श्रमिक र मजदुरलाई निशुल्क खाने र सन्ततीलाई शुल्क नलिइ पढाउन पाउने व्यवस्था गर्नुपर्छ

चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) ले आज विश्व समुदाय आक्रान्त बनेको छ । भाइरसले आक्रमण गरेको केही दिनमै हजारौंको संख्यामा मृत्यु, लाखौंको संख्यामा संक्रमित भएको कारणले विश्व समुदाय नै त्रसित छ । यस भाइरससँग लड्न, जुध्न र जित्न २१औं शताब्दीको विज्ञान, प्रविधि र क्षमताको युगलाई चुनौतीनै बनेको छ । चुनौती केवल यसको उपचार पद्धति वा औषधि पत्ता लगाउनुमा मात्रै रहेन र होइन । त्यससँग जोडिएर प्रत्यक्ष–अप्रत्यक्ष रुपमा आउन सक्ने व्यवधानहरु हुन । त्यसमा पनि हाम्रो जस्तो निम्न आय भएको मुलुक र यहाँको जनताको दैनिक जीवनयापनमा आउने समस्यालाई गम्भीर भएर हेर्नुपर्ने आजको महत्त्वपूर्ण विषय हो । पहिलो व्यक्ति संक्रमित देखिएको झन्डै २ महिना भइसक्दा पनि सरकारी तयारी अति सुस्त र लाज छोप्ने प्रवृत्तिको देखिनु नेपाली नागरिकप्रति घोर अपमान र जनताप्रतिको गैरजवाफदेहिताको नमुना भएको प्रष्ट देखिन्छ । यस्तो विषम परिस्थितिमा जनताको स्वास्थ्यप्रति गम्भीर हुँदै निम्न बमोजिमका सुझावहरु पेश गर्दछु । (१) हल्का सुझाव प्रसारण गर्ने, बैठक र निर्णय बाहिर ल्याउने जस्ता नियमित कार्यले मात्र जनता विश्वस्त हुन सक्ने परिस्थिति बनेको छैन । त्यसैले ‘महामारी विरुद्ध राष्ट्रिय महाअभियान २०७६’ घोषणा गरी आवश्यक सामाग्री तत्काल उपलब्ध गराउने र जोहो गर्ने व्यवस्था गरिनुपर्छ । (२) मेडिकल टिमलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुरुप आवश्यक उपकरण, औजार र सामाग्रीको व्यवस्थापन गरी ‘सुरक्षित क्वारेन्टाइन’को निर्माण र राख्ने व्यवस्था गरिनुपर्छ । (३) उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई हालसम्म पनि व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) उपलब्ध गराउन नसक्नु, थोरै उपलब्ध पीपीइ पनि डब्लुएचओको मापदण्ड अनुरुपको नहुनु र त्यस्ता अविश्वासनीय उपकरण र सामाग्रीको आधारमा डाक्टर, नर्सलगायत स्वास्थकर्मीलाई उपचारमा खटाउने कार्यले संक्रमित हुन बाँकी समाजलाई नै कहालीलाग्दो रुपमा संक्रमित बनाउनु हो । तसर्थ पर्याप्त मात्रामा उच्च गुणस्तरको पीपीइ उपलब्ध गराउनु पर्दछ । (४) यस्तो महामारीको प्रकोपको रुपमा अघि बढेको रोग विरुद्धको लडाईँको अग्र भागमा उभिने, होमिने र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुनै हुन्, त्यसैले स्वास्थ्यकर्मीलाई ‘म नागरिकको स्वास्थको खातिर जवाफदेहि र संवेदनशील छु’ भन्ने भावना जगाई कार्य गर्न–गराउन ‘स्वास्थ्यकर्मी प्रोत्साहन प्याकेज’ घोषणा गरिनुपर्छ । (५) सबै जिल्ला अस्पतालमा प्रशस्त मात्रामा पुग्नेगरी स्तरीय कोभिड १९ टेष्ट किट तत्काल व्यवस्था गरिनुपर्छ । (उदाहरणका निम्ति