघि कायम रहेका सेयरधनीले मात्रै पाउने व्यवस्था छ । बुक क्लोज भइसकेपछि सेयर खरिद गर्ने सेयरधनीले लाभांश पाउनका लागि अर्काे वर्षसम्म कुर्नुपर्ने हुन्छ । लघुवित्तमा नेरुड लघुवित्तको लाभांश सुरक्षित गर्न १४ दिन बाँकी छ । सो लघुवित्तले माघ ३१ गते बुक क्लोज मिति तोकेको छ । यसको अर्थ माघ ३० गते सम्म नेप्सेमा यस लघुवित्तको सेयरधनीको रुपमा कारोबार गरेकाले मात्र यस कम्पनीको लाभांश पाउनेछन् ।