काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले आजदेखि (भदौ ८–११ गते) सम्म निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले निर्जीवन बीमा अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्ति तथा संस्थाको लागि उक्त तालिम संचालन गर्न लागेको हो ।
तालिममा सहभागि हुनका लागि नेपाली नागरिकतासहित शैक्षिक योग्यताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, स्थायी लेखा नम्बर चाहिने कम्पनीले जनाएको छ । त्यस्तै तालिममा सहभागी इच्छुक अभिकर्ताले न्यूनतम प्लसटु वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।
कम्पनीका अनुसार तालिम अनलाइनमार्फत विहान १० बजेदेखि ४ बजेसम्म संचालन गरिनेछ ।
अभिकर्ता परीक्षा भने भदौ ११ गते दिनको २ बजे संचालन हुनेछ ।