दक्षिण कोरियाले एकै दिनमा २ लाख जनासम्मको कोरोना भाइरस परीक्षण गरिरहेको छ । जवकि हाल नेपालमा लाजमर्दाे गरी नगन्य संख्यामा केन्द्रमा मात्र परीक्षण भइरहेका छ । (६) भविष्यमा आइपर्न सक्ने सबै परिस्थितिको मुल्यांकन र जिम्मेवारी बोध गरी ‘हाम्रो स्वास्थ हाम्रो साबधानी’ रणनीति बनाई आवश्यक उपकरण, औषधि, सघन उपचार कक्ष, भेन्टिलेटर आदिको तयारी गरिनुपर्छ । ७) महामारी नियन्त्रण गर्नका लागि राष्ट्रिय योजना कार्यन्वयन गर्ने सन्दर्भमा स्वास्थकर्मीहरुलाई उपचारमा एकरुपता कायम गराउन तत्काल कार्यशाला, सेमिनार, गोष्ठी र टे«निङ सञ्चालन गरिनुपर्छ । ८) कोरोना भाइरस विरुद्ध प्रतिपक्ष दल लगायतका सबै राजनीतिक दल, नागरिक समाज, सम्पुर्ण सुरक्षा निकाय, सरोकार सम्बद्ध सबै पक्ष समग्रमा आम नेपाली नागरिकको एकताबद्ध साथ र सहयोग रहे तापनि, सरकार र स्वास्थ्य मन्त्रीको भावना जतिसुकै पवित्र भएपनि कार्यदक्षता देखिएन । तसर्थ, स्वास्थ्य मन्त्रीज्यू, ‘तपाईं या त तत्काल कार्यन्वयनमा जुट्नुहोस् खट्नुहोस् अन्यथा तपाईंले मार्ग प्रशस्त गर्नु नै राष्ट्र र जनताको हितमा हुनेछ ।’ नेपाली कांग्रेस ‘किसानको साथी, श्रमिकको पार्टी’को मुल उदेश्यमा समर्पित हुदै ‘श्रम शक्ति नै राष्ट्र शक्ति’ भन्ने भावनाले अभिप्रेरित भै मजदुर, श्रमिक र न्यून आए भएका जनताको सन्दर्भमा तत्काल प्याकेजमा राहत उपलब्ध गराउन सुझावहरु पेश गर्दछु । (१) सरकारले लकडाउन र सबै क्षेत्र बन्द घोषणा गरेसँगै औद्योगिक कलकारखाना, व्यापार व्यवसाय, सम्पुर्ण कार्यालयहरु बन्द भए । बन्द र लकडाउन भएपछि अलपत्र र अप्ठेरोमा परेका स्वदेश तथा विदेशमा काम गर्ने मजदुर, श्रमिकहरुलाई सुरक्षित तवरले गन्तव्यसम्म पुर्याउने व्यवस्था हुनुपर्छ । (२) कम आय भएका, दैनिक ज्यालादारी गर्ने मजदुर, श्रमिक र आमनागरिकलाई वर्गीय तहमा निर्धारण गरी सबै तहका सरकारको प्रभावकारी समन्वयमा निशुल्क र सस्तो शुल्क राहत प्याकेजको व्यवस्था गरिनुपर्छ । (३) लकडाउन लम्बिदै जादा आइपर्न सक्ने खाद्य तथा अत्यावश्यक संकटबाट बच्न खाद्य तथा अत्यावश्यक सामाग्रीको जोहो गर्ने, भण्डारण गर्ने र वितरण गर्ने विधि र वातावरण बनाउनुपर्छ । (४) न्यून आय भएका व्यक्ति, श्रमिक र मजदुरहरुका लागि पूर्ण राहत प्याकेजको व्यवस्था गरिनुपर्छ । (५) संक्रमणको उच्च जोखिमको यस समयमा सरकारी एवम् उधोग वाणिज्य संघ मार्फत सुरक्षात्मक उपायसहितका अनलाइन सेवा, सहुलियत घुम्ती सेवाको व्यवस्था गरिनुपर्छ । (६) विपन्न एवम् मजदुरको छोराछोरीको हकमा आसन्न शैक्षिकसत्रको अध्ययन शुल्क मिनाहा गरिनुपर्छ । (७) रोजगारीका लागि विदेशमा रहनु भएका दिदीबहिनी दाजुभाइहरुको चाहना र माग अनुसार नेपाल सरकार जिम्मेवार अभिभावक बनोस् । स्वास्थकर्मी, सुरक्षाकर्मी, श्रमिक तथा मजदुरका आवश्यकता