साढे तीस लाख ग्राहकको विश्वास बोकेर अघि बढ्दैछौं : किरण कुमार श्रेष्ठ

काठमाडाैं । यस बैंकले ५५ वर्षको इतिहासमा अनेकौं आरोह अवरोह पार गर्दै आएको छ । ५० को दशककाे अन्त्यमा आइपुग्दा बैंकको वित्त अवस्थाका अधिकांश सूचकहरु नकारात्मक रहन गयो । फलस्वरुप २०५९/६० सालदेखि वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू भई पुनः बैंकले प्रगतिको यात्रा शुरु गर्यो र आज यहाँसम्म आइपग्दा धेरै सकारात्मक परिणामहरु देखिन थालेको छ । आ ब २०७५/०७६ को आफ्नो वित्तीय विवरणहरुको अन्तिम लेखापरीक्षण समेत सम्पन्न गरी यही माघ २४ गते बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न गर्न गईरहेको व्यहोरा निवेदन गर्न चाहन्छु । चाल आवकाे दोश्रो त्रैमास भर्खरै समाप्त भएको छ । यस अवधिको प्रारम्भिक बिबरण अनसार २०७६ पौष मसान्त सम्ममा बैंकको कुल निक्षेप रु १ खर्ब ९७ अर्व, कूल कर्जा लगानी रु १ खर्ब ५२ अर्व तथा खुद मुनाफा रु २ अर्ब ५ करोड रहेको छ भने बैंकको कुल सम्पत्ती रु २ खर्व २६ अर्ब पुगेको छ। त्यसै गरी कर्जा निक्षेप अनुपात सीडी रेसियो ७७ प्रतिशत रहेको छ र बैंकको आधार दर ६.६ प्रतिशत रहेको छ । बैंकले निर्धारण गरेको कर्जाको व्याजदर वैकिङ्ग क्षेत्रमै प्रतिस्पर्धी रहेको छ भने निक्षेपको व्याजदर पनि अन्य बैकको तुलनामान प्रतिस्पर्धी नै रहेको छ । अहिले हामीले वचत निक्षेपमा ४ प्रतिशत देखि ६ प्रतिशतसम्म र मुद्धति निक्षेपमा ९.७५ प्रतिशत सम्म व्याज दिईरहेका छौं । सर्वसाधारणको अपार विश्वास तथा मायाका कारण बैंकको निक्षेप ग्राहक संख्या ३० लाख ३७ हजार पगेको छ भने कर्जा ग्राहक संख्या १ लाख ५८ हजार पुगिसकेको छ । त्यसैगरि १० लाख भन्दा बढी ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकशन र ५ लाख १० हजार ग्राहकहरुले बैंकको भिसा डेबिट कार्ड प्रयोग गरिहेका छन । यसै गरी देशका सातै प्रदेशका ७७ वटै जिल्लामा २३८ शाखा कार्यालयहरु, २०५ वटा एटीएम, ९३ वटा शाखारहित बैंकिङ्ग, २८ वटा एक्स्टेन्सन काउण्टर माफत हामो कार्यजालो र सेवाको पहुँच पुर्याइ रहेका छौं । अबको दिनमा बंकले युवा वर्गलाई लक्षित गरी सेवा सुविधाहरुको अझ विस्तार र विकास गर्ने योजनामा रहेको छ । यस बैंकले आर्थिक वर्ष २०७५/०७६ मा नेपाल बैंकिंग क्षेत्रमै सबैभन्दा उच्च अर्थात रु ५.०५ अर्ब नाफा आर्जन गन सफल भएको कुरा सहर्ष जानकारी गराउन चाहान्छु । त्यगैगरी बैंकले यस वर्ष हाइएष्ट ट्याक्स पेयर अवार्ड प्राप्त गर्न सफल भएको छ भने यसै बर्ष लगानीकर्तालाई पहिलो पटक १२ प्रतिशत लाभांश वितरण गर्न समेत सफल भएको छ । हामी सरकारको पूर्ण स्वामित्वको बैंक भएको हुनाले सरकारका नीति र कार्यक्रमहरु अनुरुप कार्य अगाडि बढाउनु हाम्रो प्रमुख दायित्व र कर्तव्य हो । यसै हिसाबल उत्पादनशिल तथा प्राथमिकता क्षेत्रका कृषि, जलविद्युत, पर्यटन तथा उद्योग क्षेत्रमा प्राथमिकताका साथ हामीले हाम्रो लगानीलाई केन्द्रित गरेका छौं । यस क्षेत्रमा नेपाल राष्ट्र बैंकले निर्धारण गरेको प्रतिशत सिमा भन्दा माथि हाम्रो लगानी रहेको छ । यसै गरि व्याज अनुदान सहितको सहलियतपूर्ण कर्जा अन्तर्गत हालसम्म ९५४ जनालाई कुल ७८ करोड ८० लाख कर्जा प्रवाह गरिएको छ । सहलियतपूर्ण कर्जालाई कूल कर्जाको १ प्रतिशत सम्म लगानी पुर्याउने योजनाका साथ काम गरिरहेका छौ । यस्तै अनुदान सहितको कषि कर्जा तर्फ बैंकले हालसम्म ५६५३ जनालाई कुल र अर्ब १ करोड प्रवाह भएको समेत जानकारी