निवन्ध प्रतियोगिता गर्दै बीमा समिति, विद्याथीहरु सहभागी हुन पाउने, विजेतालाई नगद पुरस्कार
काठमाडौं । बीमा समितिले विद्यालय तथा विश्वद्यिालयस्तरीय निवन्ध प्रतियोगिता गर्न लागेको छ । समितिले चालु आर्थिक वर्ष २०७८/७९ मा बीमाको महत्व शीर्षकमा विद्यालयस्तरीय र जोखिम व्यवस्थापनमा बीमाको भूमिका शीर्षकमा विश्वविद्यालयस्तरीय निवन्ध प्रतियोगिता गर्न लागेको हो । समितिले मंसिर १६ गते एक सूचना जारी गर्दै उक्त प्रतियोगिता गर्न लागेको जानकारी गराएको हो । यससँगै निवन्ध प्रतियोगितामा सहभागी हुन चाहने विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुले सूचना प्रकाशित भएको तीन महिनाभित्रमा समितिमा बुझाउनुपर्ने हुन्छ । को को सहभागि हुन पाउँछन् ? उक्त विद्यालयस्तरीय निवन्ध प्रतियोगिताका लागि कक्षा ५ देखि कक्षा १२ मा अध्ययनरत तथा कक्षा १२ को परीक्षा दिई नतिजा पर्खिरहेका विद्यार्थीहरुले सहभागी जनाउन पाउने छन् । उनीहरले बीमाको महत्व शीर्षकमा कम्तीमा २ हजार शब्दको निवन्ध लेख्नुपर्ने समितिले जनाएको छ । त्यस्तै, विश्वविद्यालयस्तरीय निवन्ध प्रतियोगिताका लागि कक्षा १२ भन्दा माथिल्लो कक्षामा अध्ययनरत तथा परीक्षा दिई नतिजा पर्खिरहेका विद्यार्थीहरु सहभागी हुन सक्नेछन् । उनीहरुले जोखिम व्यवस्थापनमा बीमाको भूमिका शीर्षकमा कम्तीमा ३ हजार शब्दको निवन्ध लेख्नु पर्ने हुन्छ । विजेतालाई नगद पुरस्कार, कसले कति पाउँछन् ? दुई विधामा छुट्याईएको भिन्नै शीर्षकको निवन्ध प्रतियोगितामा प्रतियोगीमध्ये दुई जना प्रथम छानिने छन् । त्यस्तै दोश्रो र तेश्रोमा पनि दुई दुई जना विद्यार्थीहरु छानिनेछन् । प्रतियोगिताका विजयीले न्यूनतम ७ हजारदेखि २५ हजार रुपैयाँसम्म पाउँछन् । जसमध्ये विद्यालयस्तरीय प्रतियोगिताको पहिलोले २० हजार रुपैयाँ र विश्वविद्यालयस्तरीय प्रतियोगिताको पहिलो विजेताले २५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र समेत पाउने छन् । त्यस्तै, विद्यालयस्तरीय तर्फको दोश्रोले १२ हजार रुपैयाँ र तेश्रोले ७ हजार रुपैयाँ बराबरको नगद पुरस्कार पाउने छन् । उता विश्वविद्यालयस्तरीयका दोश्रो र तेश्रो विजेताले क्रमशः १५ हजार र १० हजार रुपैयाँ तथा प्रमाणपत्र पाउने समितिले जनाएको छ । समितिले बीमा क्षेत्रको विकास तथा बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि यो प्रतियोगिता योजना गर्न लागेको हो ।
थप ५ ठाउँमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न
काठमाडौं । थप पाँच ठाउँमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न भएको छ । हेटौडा, दमौली, भिरकोट, बारबर्दिया र कोहलपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सहायक क्याम्पस प्रमुख देविराम लामाको अध्यक्षतामा १७ गते हेटौडा क्याम्पसमा सम्पन्न कार्यक्रममा ९० जनाको सहभागिता थियो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले कार्यक्रममा प्रशिक्षण दिएका थिए । यसैगरी स्याङ्जाको भिरकोटस्थित भुपु सैनिक कम्यूनिटि एकेडेमीमा भएको कार्यक्रममा ४० जनाको सहभागिता रहेको जहाँ कम्पनीका क्षेत्रिय प्रमुख अखिल धमलाले प्रशिक्षण दिएका थिए । मंसिर १५ गते दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा प्राध्यापक विरेन्द्र पौडेलको अध्यक्षतामा संचालित कार्यक्रममा ३४ जना विद्यार्थीको सहभागिता रहेको थियो । कम्पनीका क्षेत्रिय प्रमुख अखिल धमला र एरिया ब्रान्च मेनेजर माधव न्यौपानेले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । यस्तै बाँकेको कोलहपुर शाखाले बारबर्दिया नगरपालिका १० स्थित जनसेवा बहुमुखि क्याम्पसमा कार्यक्रम सम्पन्न गरेको थियो । ४० जना विद्यार्थिको सहभागिता रहेको कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले प्रशिक्षण दिएका थिए । मंसिर १७ गते भने कोहलपुरको कोहलपुर मोडेल कलेजमा क्याम्पस प्रमुख संजिव बाबु पंगेनीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थिया् । ७० जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले प्रशिक्षण दिएका थिए । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियानलाई अझै तिव्रता दिँदै आएको छ । आश्विन महिनाबाट प्रारम्भ गरिएको जनचेतना अभियानमा युवा र विद्यार्थीहरुको आकर्षण बढ्दै गएको कारण तीन महिनाभन्दा कम अवधिमा २३ जिल्लाको ४२ स्थानमा सो संचालन भइसकेको कम्पनीले जनाएको छ ।
आईएमई लाइफको च्याटबोट अब एपमा पनि चल्ने
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो च्याटबोटमा आर्टिफिसियल ईन्टेलिजेन्स अपनाएर एपमा समेत चल्ने र सुविधा दिन सक्ने बनाएको छ । कम्पनीले च्याटबोट सचालन भएको एक वर्षको उपलक्ष्यमा यस्तो सुविधा थपेको जनाएको छ । आईएमई लाइफ डाइरेक्टको नामबाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिलेभन्दा अझ बढि र गुणस्तरिय सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्व साधारणहरुलाई दिने कम्पनीले जनाएकाे छ । लाईफ इन्स्योरेन्स कम्पनीहरु मध्ये च्याटबोट मार्फत सर्वप्रथम सेवा दिने पहिलो कम्पनी आईएमई लाईफ इन्स्योरेन्सले आजभन्दा एक वर्ष पहिले आजकै दिनबाट च्याटबोट सेवा उपलब्ध गराएको हो । एक वर्षमा प्रविधिमा आएको परिवर्तन एवं सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखि थप सुविधासहित प्रविधि मैत्री परिमार्जित च्याटबोट ल्याइएको कम्पनीले जनाइएको छ । कम्पनीकाे अनुसार बितेको एक वर्षमा दैनिक औसतमा ४५० जनाले च्याटबोट प्रयोग गर्ने गरेको र हालसम्म झन्डै एक लाख सत्तरी हजार वटा प्रश्नहरुको च्याटबोट समाधान गरिएको छ । सेवाग्राहीलाई बीमासम्बन्धी प्रश्नहरुको भरपर्दो उत्तर दिई छिटो छरितो रुपमा सेवा प्रदान गरी कार्यालयमा गइरहनुपर्ने झन्झटबाट मुक्त गर्ने गरी नयाँ स्वरुपमा आएको च्याटबोटले आईएमई लाइफको भर्चुअल कार्यालयलाई सफल बनाउनेमा आफु विश्वस्त रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल बताउँछन् ।