अधिकार र हितका सवालमा नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभाग हरतवरले साथमा रहेर कार्यगर्ने विश्वास दिलाउदै श्रमिक र मजदुरले मुलुक निर्माणमा पु¥याउन भएको महत्वपूर्ण योगदानकाप्रति विभाग उच्च सम्मान प्रकट गर्दछ । सरकारले पनि उच्च सम्मान प्रकट गर्न माथी उल्लेखित ब“ुदाहरुलाई तत्काल कार्यन्वयनका लागि जोडदार माग गर्दछु । लेखक नेपाली काङ्ग्रेस श्रमिक तथा मजदुर बिभाग संयोजक हुन् ।

मोहन ओझाले भनेः सात दिनभित्र कोरोना उन्मुलन गरिदिन्छु

काठमाडौँ । नेपाल व्यवस्थापन संघका सदस्य मोहन ओझाले सात दिन भित्र कोराना उन्मुलन गर्ने दाबी गरेका छन् । नेपालमा कोरोना भाइरसले सताईरहेको बेला ओझाले सामाजिक सञ्जाल मार्फत यस्तो दाबी गरेका हुन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ‘हेलो सरकार, अनिल कपुरको फिल्म नायकमा जस्तै चौबीस घण्टाको मुख्यमन्त्री जस्तै गरेर होइन जम्मा सात दिनको प्रधानमन्त्री देऊ । यो देशमा रहेका सबै प्रकारका भाइरसको उन्मुलन गरिदिन्छु भनेर ओझाले लेखेका छन् ।

कोरोना तपाईंलाई मार्न चाहँदैन: सदगुरू

मानव बाहेक कुनै अर्को प्राणी आफ्नो घरलाई नष्ट गर्न चाहँदैन । केवल मानव नै हुन् जो यस्तो गर्नका लागि मशहुर छन् । भाइरस पनि तपाईंको भित्रै रहन चाहन्छ तर उसले अन्जानैमा आफ्नो काम केहि यस प्रकार बढि गर्दिन्छ कि तपाईं अनि म मर्न सक्छौं । म १७ वर्षको भइसक्दा मलाई २ पटक सम्म टाइफाइड भइसकेको थियो । अन्य केहि रोगहरुले पनि मलाई सताइसकेको थियो । तर यी कुराहरुले मलाई कहिल्यै ओछ्यानमा सुताएको थिएन । यहाँसम्म कि जब मलाई दोस्रो पटक टाइफाइड भएको थियो, कडा ज्वरोमा पनि म खेलिरहें र काम गरिरहें । तर जब मलाई हैजा लाग्यो तब मलाई छोटो समयमै यसले बढि सतायो । म २ घण्टा भित्रको अवधिमै लगभग बेहोसीको स्थितीमा पुगेको थिएँ । मैले आफ्नो आमा, हजुरआमा सवैलाई रुँदै गरेको सुनें । मेरो हजुरआमाले रुँदै मेरो नाक छाम्नुभयो र भन्नुभयो कि यो त पुरै चिसो भइसकेको छ, यो मरिसकेको छ । मेरो बुवा डक्टर हुनुहुन्थ्यो, उहाँसँगै अरु दुई जना डक्टरहरुपनि आएर मलाई बचाउन सक्दो प्रयास गर्नुभयो । भोलिपल्टको साँझदेखि मलाई केहि विसेक भयो । अब भने मैले ब्याक्टेरिया र भाइरसका वारेमा बुझेरै छाड्ने निर्णय गरें । आजको समय जस्तो त्यो वेला इन्टरनेट र गुगलको सुविधा थिएन । म सिधै लाइब्रेरी गएँ र लाइब्रेरियनसँग यससँग सम्बन्धित किताबको वारेमा सोधें । उनले दिएको कितावलाई मैले पूरै पढें । मलाई त्यो वेला एउटै मात्र कुराले सताइरहेको थियो कि जुन चिजलाई आँखाले पनि देख्न सकिँदैन, त्यसले कसरी मलाई पूरै धरासायी गर्न सक्छ ? घर फर्केर मैले आफ्ना बुवालाई भाइरस र ब्याक्टेरियाको वारेमा सोधें । उहाँ एउटा राम्रो चिकित्सक हुनुहुन्थ्यो । उहाँले त्यो वेला