गराउँछु । सर्वसाधारणको वित्तीय पहुंच बढाउने उदेश्यले हामीले शाखा संजाल विस्तार तर्फ विषेश जोड दिएका छौं । मुलुकको संघीय संरचना अनुसार ७ वटै प्रदेशमा प्रदेश कार्यालयहरु स्थापना भई सकेको र आजको दिनमा मुलुकभर ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा गरी २३८ वटा शाखा सहित उपस्थित छौं भन्न पाउँदा मलाई खुशी र गर्व महसुस भएको छ । यसै गरी सरकारको ७५३ वटै स्थानीय निकायहरुमा बैंकका शाखा स्थापना गर्ने नीति अनुरुप यस बैंकले स्थापना गर्नुपर्ने २२ वटै स्थानीय तहमा शाखा कार्यालय स्थापना गरी संचालनमा पनि ल्याईसकिएको छ ।  आजको बैंकिग प्रतिष्पर्धामा आफनो प्रतिष्पर्धी क्षमतालाई समयानुकुल पारमार्जन गर्न अति नै जरुरी रहेको सम्बन्धमा बैंकको उपलब्धीलाई दीर्घकालीन रुपमा दिगो बनाइ राख्न समयम रणनीतिक कामहरु गर्नु पर्ने आवश्यकता बोध गरी हामीले बैंकको रणनीतिक योजना २०२०–२०२५ तर्जुमा गरेका छौं । यस रणनीतिक योजनाको कार्यान्वयनबाट बैंकको आगामी कार्यक्रमलाई योजनाबद्ध रुपमा सञ्चालन गरी बैंकको प्रतिष्पर्धी क्षमताको विकाु गर्न सकिने विश्वास लिएका छौं । त्यसैगरी व्यवस्थापन अडिट र ओ एण्ड एम सर्भे सम्पन्न गरिसकेका छौं । अहिले बैकिङ्ग क्षेत्रमा देखिएका जोखिमहरु तथा नयाँ चुनौतिहरुका सामना गर्न बैंकको रिक्स व्यवस्थापन प्रणलीलाई राम्रो र भरपर्दो बनाउन डीएफआइडीको आर्थिक सहयोग र पीडब्लुसीको प्राविधिक सहयोगमा यस बैंकमा नेपाल रिस्क ट्रान्सफरमेसन सिस्टम संचालन भईरहेको छ । सो परियोजनाले यस बैंकको विद्यमान जोखिम व्यवस्थापन प्रणाली र पद्धतिलाई इन्टरनेश्नल नम्स अनुरुप सुधार गर्ने विश्वास लिएका छौं । त्यसैगरी सम्पत्ती शुद्धिकरण निवारणका लागि बैंकिंग क्षेत्रमा अहिलेको जल्दोबल्दो विषय एएमएल÷सीएफटी संग सम्बन्धित विषयहरुको नियमन, व्यवस्थापन तथा रिपोर्टीङ निकै चुनौतीपुर्ण भएको छ । यसको लागि हामीले बैंकको कम्प्लेन्स डिपार्टमेन्टको सदढिकरण, उपयुक्त जनशक्ति व्यवस्थापन, तालिम तथा प्रविधिको स्तरोन्नती गर्दै अगाडि बढि रहेका छौं । यस आर्थिक वर्ष २०७६/०७७ लाई क्लिन एण्ड स्मार्ट आरबीबी विथ कन्सोलिडेसन भन्ने अभियान संचालन गरी फिजिल एण्ड फाइनान्स स्मार्टनेस को लक्ष्यसहित विभिन्न प्रकारका कामहरु गरि रहेका छौं । बैंकको विद्यमान कर्मचारी सेवा विनियमावलीका प्रावधान बमोजिम विगत चार वर्षको अवधिमा १३५४ जना कर्मचारीहरु सेवा निवृत भई अनिवार्य अवकासमा गएका छन् भने १०६० जना नयां कर्मचारीहरु नियुक्त गरिएको छ । बैंकको ४ वर्ष अगाडिको ४८ वर्षको औसत उमेर ३६ वर्षमा झरेको छ । यसै आर्थिक बर्ष आयोजना गरिएका १३० वटा तालिम कार्यक्रम मा ३४८१ जना कर्मचारीहरु सहभागी भएका छन् । बैंकको समग्र विकास तथा कर्मचारी समस्याको समयमा सम्बोधन गर्न बैंक व्यवस्थापन र ट्रेड युनियन बीच रामो सम्बन्ध र समझदारी समेत रही आएको छ। बैंकले आर्जन गरेको खद मनाफाको कम्तिमा एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व वहन सम्बन्धी क्रियाकलापहरुमा खर्च गर्नु पर्ने नीतिगत व्यवस्था बमोजिम हामीले विभिन्न कार्यक्रमहरु संचालन गरेका छौं । समृद्धिसंग जोडी नाता, सबै नेपालीको बैंक खाता भन्ने राष्ट्रिय अभियानलाई सार्थक पार्न घनिभुत रुपमा वित्तिय साक्षरता कार्यक्रम संचालन गरिएको छ । गत २०७६ वैशाख १ गतेका दिन सम्माननीय प्रधानमन्त्रीज्यूबाट यस बैंकमा खाता खोली शुभारम्भ भएको यस अभियानलाई बैंकले देशभरी रहेका