महिला र महुली लघुवित्तको कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले महिला लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्थाको कारोबार रोक्का गरेको छ । दुवै लघुवित्तले कारोबार समयमा लाभांश वितरण गर्ने घोषणा गरेको भन्दै कारोबार रोक्का गरेको हो । कारोबार समयमा लाभांश वितरण गर्ने प्रस्ताव गरेर सेयर मूल्यमा प्रभाव पार्न खोजेको आरोपमा दुवै कम्पनीलाई नेप्सेले स्पष्टिकण समेत सोधेको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) बमोजिम जानकारी नगराएको र धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट कम्पनीका पदाधिकारीले वञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको नेप्सेले जनाएको छ । विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरूप धितोपत्रको कारोबार रोक्का गरिएको र के कति कारणबाट समयमानै जानकारी नदिएको हो ? भन्दै ३ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । महिला लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद गरी कूल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, महुली लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल २५ नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।

आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता ३० रुपैयाँ घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको ६ प्रतिशत बोनस सेयर नेप्सेमा समायोजन भएको हो । कम्पनीको बोनस सेयर समायोजन पश्चात् नेप्सेले प्रतिकित्ता ५००.२८ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । मंगलबार कम्पनीको अन्तिम कारोबार मूल्य ५३०.३० रूपैयाँमा भएको थियो । सोही मूल्यका आधारमा मूल्य समायोजन गरेको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३१ प्रतिशत नगद गरी कूल ६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न माघ ९ गते, होटल ले हिमालय, लाजिम्पाट, काठमाडौँमा बिहान ११ बजे २५ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

महिला लघुवित्तले गर्यो ५० प्रतिशत लाभांश घोषणा  

काठमाडौं । महिला लघुवित्तले ५० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार सम्पन्न संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँज ४७.५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूँजी १४ करोड ७५ लाख रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।