नेशनल लाईफद्धारा वरिष्ठ अभिकर्ताहरु सम्मानित

काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्सले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने वार्षिक राष्ट्रिय कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको अभिकर्ता वार्षिक कार्यक्रम अन्तर्गत ‘चियरपर्सन क्लब सदस्य सम्मान’ नामक उक्त कार्यक्रममा नेपालभरबाट आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५०० जना व्यवसायिक एजेन्सी लिडरहरुलाई कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले सम्मान एवं चियरपर्सन क्लब सदस्यता प्रदान गरेकी थिइन् । उक्त कार्यक्रममा देशभरबाट आ. व. २०७७/०७८ मा आफ्नो व्यक्तिगत व्यवसायको आधारमा एवं एजेन्सी सन्जालको आधारमा प्रथम, द्वितिय र तृतीय हुने सर्वोकृष्ट ६ जना लिडरहरुलाई विशेष सम्मानका साथ कदरपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको थियो । यसरी पुरस्कृत हुने चिफ विजनेश म्यानेजरहरुमा व्यक्तिगत व्यवसायको आधारमा मोहन तिमिल्सिना प्रथम, भुपेन्द्र क्षेत्री द्वितिय र युवराज वास्तोला तृतिय भएका थिए । यसैगरी अभिकर्ता सन्जालको आधारमा निलु पूर्वे प्रथम, रत्न बहादुर खत्री द्वितिय र टिका प्रसाद खरेल तृतिय भएका थिए  ।

नेशनल लाईफले ल्यायो नयाँ सावधिक योजना, ऋणसहित ८० वर्षसम्म आयश्रोत पाइने

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सलले ‘जीवन श्री सावधिक अमृत बीमालेख’ नामक नयाँ बीमालेख सार्वजनिक गरेको छ । इन्स्योरेन्सकी अध्यक्ष प्रेमा सिंहले पुस २ गते उक्त नँया सावधिक बीमालेखको शुभारम्भ गरेकी हुन् । कम्पनीले बीमित वर्गको आयश्रोत, वचत र सुरक्षालाई ध्यानमा राख्दै उक्त बीमालेख सार्वजनिक गरेको हो । यो योजनामा आफ्नो आय श्रोत अनुसार ५० हजार रुपैयाँदेखि माथिसम्मको बीमा गर्न सकिने छ । साथै, यसमा सहभागी हुने बीमितको जुनसुकै बेला मृत्यु भए पनि परिवारजनलाई एकमुष्ठ बीमाङ्क र बोनस वितरण गरिने कम्पनीले जनाएको छ । बीमाको अवधि समाप्ति पछि ८० वर्ष उमेरसम्म बीमाङ्कको आयश्रोतको रुपमा उपलब्ध हुने यस बीमालेखबाट बीमितलाई ८० वर्ष उमेरपछि प्राप्त गर्ने बीमाङ्क रकम र आर्जित बोनसले आफु र आफु प्रति आश्रीत ब्यक्तिलाई समेत आर्थिक सहयोग पुग्ने छ । यसरी यस बीमालेखवाट बीमितको अतिरिक्त आयश्रोत सुनिश्चित हुन्छ भनेसंगै बचत र सुरक्षा पनि उपलब्ध हुनेछ । यस बीमालेखमा ऋण सुविधा समेत रहेकोले बीमितको तरलताको व्यवस्थापनमा योगदान पुग्ने छ । साथै, नाफामा सहभागि हुने यस बीमालेखबाट बीमितलाई आकर्षक प्रतिफल समेत पाइने कम्पनीले जनाएको छ । त्यस्तै, जोखिम बहन पनि हुने र बचत पनि हुने यस बीमा योजनाबाट अवकास जीवनलाई सुरक्षित र ब्यवस्थित बनाउन सहयोग पुग्नेमा कम्पनी विश्वस्त छ ।  

सानिमा जनरल इन्स्योरेन्सले सम्पन्न गर्यो कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ता तालिम

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले भक्तपुर र विराटनगरमा कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीले गत मंसिर २० गतेदेखि शुरु भएको उक्त तालिम मंसिर २८ गते सम्पन्न गरेको हो । इन्स्योरेन्सले भक्तपुरमा मंसिर २० देखी २२ गतेसम्म र विराटनगरमा मंसिर २६ देखि २८ गतेसम्म उक्त तालिम दिएको थियो । कम्पनीले कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ मा व्यवस्था भए बमोजिम बीमा समितिका प्रतिनिधिको पर्यवेक्षण तथा प्रशिक्षणमा सञ्चालित तालिममा विभिन्न कृषि तथा पशुपन्छी बिज्ञहरुले प्रशिक्षण प्रदान गरेका थिए । इन्स्योरेन्सले कम्पनीले कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ताको तालिम अन्य जिल्लाहरुमा समेत क्रमशः सञ्चालन गर्ने योजना बनाएको छ । कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ताको तालिमले बीमा क्षेत्रमा दक्ष जनशक्ति विकासमा सहयोग पुग्नुका साथै कम्पनीले सञ्चालन गरेको तालिमबाट बीमा क्षेत्रमा कृषि तथा पशुपन्छी क्षति मुल्याङ्कनकर्ता तयार भएकोले आगामी दिनमा उक्त बीमाको क्षति मुल्याङ्कन तथा दाबी भुक्तानीमा सहजता एवं प्रभावकारीता आउने विश्वास कम्पनीले लिएको छ ।