सबै शाखा कार्यालयहरु माफत व्यापक रुपमा अगाडि बढाएको छ । यस कार्यक्रममा हालसम्म २०३ वटा शाखा कार्यालयहरु मार्फत १९९७१ जना व्यक्तिहरु सहभागी गराइएको छ भने यस अभियान अन्तर्गत शाखा कार्यालयहरुले १५१४ संख्यामा नयां निक्षेप खाता खोलिएका छन् । बैंकको उद्धेश्य अनुरुप कार्यक्षेत्रको दायरालाई अझ फराकिलो बनाउने उद्धेश्यले विभिन्न संघ संस्था तथा निकायहरुसंग समन्वय र सहकार्य गर्ने नीति अनुरुप हामीले नेपाल टेलिकमसंगको संयुक्त लगानीमा नेपाल डिजिटल पेमेन्ट कम्पनीको स्थापना गर्ने कार्यलाई अगाडी बढाएका छौं भने सहलियतपूर्ण कर्जालाई प्रभावकारी रुपमा लक्षित वर्गसम्म पुर्याउन युवा परिषद् नेपाल, हेफर इन्टरनेशनल, युके एड, सक्षम, नेपाल घरेलु तथा साना उद्योग महासंघ, दक्षिण एशियाली महिला विकास मंच, समद्धि लगायत संघ संस्थाहरुसंग सहकार्य गरी रहेका छौं । एक कम्पनी आरविवि मर्चेन्ट मार्फत चाडै नै म्युचुअल फण्ड संचालन गर्ने तयारीमा लागेको छ । त्यसैगरी नेपाल राष्ट्र बैंकका निदशन बमोजिम डिवेन्चर जारी गर्ने प्रत्रिया अगाडि बढाइएको छ । क्रडिट कार्डलगायत कर्जा तथा निक्षेपका नयां प्रडक्टहरुसमेत तर्जुमा गरी लागु गर्ने योजनामा छौं । विभिन्न संघ संस्था र निकायमा बहालवाला तथा सेवा सुविधा सहितको सहुलियत कर्जा शीर्षकमा नयां कर्जा प्रडक्ट निकट भविश्यमा ल्याउने तयारीमा छौं । बैंकको सूचना प्रविधि प्रणालीलाई समयानुकुल अद्यावीक लैजान आइटी इनह्यान्समेन्ट रोडम्याप गरी कार्यान्वयन गर्न तर्फ अगाडि बढेका छौं । बैंकले यसै आर्थिक वर्ष भित्र विभिन्न १६ स्थानमा रहेका जग्गामा बैंकको भवन निर्माण प्रक्रिया अगाडि बढाइरहेको छ । ती मध्ये ५ वटा स्थानमा यसै वर्ष निर्माण कार्य सम्पन्न हुनेछ ।  अन्त्यमा यस बैंकलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरी आजको अवस्थामा ल्याई पूर्याउने कार्यमा योगदान  गर्नुहुने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको मार्गदर्शन र सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दछु । साथै यस अवसरमा बैंकलाई यस अवस्थासम्म ल्याई पर्याउन योगदान दिनुहुने यस बैंकका सम्पूर्ण अग्रज  पदाधिकारी तथा कर्मचारीहरुलाई सम्मानका साथ स्मरण गर्दै हार्दिक आभार व्यक्त गर्न चाहन्छु । बैंकका सेवा सुविधालाई स्वीकार गरी आजका दिनसम्म यस बैंकसंग विविध कारोवार गरिरहनु भएका ग्राहकप्रति हार्दिक  कृतज्ञता प्रकट गर्न चाहन्छु र आगामी दिनहरुमा अझ गुणस्तरीय समय सापेक्ष सेवा सुविधाहरु प्रवाह गर्ने  प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । (राष्ट्रिय वाणिज्य बैंककाे ५५औं वार्षिकात्सव कार्यक्रममा  बैंकका प्रमुख कार्यकारी अधिकृत  किरण कुमार श्रेष्ठले व्यक्त गरेकाे विचारकाे सम्पादित अंश )

यस वर्ष ३० प्रतिशत लाभांश दियाैं, अर्काे वर्ष अझैं बढाउँछाैं: अनिल उपाध्याय

काठमाडाैं । वि.सं २०२४ सालमा सरकारको पूर्ण स्वामित्वमा रही आफ्नै ऐन २०२४ बाट संचालित यात्रा ५२ वर्षको उकाली ओराली पार गर्दै ५३ औं वर्षको पूर्वसन्ध्यामा एक सबल एवं सक्षम बैंक “सम्पूर्ण बैंकिङ सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंकको रुपमा स्थापित हुन पुगेको छ । कृषि विकास बैंकको ५ दशकको सफलता असफलताको कथा, प्रयास र प्रगति, हासिल गरेका उपलब्धि र आगामी दिनका भावी कार्यक्रम तथा योजनाका बारेमा आयोजित यस प्रेस भेटघाट तथा संवाद कार्यक्रममा तपाइँ सम्पूर्ण पत्रकार