प्रोग्रेशिभ फाइनान्सको शाखा विस्तार, मधेश प्रदेशमा फैलाउंदै संजाल
काठमाडौं । प्रोग्रेशिभ फाइनान्स वित्तीय सँस्था शाखा विस्तारमा आक्रामक देखिएको छ। फाइनान्सले देशब्यापी कारोबार विस्तार गर्ने लक्ष्य उदेश्यले देशभर शाखा विस्तार गरि शाखा संख्या २७ तथा ४ एक्सटेन्सन काउन्टर पुर्याएको छ। शाखा विस्तार गरि फाइनान्सले मधेश प्रदेशमा लालबन्दी, जलेश्वर, गोदार र यदुकुहा (शहिदनगर न.पा.) गरी जम्मा शाखा संजाल २७ स्थानमा पुर्याएर गुणस्तरीय सेवा दिईरहेको छ। हाल मधेश प्रदेशमा विरगंज, सिमरा, वरहथवा, मलंगवा, गौशाला, लालबन्दी, जलेश्वर, यदुकुहा, गोदार, सबैला ,क्षिरेश्वरनाथ र जनकपुर रहेकोमा अर्को वर्ष मधेश प्रदेशको अन्य स्थानहरुमा समेत शाखा संजाल गर्ने लक्ष्य रहेको फाइनान्सले जनाएको छ। फाइनान्सले बचत खातामा ८ देखि ९ प्रतिशत सम्म, मुद्घती खातामा १२.१० देखि १३ प्रतिशत सम्म तथा क्रमिक बचत खातामा ११.५० देखि १३ प्रतिशत व्याज उपलब्ध गराउदै आएको छ भने कर्जा तर्फ नेपाल राष्ट्र बैकबाट उल्लेखित शिर्षकमा व्याज सहुलियत कर्जाहरु, विना धितो पेशागत कर्जा, व्यक्तिगत कर्जा, व्यापार कर्जा, घर निर्माण कर्जा, जग्गा खरिद कर्जा, इन्सुरेन्स कर्जा, कृषि कर्जा लगायत विभिन्न शिर्षकमा कर्जा उपलव्ध गराउदै आएको छ। निक्षेप संकलनमा विभिन्न किसिमको सेवा सुविधा तथा आकर्षक व्याज प्रदान गरि विभिन्न शिर्षकमा विना झन्झट कर्जा प्रवाह गर्दै आएको फाइनान्सले रेमिटान्स सेवा, मोवाइल बैकिङ्घ , क्यू आर कोड, एटिम, ईसिसि, आईपिएस जस्ता सेवाहरु दिइरहेको छ। साथै फाइनान्सले विभिन्न व्यवसायीहरुसंग व्यापार सम्झौता गरी ग्राहकहरुलाई सुविधा सम्पन्न बनाएकोे जानकारी फाइनान्सका प्रदेश प्रमुख विनय कुमार साहले जानकारी गराएका छन् ।
मिर्मिरे लघुवित्तको २३ प्रतिशत लाभांश पारित
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १२ ओं बार्षिक साधारण शभाले लाभांश पारित गरेको छ । लघुवित्तले गत आर्थिक बर्ष २०७८र७९ को नाफाबाट २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रप्स्ताव पारित गरेको हो । साथै संचालक समिति अध्यक्ष टेक बहादुर बोहराले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन पनि पारित गरेको छ । लघुवित्तका देशभर १५२ वटा शाखा संजाल रहेका छन् । लघुवित्तको गत असार मसान्तसम्म चुक्ता पूँजी ५२ करोड २० लाख रहेको थियो । चालु आर्थिक आर्थिक बर्ष २०७९र८० मा बुद्दज्योती लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरि चुक्ता पूँजीमा ९१ लाख २० हजारको बढोत्तरी भई ५३ करोड १२ लाख पुगेको थियो । साथे बोनस सेयर वितरण पश्चात् चुक्ता पूँजी ६५ करोड ३३ लाख कायम पुगेको छ । लघुवित्तले हालसम्म ३ वटा लघुवित्तलाई प्राप्ति गरिसकेको छ । एक आपसमा गाभ्नेरगाभिने सम्बन्धमा मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक समझदारी सम्पन्न भएको छ ।
पोखरा फाइनान्सको लाभांश पारित, अध्यक्षमा डा. दीर्घमान गुरुङ चयन
काठमाडौं । पोखरा फाइनान्सको २६ औं वार्षिक साधारण सभाले लाभांश पारित भएको छ । फाइनान्सको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस सेयर वितरण पश्चात् फाइनान्सको चुक्ता पुँजी १.०८ अर्ब रुपैयाँ पुगेको छ । साथै सभाले अबको ४ वर्षको लागि संस्थापक समूहबाट डा. दीर्घमान गुरुङ, प्रतिक गुरुङ र दिवाकर पौडेललाई सञ्चालकमा सर्वसम्मत नियुक्त गरेको छ । सञ्चालक समितिको बैठकले डा. दीर्घमान गुरुङलाई संस्थाको अध्यक्ष पदमा नियुक्ति गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षक नियुक्त गरेको छ । साथै पोखरा फाइनान्स र अन्य उपयुक्त बैंक, वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत प्रचलित नियम, कानूनअनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्य गर्न समेत सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । पोखरा फाइनान्सले आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त, दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको संस्थाले जनाएको छ ।