नेपाल इन्स्योरेन्सबाट बिदा हुँदै सीईओ शाह, लगानी वृद्धिसँगै हालसम्मकै उच्च नाफा कमाउन सफल
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह इन्स्योरेन्सबाट बिदा हुने भएका छन् । कम्पनीमा आफ्नो ४ वर्षे कार्यकाल सफलता पूर्वक पुरा गरि उनी साउन ९ गते शनिवारदेखि बिदा हुँदै छन् । शाह कुशल व्यवसायिक व्यवस्थापक रहेको र उनको नेतृत्वमा नेपालको पहिलो बीमा कम्पनी व्यवसायिक कम्पनीमा रुपान्तरित भएको उक्त कम्पनीले जनाएकाे छ । शाहको नेतृत्वमा विभिन्न इन्स्योरेन्सले विभिन्न उपलब्धिहरु हासिल गरेको कम्पनीले जनाएकाे छ । यो अवधिमा कम्पनीले १९ शाखालाई वृद्धि गरी ५० पुर्याएको छ । २९ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी वृद्धि भई एक अर्ब २४ करोड रुपैयाँ पुगेको छ । ऋणात्मक रहेको कम्पनीको नेटवर्थ २०७८ असारमा एक सय रुपैयाँ र लगानी ३ अर्ब रुपैयाँ पुगेको छ । २०७८ असार मसान्तसम्ममा इन्स्योरेन्सको अनुमानित नाफा ३५ करोड रुपैयाँभन्दा बढी हो, जुन हालसम्मकै उच्च रहेकाे कम्पनीले जानकारी दिएकाे छ । त्यस्तै, प्रत्यक्ष रोजगारी कर्मचारीको संख्या १३९ बाट बढेर २७५ पुगेको छ । साथै, विश्वका उत्कृष्ट पुनर्बीमा कम्पनी, ब्रोकरलाई भित्राएको कम्पनीले अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरी नेपाली बीमा उद्योगलाई चिनाउन सफल भएको छ । शाह उर्जाशील शाह वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट, एमबीए, तथा फिलिपिन्समा सचिवालय रहेको विकासशी देशको बीमक तथा पुनर्बीमकहरुको संघको वर्तमान अध्यक्ष पनि हुन् । उनी नेपाल व्यवस्थापन संघबाट २०१४ मा वर्षको उत्कृष्ट व्यवस्थापकबाट सम्मानित समेत भएका थिए । ३५ वर्षभन्दा बढीको कार्यानुभव भएका शाह देशमा कार्यरत बीमा कम्पनीको साझा संघ, नेपाल बीमक संघलाई संस्थागत गरी २ कार्यकाल अध्यक्ष भैसकेका छन् । उक्त कम्पनीमा शाहको ४ वर्षे कार्यकाल शुक्रबार सकिएको हो । सञ्चालक समितिले विहीबार नै उनलाई धन्यवादसहित विदाई गरेको थियो भने कर्मचारीहरुले शुक्रबार विदाई कार्यक्रम गरेका छन् । शाहको इच्छामा नै पुर्ननियुक्ती नभएको ती सञ्चालकले बताए । ‘शाहको नेतृत्वमा विगत चार वर्षमा कम्पनीले धेरै राम्रो गरेको थियो । अनियमित बनेको लेखापरिक्षणलाई नियमित बनाउने, कम्पनीको व्यवयाय बनाउने, नाफा बढाउने, लगानीकर्तालाई तुलनात्मक रुपमा बढी प्रतिफल दिने र समग्रमा कम्पनीलाई माथि लैजाने काममा उनको योगदान स्मरणीय नै छ’ उनले भने । आगामी केही महिना घुमफिरमा विताउने र त्यसपछि पुर्न बीमा क्षेत्रमा फर्कने चाहाना भएको शाहले बताए । शाहकाे विधाइसँगै कम्पनीले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी ईश्वर पोखरेललाई दिएको छ । पोखरेल सोही कम्पनीमा डेपुटी सीईओ पदमा कार्यरत छन् । तत्काल बाहिरबाट सीईओ ल्याउने तयारी नभएको कम्पनीका एक सञ्चालकले बताए ।
सभामा जान एशियन लाइफ इन्स्योरेन्सले तोक्यो बुक क्लोजको मिति
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स आगामी साउन ३१ गते वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी साउन १७ गते बुक क्लोज गर्न लागेको हो । सभाले कम्पनीको पुँजी संरचनामा रहेको संस्थापक र सर्वसाधारण सेयर समूहको विद्यमान ७०ः३० को सेयर अनुपातलाई ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारण सेयरमा परिणत गर्ने विशेष प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने छ । सभाले ४ जना संस्थापक र २ जना सर्वसाधारण सेयरधनी र एक जना स्वतन्त्र विज्ञ संचालकलाई मनोनित गर्दै छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनले निर्धारण गरेको सिमाभन्दा बढी भएको खर्चलाई अनुमोदन गर्ने विशेष प्रस्ताव गरेको हो । त्यस्तै, बीमा समिति, कम्पनी रजिष्ट्रार कार्यालय तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावलाई सभाले अनुमोदन गर्दै छ ।
ज्योति लाईफले बीमितको घरमै गएर हस्तारन्तरण गर्यो कोरोना बीमाको दावी
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले पाँगा निवासी श्रीकृष्ण महर्जनकी श्रीमतीलाई घरमै गई दावी भक्तानी गरेको हो । ज्योति लाईफ इन्स्योरेन्समा ज्योति थ्रि ट्वेन्टी धन बहार जीवन योजना अन्तर्गतको बीमालेख शुरु गरेका महर्जनको २०७८ जेठ १ गते कोरोना संक्रमणका कारण मुत्यु भएको थियो । महर्जनको मृत्यु भएपछि कम्पनीले सम्पूर्ण प्रक्रिया पूरा गरी २० लाख रुपैयाँ मृतको घरमै गएर श्रीमतिलाई हस्तान्तरण गरेकोे हो ।