काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवहरि श्रेष्ठले राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिको गत साउन ३१ गते बसेको बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव कविता लामाले जानकारी दिइन् ।
वि.सं. २०८१ वैशाखमा कम्पनीको सीईओ नियुक्त भएका श्रेष्ठ २७ महिनापछि पदबाट बाहिरिएका हुन् । उनीअघि कम्पनीको सीईओ रहेका शेखर बरालले पनि १५ महिना नपुग्दै राजीनामा दिएका थिए ।
कम्पनी सचिव लामाका अनुसार श्रेष्ठको राजीनामा स्वीकृत भएसँगै नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुवास कोइरालालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।