मलाई ब्याक्टेरिया र भाइरसको वारेमा धेरै कुरा बताउनुभयो जुन कुरा मलाई आजसम्म पनि यादै छ । अनि लाइब्रेरीमा पढेका कुरा पनि । अब कोरोना भाइरसको वारेमा कुरा गर्नुपर्दा यो भाइरस मानवको शरीरमा आउनु अघिसम्म जनावरको शरीरभित्र आरामका साथ बसिरहेको थियो । जनावरलाई नमारीकन । अहिले यो मानवको शरीरमा आइपुगेको छ र अहिले पनि त्यहि गरिरहेको छ जुन यसले जनावरको शरीरमा गरिरहेको थियो । तर हामीले झेल्न नसकेर मरिरहेका छौं । आज यो कुरा पुष्टि भइसकेको छ कि जसको इम्युन सिस्टम ठिक छ ऊ विसेक भइसकेको छ । र जसको इम्युन सिस्टम कमजोर छ उ मात्र दुर्भाग्यवस यो भाइरसको शिकार बनिरहेको छ । यसबाट के पुष्टि हुन्छ भने यो भाइरस जिउन चाहिरेको छ तर ऊ यति आक्रामक तरिकाले जिउँछ कि हामी मरिरहेका छौं । आज धेरै वैज्ञानिकले यसको बारेमा चर्चा गरिरहेका छन् । तर जब मैले यसको बारेमा पढेको थिएँ, म केवल १७ वर्षको थिएँ । त्यो बेला पनि यो स्पष्ट रुपले सम्झाइएको थियो कि जुन व्याक्टेरिया र भाइरस हाम्रो शरीर भित्र पस्छन् वा छन् तिनीहरुले धेरै प्रकारले हाम्रो जीवन प्रकृयामा सहायता पुर्याइरहेकै छन् । नोक्सान पुर्याएका छैनन् । आज हाम्रो शरीर भित्र खर्बौं ब्याक्टेरिया र भाइरसहरु बाँचिरहेका छन् । कुनै समयमा ती व्याक्टेरिया र भाइरसहरु हानीकारक थिए होलान् तर उनीहरुले यो बुझे कि यस प्रकार हामी बस्यौं भने हामी आफ्नै घरलाई बर्वाद गर्नेछौं । र यसप्रकार उनीहरुले विस्तारै आफूलाई बदल्दै लगे र हामीसँग मिलेर बस्न सिके । यो दुःखको कुरा हो कि अहिले देशमा आपत् आइलागेको छ । आज धेरै देशहरुले आफ्नै जनताको विरुद्ध सडकमा सेना र पुलिस खडा गरेको छ । तपाईंले बुझ्नै पर्छ कि मामला कति गम्भिर छ । आज अमेरिकाले आफ्ना पुरै सेना सडकमा उतारेको छ केवल जनतालाई सडकमा आउन बाट रोक्नका लागि । भारतीय पुलिस सडकमा उभिएको छ । आज हामीले यो स्थितीलाई सहि ढंगबाट सम्हाल्न सकेनौं भने हामी एउटा ठूलो आपतका तर्फ अघि बढ्ने छौं, लाखौं मानिसको जीवन नष्ट हुन सक्छ । हाम्रो स्वास्थ्य प्रणालीको आलोचना गर्ने वा स्वास्थ्य मन्त्रालयको आलोचना गर्ने यो सहि समय होइन । बरु यो त त्यो समय हो, जसमा हामी सबैले आफ्ना तर्फबाट केहि राम्रो गरौं । केहि सानातिना सकारात्मक काम नै पनि किन नहोस् । हामीले यो बुझ्नै पर्छ कि हाम्रो जीवनकालमै हामीले यसप्रकारको आपतको सामना गरेका थिएनौं । यो त तपाईंको देशमा हुने युद्धको तुलनामा ठूलो इमर्जेन्सी हो । यो ती हरेक इमर्जेन्सी चीज भन्दा ठुलो हो जुन तपाईंले जान्नुभएको छ । यो भाइरसले ठूलो बर्बादी नमच्चाइकनै हराउन सक्छ यदि हामी जिम्मेवार बन्यौं भने । (विश्व शान्तीको क्षेत्रमा निरन्तर काम गरिरहेका सदगुरुले आफ्नो एक कार्यक्रमका बखत कोरोना भाइरसका बारे गरेका चर्चाको नेपाली अनुवाद गरिएको ।)