यसरी हेर्न सकिन्छ एसईईको रिजल्ट
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार अपरान्ह साढे पाँच बजे सार्वजनिक हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनितक एसईईको नतिजा एसएमएस र विभिन्न वेबसाइटमार्फत नतिजा सजिलै हेर्न सकिने जनाएको छ । नेपाल टेलिकमको एसएमएस, युएसएसडी र आइभी आरमा १६०० मार्फत नतिजा थाह पाउन सकिनेछ भने जानकी टेक्नोलोजी प्रालि ३५००१ मा एसएमएस गर्दा पनि नतिजा हेर्न सकिने छ । यस्तै आकाश टेक प्रालि ३१००३ मा एसएमएस, स्वीफ टेक्नोलोजी प्रालि ३४४५५अल स्टार आइटी सोलुसन्स प्राली ३४९३४९ मा एसएमस गर्दा मोबाइलमा सहजै तरिकाले नतिजा हेर्न सकिने छ । यस्तै विभिन्न वेवसाइटमार्फत पनि नतिजा हेर्न सकिने छ । जसमा राष्ट्रिय परक्षिा बोर्ड , परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीको वेभसाइट www.see.gov.np, राष्ट्रिय परक्षिा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, कान्तिपुर पब्लिकेशन लिमिटेड, इडियू सञ्जाल प्रालिको www.see.edusanjal.com, इसेवा लिमिटेड see.esewa.com.np, खल्ती प्रालि https://khalti.com/, कलेज इन्फो नेपाल प्रालि collegeinfonepal.com/see, द कनेक्ट प्लस प्रालि https://www.theconnectplus.com, बाह्रखरी मिडिया प्राली www.12khari.com, कलेज नेपाल प्रालि https://www.collegenepal.com.see_result/, एनसेल आजियाटा लिमिटेड https://www.ncell.com.np/en , स्विफ्ट टेक्नोलोजी प्राली https://swifttech.com.np/see-result/, निमा एजुकेशन फाउण्डेशन https://result.neemaacademy.com र स्मार्ट कार्ड प्राली seemypay.com.np मार्फत पनि नतिजा हेर्न सकिने छ ।
निजी विद्यालयलाई लोककल्याणकारी र गैरनाफामूलक बनाउने सहमति
काठमाडौं । निजी विद्यालयलाई सेवामूलक, लोक कल्याणकारी हुँदै गैरनाफामूलक गर्ने गरी संसदीय समितिमा सहमति जुटेको छ । निजी विद्यालयका बारेमा शुक्रबार विहानसम्म सांसदहरूबीच मत बाझिएको थियो । असार १५ आउन दुई दिनमात्र बाँकी रहँदा विद्यालय शिक्षा विधेयकमाथि छलफल तीव्र रूपमा भइरहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बुधबारदेखि शुक्रबारसम्म तीव्र रूपमा छलफल गरिरहेको हो । बिहीबार दिनभरि पनि सांसदहरू छलफलमा व्यस्त थिए भने शुक्रबार पनि बिहानैदेखि छलफल जारी रहेको पूर्वशिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बताए । उनका अनुसार विवादित विषयमा बुधबारदेखि लगातार छलफल सुरु भइरहेको छ । बिहीबार निजी विद्यालयको विषय छलफल भएको थियो भने शुक्रबार यो विषय टुंगोमा लगाइ प्रारम्भिक बालविकास (इसीडी) का विषयमा छलफल सुरु भएको छ । समितिको बैठकमा सभापति अम्मरबहादुर थापाले निर्णयार्थ प्रस्तुत गरेका थिए । यसमामा सांसदहरुले आआफ्ना तर्कसमेत राखेका थिए । त्यसपछि निजी विद्यालय सेवामूलक, लोककल्याणकारी क्रमशः गैर नाफामुलक बनाएर जाने गरी उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । इसीडीमाथि छलफल हुँदै निजी विद्यालयको विषय संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भइसकेपछि समितीको बैठकमा अहिले प्रारम्भिक बाल विकास (इसीडी) का बारेमा छलफल सुरु भएको छ । इसीडीलाई विद्यालयभित्र ल्याउनेकी छुट्टै बनाउने भन्ने विषयमा सहमति नजुटेकोमा अहिले सांसदहरू यो विषयमा धारणा राखिरहेका छन् । पूर्वशिक्षामन्त्री एवं एमाले सांसद विद्या भट्टराई इसीडीलाई विद्यालय संरचनामा ल्याउनुपर्ने बताउँछिन् । त्यसैगरी, पूर्वशिक्षामन्त्री एवं रास्वपाकी सांसद सुमना श्रेष्ठले बालविकासलाई विद्यालय शिक्षा संरचनामा मै राख्नु पर्न बताउँदै निजी र सामुदायिक बीच विभेद हुन नहुने बताइन् । इसीडीमा अहिले ३२ हजार सहजकर्ता छन् ।
एसईईको नतिजा आज साढे पाँच बजे सार्वजनिक हुने
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार अपरान्ह साढे पाँच बजे सार्वजनिक हुने भएको छ। शुक्रबार दिउँसो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने जनाएको हो । २०८१ चैत ७ गतेदेखि सञ्चालन भएको एसइईई परीक्षामा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए, जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४ सय ६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७ सय १५ जना विद्यार्थी रहेको बोर्डले जनाएको छ । बोर्डले आवश्यक सबै तयारी पूरा भइसकेकाले आजै नतिजा सार्वजनिक गर्ने जनाएको छ ।