भैरहवा, दाङ र राैतहटमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न
काठमाडाैं । लुम्बिनी प्रदेशकाे विभिन्न ठाउँमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न भएको छ । भैरहवा, दाङ र राैतहटमा उक्त कार्यक्रम सम्पन्न भएको हो । महालक्ष्मी लाईफ इन्स्योरेन्सले युवा र विद्यार्थी माझ बीमा जागरण ल्याउने कार्यलाई तिव्रत दिँदै आएको छ । भैरहवा बहुमुखि क्याम्पसमा मंसिर २३ गते प्राध्यापक कृष्ण घिमिरेको अध्यक्षतामा संचालित कार्यक्रममा ८० जना स्नातक तहका विद्यार्थीको सहभागिता थियो । कम्पनीकाप्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र मार्केटिङ चिफ प्रशान्तराज धमलाले प्रशिक्षण दिएका थिए । त्यसै गरी दाङ घोराहीका दुई छ्ट्टा छ्ट्टै कलेजमा बीमा जनचेतना कार्यक्रम संचालन भएको छ । अम्विकेश्वरी कलेजमा महालक्ष्मी लाईफका एजेन्सी मेनेजर लालचन्द्र बन्जाडेको अध्यक्षतामा संचालित कार्यक्रममा ५५ जना स्नातक तहका विद्यार्थीको सहभागिता रहेको थियो । ७० जना विद्यार्थी सहभागि भएको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र मार्केटिङ चिफ प्रशान्तराज धमलाले प्रशिक्षण दिएका थिए यस्तै रौतहट जिल्लाको कार्यक्रममा ९० जना विद्यार्थीको सहभागिता रहेको थियो । कम्पनीका क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले प्रशिक्षण दिनु भएको कार्यक्रममा अभियानका केन्द्रिय सदस्य रामाशंकर यादव र अन्य जिल्ला सदस्यहरुको सहभागिता रहेको थियो ।
प्रभु इन्स्योरेन्सकाे कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ता तालिम सम्पन्न
काठमाडाैं । प्रभु इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न भएको छ । कम्पनीले कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ मा व्यवस्था भए बमोजिम आफ्नो कार्य क्षेत्र तोकिएका सम्पूर्ण जिल्लाहरुमा तालिम सम्पन्न गरेकाे हो । कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम बीमा समितिका प्रतिनिधिको पर्यवेक्षण तथा प्रशिक्षणमा सञ्चालित तालिममा बिभिन्न कृषि तथा पशुपन्छी विज्ञहरुले प्रशिक्षण प्रदान गरेका थिए । कम्पनीको कार्य क्षेत्र तोकिएका जिल्लाहरु मुस्ताङ्ग, म्याग्दी, बागलुङ्ग र स्याङ्गजामध्ये कम्पनीले मुस्ताङ्ग, म्याग्दी र बागलुङ्गमा कात्तिक महिनामै तालिम सम्पन्न गरिसकेको थियो । कम्पनीले मंसिर २२ गते देखि २४ गतेसम्म स्याङ्गजामा संचालन गरेकाे तालिममा ५० जना भन्दा बढी क्षति मुल्याङ्कनकर्ता तयार भएकोले आगामी दिनमा कृषि तथा पशुपन्छी बीमाको क्षति मुल्याङ्कन तथा दावी भुक्तानीमा सहज हुने बताए ।
आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालय भवनको शिलान्यास
काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्सको पानीपोखरीमा केन्द्रीय कार्यालय भवनको शिलान्यास भएकाे छ । मङ्सिर २४ गते शुक्रबारका दिन बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले उक्त भवनकाे शिलान्यास गरेका हुन् । उक्त शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलज्यू, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल लगायतको उपस्थिति थियो ।