एनएलजी इन्स्योरेन्स साधारण सभामा जाँदै, तोक्यो बुक क्लोजको मिति
काठमाडौं । एनएलजी इन्स्योरेन्स आगामी साउन २१ गते वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि संस्थाले आगामी साउन १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय असार २७ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । सभाले १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश पारित गर्दै छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ९ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ पुग्ने छ ।
यूनियन लाइफको आईपीओ भोलिसम्म भर्न पाइने, हालसम्म कतिले भरे ?
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा भोलिसम्म आवेदन दिन पाइने छ । कम्पनीले माग गरेकोभन्दा बढी आवेदन परेसँगै सेयर निष्काशन भोलीदेखि बन्द हुने भएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज (असार २७ गते) अपरान्ह ५ बजेर २० मिनेटसम्ममा १८ लाख ३५ हजार ६ सय ५६ जनाले आवेदन दिएका हुन् । यो अवधिसम्ममा उनीहरुले २ अर्ब ९४ करोड ६३ लाख ४९ हजार रकम बराबरको २ करोड ९४ लाख ६३ हजार ४ सय ९० कित्ता सेयरको लागि आवेदन दिएका क्यापिटलले जनाएको छ । जुन कम्पनीले जारी गरेको भन्दा ५.०८ गुणाले बढी हो । इन्स्योरेन्सले असार २४ गतेदेखि कूल ६४ लाख ५० हजार कित्ता सेयर जारी गरेको हो । त्यसमध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर निष्काशन गरिएको छ । यो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । जसमा आवेदन दिने अन्तिम समय छिटोमा असार २८ गते सोमबारसम्म रहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्ससहित एक लघुवित्तको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा आइतबार मात्रै दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको एकैदिन बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी रहेको छ । कम्पनीको ३१ प्रतिशत अर्थात १ करोड ७० लाख ३८ हजार ०९८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, डिप्रोक्स लघुवित्तको १५ प्रतिशत अर्थात १५ लाख ८ हजार १५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यससँगै दुबैको कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा कारोबार गर्न मिल्ने छ ।