फर्वार्ड लघुवित्तको संचालकमा कमल सिंह राजवंशी नियुक्त

काठमाडौं । फर्वार्ड माइक्राेफाइनान्स लघुवित्तको संचालकमा कमल सिंह राजवंशी नियुक्त भएका छन् । कम्पनीको १० ‍औं वार्षिक साधारण सभाले राजव‌ंशीलाई व्यक्तिगत संस्थापक सेयरधनीबाट राजवंशीलाई नियुक्त गरेको हो । नेपाल सरकारको अधिकृतबाट अवकाश पाएका राजवंशीले अर्थशास्त्रमा स्नातक गरेका छन् ।

शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौं । शिखर इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीको मंगलबार सम्पन्न संचालक समितिको बैठकले माघ २५ गते बुधबार ११ बजे सभा बोलाएको हो । सभाले गत वर्षको नाफाबाट प्रस्तावित लाभांश प्राप्त गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर र ०।८४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यस्तै, कम्पनीले सभा प्रयोजनको लागि माघ १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ माघ १६ गतेसम्म कम्पनीको सेयरधनीको रुपमा कारोबार गर्नेहरुले मात्र लाभांश पाउनेछन् ।

लाभांश पारित गर्न युनियन लाइफले बोलायो साधारण सभा

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीको मंगलबार बसेको बैठकले माघ २६ गते बिहीबार साधारण सभा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्षको २०७७र७८ को नाफाबाट सेयरधनीलाई प्रस्ताव गरिएको लाभांश पारित गर्नेछ । कम्पनीले २०७७र७८ को नाफाबाट सेयरधनीलाई ८।९७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरको छ । यसको अर्थ माघ १५ गतेसम्म युनियन लाइफको सेयर खरिद गरी सेयरधनी बनेकाहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।