तथा संचारकर्मी लगायत उपस्थित महानुभावहरुलाई कृषि विकास बैंक लि. परिवार तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। हाम्रो पाँच दशकको लामो इतिहासलाई स्मरण गर्दा कृषि विकास बैंकलाई इञ्जिन फर रुरल ट्रान्सफर्मेसनको अभियन्ताको रुपमा हेर्न सकिन्छ । ग्रामीण तथा कृषि क्षेत्रको विकासको लागि सरल र सुलभ कृषि कर्जामा केन्द्रित रहेको यस बैंक आजसम्म आइपुग्दा “कृषिलाई नछोड्ने, अरुलाई जोड्ने अभियानमा क्रियाशील रही आएको छ । साना किसान विकास आयोजना मार्फत सामूहिक प्रणालीमा आवद्ध हुने, शैक्षिक एवं स्वास्थ्य कार्यक्रम, वचत परिचालन र सामूहिक जमानीमा कर्जा कारोबार गर्दै उक्त आयोजना समूहलाई नै संचालन गर्ने क्षमता अभिवृद्धि गर्दै सहकारीमा रुपान्तरण गरी सुदृढ बनाउन गरेको प्रयास र सफलताको कथा फेरी एक पटक फेरि तपाईहरुमाझ दोहोर्याउन चाहन्छ । यसरी करिब २ दशक सरकार, दातृ निकाय आदिको सहयोगमा वित्तीय सेवाका साथै उपकरण, यान्त्रीकरण, क्षमता अभिवृद्धि, विकास परियोजनाको सहयात्री भइ लामो यात्राको अनुभव बटुल्दै, श्रोतमा आन्तरिक निर्भरता हुनुपर्छ भनी यस बैंकले वि.स २०४१ सालमा नेपालमा पहिलो पटक कम्प्यूटरयुक्त बैंकिङ सीमित सेवा (निक्षेप कारोवार, कर्जा तथा जमानत, फयाक्स कारोवार) सहितको बैंकको रुपमा स्थापित भइ बैंकको शाखा संजाल र साना किसान विकास आयोजनामार्फत कृषि तथा कृषि क्षेत्रसँग आवद्ध क्षेत्र मूल्य शृंखलामा लगानी गर्दै आएको छ । खल्ला बजार, निजिकरण र प्रतिस्पर्धाको पछिल्लो चरण अर्थात डेढ दशकअघि आव २०६२/६३ मा नेपाल सरकारको “बैंक तथा वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत यस बैंकको पुनसंरचनाका लागी एशियाली विकास बैंकको ऋण तथा प्रविधि सहयोगमा २०६३ सालमा कम्पनी ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अन्तर्गत क वर्गको नेपाल राष्ट्र बैंकवाट इजाजत प्राप्त गरी नेपाल सरकारको ५१ पतिशत र सर्वसाधारणको ४९ प्रतिशतको शेयरमा अधिकांश कृषकहरु भएको संचरनामा रही आफ्नो बलियो पूँजी संरचना, प्रविधियुक्त कोर बैंकिङ सफ्टवेर बृहत शाखा संजाल, प्रदेश र तालिम केन्द्र मार्फत करिव १२ लाख निक्षेपग्राही, करिव १ लाख ४५ हजार कांग्राही, ६ हजारलाई इन्टरनेट सेवासहित सम्पूर्ण बैंकिङ्क वस्तु तथा सेवा कर्जाको प्रकार, निक्षेपका प्रकार, जमानत तथा गैरकोषमा आधारित ट्रेड फाइनान्स, एलसी कारोबार, कारोबार, फोरएक्स, कारोबार, डीम्याट, सी-आस्बा,आइपीएस, कन्टेन्ट आइपीएस, जीओएएमएल स्विफ्ट सेवाका साथै करिव २ लाख ६२ हजारलाई मोबाइल बैंकिङ सेवा, एप्स, करिब ८१ हजारलाई भिसा डेबिट कार्ड सेवामार्फत हामी “सम्पूर्ण बैंकिङ सुविधा सहितको तपाई हाम्रो घर आँगनको बैंक” बन्न सफल भएका छौं । यसैगरी नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायहरुद्वारा जारी निर्देशनहरुको पूर्ण परिपालना गर्दै बैंकको आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थागत सुशासनलाई थप मजबुत बनाइएको छ। नेपाल सरकारले आह्वान गरेको “सबै नेपालीको बचत खाता खोलौं बैंक खाता अन्तर्गत ५२ हजारभन्दा बढी जनताको खाता खोल्न सफल भएको हाम्रा लागि एउटा असल उदाहरण र सुखद क्षण हो। हामी खराव कर्जालाई नियन्त्रण गर्दै गुणस्तरीय सेवाका माध्यमवाट बढीभन्दा बढी ग्रामीण क्षेत्रमा आफ्नो बैंकिङ्ग, कारोबारलाई प्रविधिमैत्री एवं डिजिटल पद्धतिमा जोड दिने नीति लिई अग्रणी भूमिका निर्वाह गर्ने योजनासाथ अघि वढेका छौं। विगतका वर्षहरुमा औसत १५ प्रतिशत लाभांश दिदै आएको यस बैंक गत वर्ष २१।०५ प्रतिशत र यस वर्ष निर्धारित समयमै आफ्नो १३ औं साधारणसभा सम्पन्न गरी आव २०७५/७६ मा ३० प्रतिशत उत्साहजनक लाभांश उपलब्ध गराउन सफल भएको छ । आगामी वर्षहरुमा यस वृद्धिको उत्साहलाई निरन्तरता दिने कुरामा विश्वास दिलाउन चाहन्छौं । हामीलाई गर्व लाग्छ, सन् २०१२ मा एसियन डेभलपमेन्ट बैंकले रुरल फाइनान्स सेक्टर डेभलपमेन्ट क्लस्टर प्रोग्राम फेज १ प्रोगाम उफर्मेन्स अवार्ड प्राप्त गरी फेज २ क्लस्टर डेभलपमेन्ट प्रोग्राम प्राप्त गर्न बैंक सफल भएको विषय यहाँहरुमाझ बॉडन पाउँदा खुसी लागेको छ।  गएको १ वर्षमा यस बैंकले सहुलियतपूर्ण कृषि अनुदान कर्जामा करिव २५०० संख्या भन्दा बढीमा करिव ५ अर्व ५८ करोड रकम लगानी गरेको अवस्था छ । यस कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न बैंकले प्रदेश कृषि मन्त्रालय, ग्रामीण पद्धति केन्द्र (महिला ५००, ८ जिल्लामा), ७ जिल्लामा हेफर इन्टरनेशनल, किसान महासंघ, युवा परिषद् आदिसँग सहकार्य गरी लक्षित वर्गमा कर्जा तथा बैंकिङ्ग सेवाको विस्तार गर्ने क्रममा छौं । यसैगरी नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी करिव १ हजार होमस्टे आबद्ध भएको होमस्टे एशोशिएसन नेपाल सँग सम्झौता गरी उक्त क्षेत्रमा सरल होमस्टे कर्जा प्रवाह गर्ने कार्यक्रम समेत तय गरेका छौं। हामीलाई थाहा छ, हाम्रो १ करोडभन्दा माथिको कर्जाको भार कुल कर्जामा १ प्रतिशतभन्दा न्यून छ । १० लाखभन्दा कम कर्जाको भार ८४ प्रतिशत रहेको र यी सबैजसो कर्जा ग्रामीण भेगका कृषक, मजदुर र साना तथा मझौला कर्जाका रुपमा रहेका छन् । हामीले यो विश्वासलाई अझ बलियो बनाउन कृषक र ग्रामीण भेगका जनतालाई ‘बैंकले लिनमात्रै होइन, दिन पनि जान्दछ’ भनी आगामी ७ वर्षका लागि १०.३५ प्रतिशत व्याजदरमा प्रति ऋणपत्र १००० अंकित मूल्यमा २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड रूपैयाँको बराबरको एडीबीएल कृषि बैक ऋणपत्र २०८३ निष्काशनको अन्तिम तयारीमा रहेका छौं। बैंक ५३ औं वर्षमा प्रवेश गर्न लाग्दा एउटा सवल, स्वस्थ र सबैको मनमा बस्न सक्ने दिगो, भरपर्दो वित्तीय संस्थाको रुपमा स्थापित हुन प्रयासरत रहेको छ । यस सुखद घडीमा नेपाल सरकार, दातृ निकाय, शेयरधनी, ग्राहक, कर्मचारी, सम्पूर्ण पत्रकार र संचारकर्मी एवं सबै शुभेच्छुकहरुको सहयोगले बैंक दीर्घकालीन दृष्टिकोणसहितको सुनिश्चित बैंक हुने कुरामा हामी विश्वस्त छौं । यही साथ र सहयोग निरन्तर पाइरहने आशासहित यहाँहरु सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । (कृषि विकास बैंकको ५३औं वार्षिकात्सवको बारेमा जानकारी दिन आयोजित प्रेस भेटघाट कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकत अनिल कुमार उपाध्यायले व्यक्त गरेकाे विचारकाे सम्पादित अंश )

पुँजी निर्माणको आधार र अवरोधहरु

 ‘सुखी नेपालीः समृद्ध नेपाल’ वर्तमान सरकारको नारा हो । त्यसको मुल आधार हो पुँजी निर्माण र रोजगारी सिर्जना । नेपालमा रोजगारी सिर्जना भएन, रोजगारीको लागि विदेश जानुपर्ने वाध्यता छ भनेर भन्न आवाज उठ्छ तर पुँजी निर्माण हुन सकेन भन्ने आवाज उठ्दैन । पुँजी निर्माण विना रोजगारी सिर्जनाको अपेक्षा गर्नु खेती नलगाई फलको अपेक्षा गर्नु जस्तै हो । पुँजी कसरी निर्माण गर्ने ? खल्तीभरी पैसा हुनु पुँजी निर्माण होइन । व्याज आम्दानीले घर परिवार चल्ने गरी, दैनिक उपभोग्य बस्तु तथा सेवा खरिद गर्न पुग्ने गरी बैंकमा निक्षेप हुनु पुँजी निर्माणको सहायक पक्ष हो । मुल रुपमा पुँजी निर्माण गर्नु भनेको नयाँ बस्तु तथा सेवा उत्पादन गर्नको लागि आवश्यक पूर्वाधार बनाउनु हो । आयआर्जन गर्ने उदेश्यले उद्योगहरु लगाउनु, स्कूल वा हस्पिटल चलाउनु, व्यापार गर्नु, व्यवसायिक प्रयोजनको लागि जमिन किन्नु, गाडी किन्नु वा उत्पादन वृद्धिमा सहयोग पुग्ने पूर्वाधार निर्माण गर्नु पुँजी निर्माण हो । व्यक्तिको हकमा आम्दानीको निश्चित हिस्सा बचत गर्दै जानु तथा उत्पादन मुलक सम्पत्ति वृद्धि गर्दै जानु र सरकारको हकमा सार्वसाधरणले प्रयोग गर्ने साझा पूर्वाधार निर्माण गर्नु पुँजी निर्माण हो । उद्योगमा पनि उपभोग्य वस्तु मात्र उत्पादन गर्ने उद्योगहरु फास्टाएको देशहरु भन्दा मेसिनरी सामानहरु उत्पादन हुने देश, निर्माण सामाग्रीहरु उत्पादन गर्ने उद्योगहरु भएको देशहरु बढी सम्पन्न भएका हुन्छन् । पुँजी निर्माणको कार्य तीन तहमा हुन्छ । ‘बचत गर्नु’ पुँजी निर्माणको पहिलो तह हो । यो कार्य जनस्तरमा हुन्छ । सामान्यतय जुन देशमा प्रतिव्यक्ति आम्दानी बढी हुन्छ, ती देशमा बचत पनि बढि हुन्छ । अमेरिकीयन वा युरोपियनको बचत क्षमता जति हुन्छ, नेपाली र भारतीयको बचत क्षमता त्यो भन्दा कम हुन्छ । सँगै, बचत गर्ने व्यक्तिगत बानी, इच्छाशक्ति, पारिवारिक तथा सामाजिक संस्कार पुँजी निर्माणको महत्वपूर्ण आधार हुन् । बचत गर्ने संस्कार र बानी नभएको समाजमा प्रतिव्यक्ति आय उच्च भएपनि बचत हुन सक्दैन । बचत संकलन गर्नु र परिचालन गर्नु कार्य पुँजी निर्माणको दोस्रो चरण हो । यो कार्य मूलरुपमा बैंक तथा वित्तीय संस्थाहरु, सामाजिक सुरक्षा कोष चलाउने संस्थाहरुले गरिरहेका हुन्छन् । त्यस्तै बीमा कम्पनीहरुले बीमा पोलिसी बिक्री गरेर, पब्लिक कम्पनीहरुले सेयर बिक्री गरेर, सरकारले ऋणपत्र जारी गरेर, व्यक्ति तथा कम्पनीहरुले पुँजी बजारमा सेयर तथा ऋणपत्र खरिद गरेर पुँजी परिचालनको काम गरिरहेका हुन्छन् । पुँजी बजारको राम्रो विकास भएको देशमा बैंक बचत अतिरिक्त ऋणपत्र, सेयर लगायत पुँजीबजारका औजारहरु मार्फत ठूलो मात्रामा पुँजी परिचालन भएको हुन्छ । पुँजी निर्माणको खास वा तेस्रो चरणको काम उद्यमीले गर्छन् । आफ्नो पूँजी, बैंकबाट लिएको कर्जा वा साना साना सेयरधनीबाट पुँजी लिएर उनीहरुले वस्तु तथा सेवा उत्पादनको कार्यमा लगाउँछन् । पुँजी निर्माणदेखि वितरणसम्ममा उनीहरुको भूमिका निकै ठूलो र निर्णायक हुन्छ । ऋणको व्याज भुक्तानी, जग्गा वा घरको भाडा भुक्तानी, कर्मचारीलाई तलब भुक्तानी, सरकारलाई कर भुक्तानी गर्दै आफूले नाफा आर्जन गर्नु उद्यमीको काम हो । उद्यमीहरु भनेको सरकारको कर संकलक पनि हुन् र उनीहरु सरकारको साझेदार हुन् । नेपालको सन्दर्भमा भ्याट, अन्तशुल्क, टिडिएस लगायत शीर्षकमा कर संकनल गर्न अधिकार उद्यमीले पाएका हुन्छन् भने उद्यमीले गरेको नाफाको करिब २५ प्रतिशत हिस्सा सरकारले आय करको नाममा लिन्छ । बचतकर्ता र पुँजी बजारमा लगानी गर्ने साधारण लगानीकर्ता भन्दा उद्यमीहरु बढी चलाख र गतिशिल हुन्छन् । अवसरको पहिचान गर्नेदेखि बढी जोखिम लिने क्षमता उनीहरुसँग हुन्छ । उद्यमीले गर्ने नाफा पुँजी निर्माणको उच्चतम रुप हो । जुन कम्पनीले धेरै नाफा आर्जन गरेको हुन्छ, त्यो कम्पनीले सरकारलाई बढी कर तिरेको हुन्छ । श्रमिकले बढी तलब र बोनस दिएको हुन्छ । अरु स्टेकहोल्डरहरुलाई नियमित भुक्तानी गरेको हुन्छ । उद्यमीको नाफा पुँजी निर्माणको उत्कृष्ट पक्ष हो । इन्जिनका लागि फ्यूल जस्तै उद्यमीको लागि नाफा धेरै महत्वपूर्ण तत्व हो । फ्युल राम्रो भए इन्जिन राम्रो चल्छ, खराव भए गडबड हुन्छ । नाफा उच्च हुँदा उद्यमी पनि उत्साहित हुन्छन्, पुँजी निर्माणले गति लिन्छ । नाफा कम वा घाटाको अवस्थामा उद्यमीको उत्साह मर्छ, पुँजी निर्माण प्रक्रिया सुस्ताउँछ वा बन्द नै हुन्छ । जुन कम्पनीले धेरै नाफा आर्जन गरेको हुन्छ, त्यो कम्पनीले सरकारलाई बढी कर तिरेको हुन्छ । श्रमिकले बढी तलब र बोनस दिएको हुन्छ । अरु स्टेकहोल्डरहरुलाई नियमित भुक्तानी गरेको हुन्छ । उद्यमीको नाफा पुँजी निर्माणको उत्कृष्ट पक्ष हो । नेपालमा समस्या के छ भने उद्यमीले नाफा गर्दा अरुले रिस गर्छन् । नाफा गर्ने कम्पनीलाई राजनीतिक नेतृत्वदेखि प्रसाशनिक तहसम्म, स्थानीय तहका झोलो मुन्द्रेदेखि अदालतसम्मले खराब नजरले हेर्छन् । कुनै पनि कम्पनीले गरेको नाफामा सोझै आफ्नो हिस्सा खोज्नु र त्यो नपाए कम्पनीलाई कसरी समस्यामा पार्ने भन्ने जालझेल गर्ने प्रवृति नेपाली समाजमा गडेर बसेको छ । गुगलबाट लिएकाे सांकेतिक स्केज पुँजी निर्माणको अर्को आधार भनेको विदेशी लगानी हो । त्यसमा विदेशी संस्था वा व्यक्तिको प्रत्यक्ष लगानी एउटा पाटो हो भने सरकारले विदेश सरकारसँग लिने ऋण तथा अनुदान, विश्व बैंक, एशियाली विकास बैंक लगायत अन्तर्राष्ट्रिय वित्तीय संस्थाले गर्ने ऋण लगानी पनि पर्छ । यसरी आउने विदेशी लगानी विस्तारै सुधार भएको छ तर उत्साहजनक अवस्था छैन । नेपालको समस्या मानिसहरुले सम्पूर्ण आय दैनिक उपभोग्य वस्तुमा खर्च गर्ने, सरकारले जनताबाट प्राप्त राजश्व सबै प्रशासनिक कार्य वा साधारण बजेट शीर्षकमा खर्च गर्ने कार्यले पुँजी निर्माण हुन सक्दैन । नेपालको सन्दर्भमा यो समस्या ठूलो हुँदै गएको छ । सरकारी बजेटको ठूलो हिस्सा सरकारी कर्मचारीको तलब भत्तामा सकिँदै छ । जनस्तरमा पनि मासिनहरु आम्दानीको ९० प्रतिशतभन्दा बढी रकम उपभोग्य वस्तुमा खर्च खर्चन भने १० प्रतिशतभन्दा कम पुँजी निर्माणमा खर्च भईरहेको छ । हिजो दिनमा दुई छाक खानेले आज दिनमा चार छाक खानु, हिजो टिसर्ट पाइटमा हिड्ने मान्छे आज कोर्ट पाइटमा हिड्नु, हिजो कच्ची घरमा बस्ने मान्छे अहिले पक्की घर बनाएर बस्नु, हिजो साइकलको यात्रा गर्नेले आज मोटर साइकलमा यात्रा थाल्नु, हिजो मोटर साइकलको यात्रा गर्नेले अहिले कारमा यात्रा गर्न थाल्नु खुशीको विषय हो । आधुनिक समाजमा विकासको महत्वपूर्ण आधारमध्ये एक हो सुविधायुक्त जीवनशैली । सँगै, मानिसको चेतनास्तर, संस्कार, सभ्यताको विकास पनि उच्चस्तरको हुनुपर्छ । जसले मानिसको परिचय पनि दिन्छ । देशको भौतिक पूर्वाधार विकास पनि सँगै हुनुपर्छ । सरकारले सुरक्षा, न्याय र सुसाशन प्रदान गर्नुपर्छ । तब मात्र त्यो देश समृद्ध बन्छ, नागरिक तहमा पनि खुशी छाउँछ । संविधानले समाजबाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ । तर व्यवहारमा नेपाली समाज पुँजीबादी अभ्यासमा अभ्यस्त छ । पुँजीपति वर्ग त स्वभाविक रुपमा पुँजीवादी बन्ने नै भए । समाजवाद हुँदै साम्यबादको लक्ष्य बोकेर हिडेका, कम्यूनिष्ट पाटीको झण्डा बोकेर हिड्नेहरु पनि व्यवहार त पुँजीबादी नै छन् । कामरेड केपी ओली, पुष्पकमल दाहाल मात्र होइन, पम्फा भुसाल र चित्रबहादुर केसीको दैनिकी पनि पुँजीबादी संस्कारमा घुलित भईसकेका छन् । समाजबादी चिन्तक पूर्व राष्ट्रपति रामबरण यादवको जीवनशैली भन्दा