सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्यादी जीवन बीमा बापत दाबी रकम हस्तान्तरण

काठमाडाैं । उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र सिटिजन लाइफ इन्स्योरेन्सको साझेदारीमा स्व. रुपा परियारको परिवारलाई म्यादी जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरिएको छ । उक्त वित्तीय संस्थाको सदस्य रहेकी ३३ वर्षीय रुपा परियारको गत फाल्गुन ८ गतेको दिन नल्का चलाउने क्रम खसेर निधन भएको थियो । उनले २ वटा सामान्य र एउटा मौसमी गरी ३ वटा ऋण उपभोग गरेकी थिइन । शुक्रबार नेपालगन्ज ४ बौद्ध मर्ग ५ क (२३) परिवारको निवासमा एक कार्यक्रम बिच बीमाबाट ६ लाख ४३ हजार रकम पाउनु पर्ने भए पनि संस्थाबाट लिएको ऋण १ लाख ५८ हजार ३ सय ५१ कट्टा गरी केन्द्रिय प्रमुख भगवती भण्डारी र सिटिजन लाइफ इन्स्योरेन्स पश्चिम क्षेत्रका चिफ बिजनेस अफिसर धोज बहादुर खड्काको समन्वयमा परियारको श्रीमान रवि परियारलाई ४ लाख ८४ हजार ६ सय ४९ रुपैयाँ बीमा वापतको चेक हस्तान्तरण गरिएको हो । सभामा बोल्दै खड्काले आफुहरुले बिमा दाबी बापतको रकमलाई समयमै हस्तान्तरण गर्दै आएकाले रकम बैशाखमै बीमा कम्पनीले जनउत्थानलाई हस्तान्तरण गरी सकेकोले कोभिडका कारण ढिलाई भएको बताएका छन् । परियारको श्रीमान रवि परियारलाई उनको अबको पारिवारिक जिम्मेवारी बारे सम्झना गराउँदै स्व. रुपा परियारको फोटो माथी फूल अर्पण गरेका थिए । जनउत्थानका केन्द्रिय प्रमुख भगवती भण्डारीले स्व. रुपा परियार संस्थामा कार्यरत एक ईमानदार प्रतिनिधि रहेकाले आफुहरुले संस्थाको एक परिवार सदस्य गुमाएकाले कोभिड–१९ का कारण सरकारले कुनै प्रकारको गोष्ठी, सभा नगर्न नगराउन आदेश गरी सके पश्चात समयमै रकम हस्तान्तरण गर्न कठिनाई भएको जानकारी दिएका थिए । २ जना छोरा रहेकी परियार २०७६ बैशाख ९ गते संस्थामा आवद्ध भएकी थिइन ।  

हाम्रो कम्पनी र कर्मचारीका विषयमा आएका समाचारमा भ्रामक: जनरल इन्स्योरेन्स

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले  विगत केही दिनयता बजारमा कम्पनी र कम्पनीका कर्मचारी सम्बन्धि आएको समाचार गलत भएकाे जनाएकाे छ ।  कम्पनीले नियमनकारी निकाय बीमा समितिको समेत नाम उल्लेख गरी कम्पनी र कम्पनीमा कार्यरत कर्मचारीको नामै उल्लेख गरी कपोकल्पित र भ्रामक समाचार दावी गरेकाे छ । इन्स्योरेन्सले साउन १८ गते एक विज्ञप्ति जारी गर्दै उक्त समाचारमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । साथै, उक्त समाचारले लगानीकर्ता र ग्राहकको आस्थामा दिग्भ्रम सृजना गरी कर्मचारीको मनोबल गिराउने र काम गर्ने वातावरण नै बिथोल्ने काम भएको कम्पनीको भनाई छ । त्यसैले, त्यस्ता आधारहीन तथा अनर्गल समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पार्दै त्यसमा भ्रमित नहुन कम्पनीले आग्रह गरको छ । इन्स्योरेन्सले बीमा समितिबाट निर्जीवन बीमा सम्बन्धी व्यवसायिक कारोबार सञ्चालनको अनुमति प्राप्त गरी २०७५ असार ६ गतेदेखि कारोबार सञ्चालन गर्दै आएको छ । कम्पनीमा विभिन्न व्यवसायिक घरानाका व्यक्तिहरु, विश्वसनीय विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, विभिन्न क्षेत्रमा विज्ञ व्यक्तिहरुको लगानी तथा प्रवद्र्धन रहेको छ ।

यूनियन लाइफ इन्स्योरेन्सको कतिमा भयो पहिलो कारोबार ?

काठमाडौं । दोश्रो बजारमा यूनियन लाइफ इन्स्योरेन्सको आज(साउन १८ गते) देखि पहिलो सेयर कारोबार भएको छ । हालै सर्वसाधारणमा सेयर जारी गरी बाँडफाँड पश्चात कम्पनीको आजबाट सेयर दोश्रो बजारमा किनबेच शुरु भएको हो । यससँगै यूनियन लाइफ इन्स्योरेन्सको १० कित्ता सेयर प्रतिकित्ता ३४२ रुपैयाँमा पहिलो कारोबार भएको छ । नेप्सेले इन्स्योरेन्सको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ११५.१३ रुपैयाँ र अधिकतम ३४५.३९ रुपैयाँ तोकेको थियो । नेप्स्ेमा इन्स्योरेन्सको सिम्बोल ‘यूएलआई’ दिइएको छ ।