युनियन लाइफको आईपीओ बाँडफाँडः ५ लाख ८० हजारले पाए १० कित्ता, यसरी हेनुस् नतिजा
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । साधारण सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज आईपीओ बाँडफाँड गरेको हो । कम्पनीको आईपीओमा आवेदन परेकाे कुल २१ लाख ८२ हजार ७ सय ७५ आवेदनमध्ये दोहोरो आवेदनका कारणबाट रद्ध भएका ४ हजार ८ सय १ र अन्य कारणबाट आवेदन रद्ध भएका ६५ हजार १ सय ७५ बाहेक बाँकी रहेका योग्य आवेदनहरु २१ लाख १२ हजार ७ सय ९९ वटामध्येबाट ५ लाख ८० हजार ५ सय जनालाई न्यूनतम १० कित्ता सेयर परेकाे बताइएकाे छ । कम्पनीले असार २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । त्यसमा ३ लाख २२ हजार ५०० कित्ता कर्मचारी र ३ लाख २२ हजार ५०० कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको थियो । ५८ लाख ५ हजार कित्ता भने सर्वसाधारणका लागि छुट्याइएको थियो । बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट, यूनियन लाइफ इन्स्योरेन्सकाे वेबसाइट र सीडीएस एन्ड क्लियरिङको वेबसाइटमार्फत आईपीओकाे नतिजा हेर्न सकिन्छ ।
युनाइटेड इन्स्याेरेन्समा लेडी सीईओको चमत्कारः २८ वर्षपछि अर्ब क्लबमा प्रवेश
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको हो । कम्पनीको २८ वर्षको इतिहासमा एकै आर्थिक वर्षमा १ अर्ब रुपैयाँ संकलन गरेको यो पहिलो पटक हो । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको समयमा नै यूनाइटेड इन्स्योरेन्स कम्पनीले नयाँ इतिहास रच्दै १ अर्ब क्लबमा प्रवेश गर्न सफल भएको हो । कम्पनीले सञ्चालक, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुको अथक प्रयासबाट १ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको बताएको छ । कम्पनीले गत आर्थिक वर्षमा ६९ करोड बीमा शुल्क आर्ज गरेको थियो । कम्पनीकोे सेवामा गरेको निरन्तर गुणस्तरिय विस्तार, शाखा विस्तार, डिजिटाइजेसनको प्रयोग, नयाँ बजार प्रवद्र्धन रणनीति, संगठनात्मक संरचनामा सुधार जस्ता क्रियाकलाप मार्फत यो सफलता हासिल गर्न सहयोग पुगेको कम्पनीको भनाई छ । हाल कम्पनीको कुल चुक्ता पूँजी २ करोड ८१ लाख रुपैयाँ रहेको छ । लेडी सीईओको चमत्कार हाल यूनाइटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा उपसना पौडेल कार्यरत छन् । कम्पनीको सीईओमा नियुक्त भएको साढे २ महिनामै कम्पनीले २८ वर्षमा नयाँ इतिहास रच्न सफल भएको हो । उनी गत बैशाख १९ गते कम्पनीको सीईओमा नियुक्त भएकी थिइन् । नेपाली बीमा क्षेत्रको इतिहासमै प्रथम महिला सीईओ बन्न सफल पौडेलले सीईओमा नियुक्त भएकै वर्षमा यति ठूलो सफलता हात पारेकी हुन् । यसअघि कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत उनीसँग बीमा क्षेत्रमा १२ वर्ष काम गरेको अनुभव छ । भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गरेकी हुन् । कम्पनीको सञ्चालकले उनको कार्य सम्पादनप्रति सन्तुष्ट भएर सीईमा नियुक्त गरेको वर्षमै १ अर्बको बीमा शुल्क संकलन गर्ने बीमा कम्पनीका रुपमा परिचित हुनु समग्र युनाइटेड इन्स्योरेन्स कम्पनीका लागि पनि सुखद विषय हो । हाल कम्पनीकाे अध्यक्षमा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ छन् । कम्पनीको स्थापना २०५० साल मंसिर १६ गते भएको हो । सम्बन्धित सामग्री: म दिनरात काम गर्छु, साथीहरु भन्छन्- ‘तिमी कति भाग्यमानी’
सगरमाथा इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित, साढे २ अर्बको बीमा शुल्क आर्जन गर्न सफल
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रस्तावित ११.५७८९ प्रतिशत लाभांश पारित भएको छ । आज(असार ३० गते) सम्पन्न कम्पनीको २४औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै, सेयरधनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीकोे ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत गरी कूल ११.५७८९ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीको साधारणसभा भर्च्युअल माध्यममार्फत सम्पन्न भएको थियो । सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ)ले चालु आर्थिक वर्षमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको जानकारी गराएका छन् । कम्पनीले अघिल्लो आवको तुलनामा ३.५७ प्रतिशतले व्यवसाय वृद्धि भई २ अर्ब २५ करोड रुपैयाँ बराबरको प्रिमियम आर्जन गरी खुद नाफा ३८ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ ।