बोनस र हकप्रदको प्रभावः दुई इन्स्योरेन्समा झुम्मिदै लगानीकर्ता

काठमाडौं । दोश्रो बजारमा दुई इन्स्योरेन्सको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दो क्रममा रहेको छ । बिहीबारको बजारमा नेशनल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको सेयरमा लगानीकर्ताहरु आकर्षित भएका देखिन्छन् । बोनस र हकप्रद सेयर निष्काशनको प्रकृया अघि बढाएसँगै यी कम्पनीको सेयरमा लगानीकर्ताहरु आकर्षित भएका हुन् । र, नियमित कारोबार शुरु भएको पौने घण्टामै नेशनल लाईको सर्वाधिक कारोबार भएको छ भने शिखर सर्वाधिक कारोबार गर्नेको दोश्रो स्थानमा रहेको छ । ११ बजेर ४३ मिनेट जाँदा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । र, दोश्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सको ३ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ । यी दुई कम्पनीको कारोबार रकमसँगै सेयर मूल्य पनि बढेको छ । यो समाचार तयार पर्दासम्म नेशनल लाईफको २१ रुपैयाँले बढेर प्रतिकित्ता ११४१ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, शिखरको प्रतिकित्ता ५३.८० रुपैयाँले बढेर प्रतिकित्ता १९९० रुपैयाँमा सेयर किनबेच भइरहेको छ । नेशनल लाईफ इन्स्योरेन्स कारोबार रकममा मात्रै नभई कारोबार संख्या र कित्ताको आधारमा पनि अग्रस्थानमा रहेको छ । यो अवधिसम्म इन्स्योरेन्सको ४१३ पटकको कारोबारमा ८१ हजार ४० कित्ता सेयर किनबेच भईसकको छ । नेशनल लाईफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, चुक्ता पुँजी ४ अर्ब नाघ्ने दुई कम्पनीमध्ये नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले हालै लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले सेयरधनीलाई आर्थिक वर्ष २०७६।७७ को नाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हकप्रदको लागि शिखर इन्स्योरेन्सले तोक्यो बुक क्लोजको मिति त्यस्तै, शिखर इन्स्योरेन्सले पनि ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रकृया अघि बढाएको छ । सो प्रयोजनको लागि इन्स्योरेन्सले आगामी माघ २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

नेशनल लाईफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, चुक्ता पुँजी ४ अर्ब नाघ्ने

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १९ प्रतिशत बोनस र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव माघ १२ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले गरेको हो । प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ छ । १९ प्रतिशत बोनस पारित पछि इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ नाघ्ने छ । तीन वर्षयताकै उच्च लाभांश प्रस्तावित २० प्रतिशत लाभांश अघिल्लो तीन वर्षयताकै उच्च हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७३/७४ देखि आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सो मात्राको लाभांश वितरण गरेको थिएन । आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २६.३२ प्रतिशत (२५ प्रतिशत बोनस) लाभांश वितरण गरेको इन्स्योरेन्सले त्यसपछि क्रमशः १३.५, १४.५ र १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

लाभांश पारित गर्न ज्योति लाइफले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले आगामी फागुन ६ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले उक्त दिन बिहान ११ बजे कास्कीको पोखरास्थित वाटरफ्रन्ट रिसोेर्टमा आफ्नो चौथो वार्षिक साधारण सभा बोलाएको हो । सभाले सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । १० प्रतिशत बोनस सेयर पारित पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ पुग्ने छ । साथै, सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदनसहित सञ्चालकमा ६ (संस्थापकबाट ४ र सर्वसाधारणबाट २) जनालाई चयन गर्दै छ । त्यसैगरी, सभाले आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले कोभिड-१९ पीडितको उपचारको लागि सहयोग स्वरुप नेपाल सरकारलाई प्रदान गरेको ७ लाख ५० हजार रुपैयाँ कम्पनी ऐन २०६३ बमोजिम अनुमोदन गर्ने विशेष प्रस्ताव गरेको छ । उक्त सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले माघ २४ गते बुक क्लोज गर्दै छ । यससँगै माघ २३ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।