आवेदन दिन सबैले पाए एनआईबिएल ग्रोथ फण्डको इकाई

<p>काठमाडौं । एनआईबिएल ग्रोथ फण्ड बाँडफाँड सम्पन्न भएकाे छ । एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको &#8216;एनआईबिएल ग्रोथ फण्ड&#8217; काे मंगलबार बाँडफाँड सम्पन्न भएकाे हाे । क्यापिटलले आवेदन दिने ४२ हजार ६० जना आवेदकलाई नै फण्डकाे इकाई बाँडेकाे छ । क्यापिटलले बिज पूँजीको रुपमा ६३ लाख २१ हजार थप गरी [&hellip;]</p>

काठमाडौं । एनआईबिएल ग्रोथ फण्ड बाँडफाँड सम्पन्न भएकाे छ । एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबिएल म्युचुअल फण्ड अन्तर्गतको ‘एनआईबिएल ग्रोथ फण्ड’ काे मंगलबार बाँडफाँड सम्पन्न भएकाे हाे ।

क्यापिटलले आवेदन दिने ४२ हजार ६० जना आवेदकलाई नै फण्डकाे इकाई बाँडेकाे छ । क्यापिटलले बिज पूँजीको रुपमा ६३ लाख २१ हजार थप गरी रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकलाई माग गरेअनुसार इकाई बाँडेकाे हाे ।

याेसँगै एनआईबिएल ग्रोथ फण्ड योजनाको आकार एक अर्ब ३२ करोड कायम गरिएको क्यापिटलले जनाएको छ ।

पुस ७ गतेबाट खुल्ला भएकाे यस याेजना पुस २२ गतेसम्म संचालन भएकाे थियाे । क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित मूल्य दरका १६ करोड इकाईहरु निष्काशन गरेको थियाे ।

 

 

Share News