सिटिजन लाइफ इन्स्योरेन्सकाे ‘सिटिजन खबर’ जर्नल प्रकाशित
काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सले ‘सिटिजन खबर’ नामक जर्नल प्रकाशित गरेको छ । कम्पनीले कार्तिक २ गते आफ्नो चार वर्षे यात्रा सम्पन्न गरेसँगै सो अवधिसम्मका समीक्षा स्वरुप जर्नल सिटिजन खबर सार्वजनिक गरेकाे हाे । कम्पनीका अध्यक्ष प्रदिप जङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख सञ्चालन अधिकृत तथा रणनीति प्रमुख दशरथ मणी खड्का, नायव महाप्रबन्धक दिप बहादुर बि. सी. साथै प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालले संयुक्त रुपमा उक्त जर्नलक प्रकाशित गरेका थिए । जर्नलमा बीमाको सचेतना तथा सु–समाचार सहित कम्पनीका विगतका सम्झनाका साथै कम्पनीका व्यवसायिक उपलब्धीहरु, प्रगति विवरणहरु, विभिन्न क्रियाकलापहरु, साथै सिटिजन लिडर्सहरुको लेख पनि समावेश गरिएको कम्पनीले जानकारी दिएकाे छ । जर्नलको प्रिन्ट प्रतिलिपि कम्पनीको प्रमुख कार्यालय लगायत विभिन्न शाखा कार्यालयहरुमा र डिजिटल प्रतिलिपी कम्पनीको वेबसाईटमा उपलब्ध रहेकाे कम्पनीले जानकारी दिएकाे छ ।
‘खल्ती’बाट ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्मकाे क्यासब्याक
काठमाडौं । अब ‘खल्ती’ डिजिटल वालेटमार्फत ज्योति लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम तिर्दा प्रयोगकर्ताहरुले क्यासब्याक पाउने भएका छन् । खल्तीमार्फत ज्योति लाइफको बीमा प्रिमियम तिर्दा ग्राहकले १ हजारसम्मका क्यासब्याक पाउने भएका हुन् । यसका साथै उनीहरुले ५ हजारसम्मकाे खल्ती पाइन्ट्स र पहिलाे भुक्तानीमा INSURE 100 प्रयाेग गरी १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । कोरोनाभाइरस महामारीको समयमा लामो लाइनमा नबसी सुरक्षित रूपमा भुक्तानी गर्न सहज गर्ने डिजिटल भुक्तानी सेवा प्रोत्साहित गर्न यो अफर सुरु गरिएको खल्तीले जनाएको छ । ५ हजार माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ । खल्ती खाता नभएको खण्डमा साइन अप गरी वा नेपालभरि फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिने खल्तीले जनाएको छ ।
आईएमई लाइफका बीमितले ७० रुपैयाँसम्म बोनस पाउने, कुनमा कति ?
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले अधिकतम ७० रुपैयाँ बोनस पाउने भएका छन् । आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनसदर घोषणा गर्दै इन्स्योरेन्सले बीमितलाई प्रतिहजार अधिकतम ७० रुपैयाँ (प्रतिहजार) बोनस गर्ने भएको हो । उक्त नयाँ बोनसदर अनुसार कम्पनीका बीमितले प्रतिहजार न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने भएका छन् । इन्स्योरेन्सले विभिन्न ४ वटा बीमालेखका विभिन्न अविधिका बीमितलाई सो मात्राको बोनसदर वितरण गर्ने भएको हो । इन्स्योरेन्सले सावधिक जीवन बीमालेखका बीमितिलाई न्यूनतम ३० देखि अधिकतम ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । जसमा १४ वर्षसम्म अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ४८ र २५ वा सोभन्दा माथिको लागि ७० रुपैयाँ बोनसदर तोकिएको छ । त्यस्तै, सावधिक तथा अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा पनि न्यूनतम ३० देखि अधिकतम ७० रुपैयाँ निर्धारण गरिएको छ । जसमा ९ वर्षसम्म अर्थात १४ वर्ष अवधिसम्मकाले बराबर अर्थात ३० रुपैयाँ, १५ देखि १९ सम्मकाले ३८ रुपैयाँ, २० देखि २४ वर्षसम्मकाले ४८ र २५ वा सो भन्दा माथिकाले ७० रुपैयाँ बोनसदर पाउने छन् । अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा पनि न्यूनतम ३० र अधिकतम ७० रुपैयाँ तोकिएको छ । जसमा ९ वर्षसम्मको अवधिकाले पाउने छैनन् भने त्यसमाथिकाले मात्रै पाउने छन् । १० देखि १४ वर्षको अवधिकाले प्रतिहजार ३०, १५ देखि १९ वर्ष अवधिकाले ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिकाले ४८ रुपैयाँ र सो भन्दा माथिको बीमा अवधिको लागि ७० रुपैयाँ बोनसदर तोकिएको छ । यता वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) बीमालेखका बीमितले सबैभन्दा कम अर्थात प्रतिहजार २० रुपैयाँ बोनसदर पाउने भएका छन् । जुन सबै बीमा अवधिकाले बराबर पाउने भएका हुन् । नियामक निकाय बीमा समितिले कम्पनीको आर्थिक वर्ष २०७६/२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन स्वीकृत गरेसँगै इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको हो । जुन, समितिबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि कायम हुने इन्स्योरेन्सले जनाएको छ ।