साम्यवादी चिन्तक वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको जीवनशैली धेरै महँगो, सुविधाभोगी र विलाशीपूर्ण देखिन्छन् । नेपाल कम्यूनिष्ट पार्टी वा वामपन्थी विचारधारालाई प्रवद्र्धन गर्ने वा समर्थन गर्ने पेशाकर्मी, बुद्धिजीविहरुको विचार साम्यवादी वा समाजबादी भए पनि आहार र विहार पुँजीबादी नै छ । उनीहरु पनि ५ सय रुपैयाँ पर्ने जुत्ता भन्दा १५ सय रुपैयाँ पर्ने जुत्ता रोज्छन् । मौका पर्दा विदेश यात्रा गर्दा इकोनोमिक क्लासको सिट छोडेर विजनेश क्लासको सिटमा बस्ने चाहाना गगन थापामा जति छ, योगेश भट्टराईमा पनि त्यति नै छ । राजनीतिक संलग्नता र आस्थामा जति फरक भए पनि वरिष्ठ अधिवक्ता सुशील पन्त र शम्भु थापाको जीवनशैलीमा कुनै फरक छैन । न्यायको खोजीमा अदालतको ढोका ढक्ढक्याउन बाध्य हुने पीडितहरुसँग कसेर सकेसम्म बढी पैसा लिनु, नुहाउनेदेखि चिया पिउनेसम्मका कार्य पाँचतारे होटलमा गएर महँगो मूल्य तिर्नु उनीहरुको दैनिकी हो । यसको अर्थ पुँजीवादी जीवनशैली अपनाउनु, महँगो मूल्य तिरेर वस्तु तथा सेवा खरिद गर्नु वा महँगो मूल्यमा वस्तु तथा सेवा बेच्नु गलत भन्न खोजिएको कदापी होइन । १० वर्षअघि मासिक १० हजार तलब पाउने श्रमिकले अहिले मासिक १ लाख रुपैयाँ पाउनु, १० वर्षअघि एउटा उद्योग चलाउने व्यवसायीले अहिले ५ वटा उद्योग चलाउनु, १० वर्षअघि २५ जनालाई रोजगारी सिर्जना गर्ने उद्योगले अहिले ५०० जनालाई रोजगारी दिनु, १० वर्षअघि १ करोड नाफा गर्ने कम्पनीले अहिले १ अर्ब नाफा गर्नु उन्नति र प्रगतिको सूचक हुन् । जसले उन्नति र प्रगति गर्छन, उनीहरुको प्रशंशा गर्ने, जो पछि पर्छ उसलाई उकास्न सरकार र समाजले सहयोग गर्ने अभ्यास जरुरी छ, सुखी नेपाली, समृद्ध नेपाल बनाउने हो भने । सुखी नेपाली हुनको लागि उच्च आम्दानी हुनुपर्छ । उच्च आम्दानीको लागि राम्रो रोजगारी हुनु आवश्यक छ । राम्रो रोजगारी त्यो संस्थाले दिनसक्छ, जसले धेरै भन्दा धेरै मानिसलाई सेवा दिनसक्छ, धेरै भन्दा धेरै कारोबार गर्न सक्छ र उच्च नाफा लिनसक्छ । घाटामा गएको कम्पनी, पुँजीलाई पोष्न नसक्ने कम्पनीले श्रमिकलाई पनि पोष्न सक्दैन । पुँजीबादको मूल विशेषता भनेको ठूलो कम्पनी हुनु नै राम्रो हो । ठूलो कम्पनी ठूलै मात्रामा वस्तु तथा सेवा उत्पादन गर्न सक्छ । बजारमा ठूलो हिस्सा लिन सक्छ । उत्पादन तथा सञ्चालक लागत कम हुन्छ । बिक्री मूल्य पनि कम हुन्छ । बजारमा प्रतिस्पर्धामा अगाडि आउँछ । तर ठूलो कम्पनी बन्नको लागि ठूलो पुँजी चाहिन्छ । ठूलो पुँजी लगानीबाट नै ठूला पूर्वाधार बनाउन सकिन्छ । सडक मार्ग, सुरुङ मार्ग, हवाई मार्ग, बिजुली, सञ्चारका पूर्वधार, शिक्षालय, स्वास्थ्यलय लगायतका पूर्वाधार निर्माण राज्यले गर्नुपर्छ, त्यसको लागि पनि पुँजी आवश्यक छ । उद्योग, व्यापार तथा सेवा लगायत व्यवसायिक लाभका क्षेत्रमा निजी क्षेत्रले लगानी गर्नुपर्छ । निजी क्षेत्रले लगानी गर्ने नाफा हुनु क्षेत्रमा हो । नाफाबाट सरकारलाई कर तिर्ने हो । करको प्रयोग पूर्वाधार निर्माण, सुरक्षा, न्याय र प्रशासनमा खर्च गर्नुपर्छ । गलत के भईरहेको छ भने नेपाल सरकारले करको ठूलो हिस्सा प्रशासनमा सकेको छ र सरकारी सेवाको गुणस्तर गए गुज्रेको छ । सुरक्षा र न्याय प्रणाली र पूर्वधारको अवस्था ज्यादै कमजोर छ । प्रयाप्त पुँजीको कमीले सरकारले पनि चाहेजस्तो पूर्वाधार निर्माणमा लगानी गर्न सकेको छैन भने पुँजीगत क्षमताका आधारमा नेपालको निजी क्षेत्र पनि कमजोर छ ।