यसरी हुन्छ कोरोना बीमा, यस्ता छन् फाइदा
कोरोना भाईरस बीमालेख अन्तरगत दुई किसिमका बीमालेख छन् । एउटामा बिमितले दाबी भुक्तानी स्वरुप १ लाख र अर्कोमा ५० हजार रुपैयाँ पाउँने व्यवस्था छ । यो बीमाको बीमा शुल्क धेरै छैन । सबैभन्दा पहिला ५० हजार रुपैयाँको बीमालेखको कुरा गरौं । यो बीमालेखमा पनि एक्लै वा परिवारका सवै सदस्यको बीमा गराउन पाइने सुविधा छ । कसैले आफ्नो मात्रै बीमा गराउन चाहनु भयो भने ५ सय रुपैयाँ तिरेर बीमा गराउन सक्नुहुन्छ । यस्तो बीमालेखको अवधी एक वर्षको हुन्छ । परिवारका सदस्यको नै बीमा गर्ने हो भने प्रतिव्यक्ति ३ सय रुपैयाँका दरले बीमा गराउन सकिन्छ । अब १ लाख रुपैयाँ दाबी भुक्तानी पाइने बीमालेखको कुरा गरौं । यसको बीमाशुल्क एकजनाको मात्रै गर्दा १ हजार रुपैयाँ तिर्नुपर्छ । परिवारका सवै सदस्यको बीमा गर्ने हो भने प्रतिव्यक्ति ६ सय रुपैयाँका दरले जतिजनाको बीमा गराउने हो त्यति रकम बीमा शुल्क तिर्नुपर्छ । दाबी भुक्तानीको तरिका कोरोना भाइरस बीमा अरु स्वास्थ्य बीमा जस्तो होइन । यसमा कोरोना लागे नलागेको प्रमाणपत्र दिनुपर्दैन । अरु स्वास्थ्य बीमामा भने निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्छ । वा भएका दीर्घकालिन रोगको बारेमा खुलाउनु पर्छ । कोरोना भाइरस बीमा गराएपछि बीमा गराएको १५ दिनसम्म कोरोना संक्रमण भएको पीसीआर रिपोर्टमा देखियो भने बीमा दाबी रकम पाइदैन । तर, बीमा गराएको १६ दिनदेखि १ वर्षभित्रमा पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ देखियो भने प्रतिव्यक्ति जति रकम (५० हजार वा १ लाख रुपैयाँ) को बीमा गरिएको छ, त्यति रकम सम्बन्धित बीमा कम्पनीले स्वतः दाबी भुक्तानी दिन्छन् । बीमा दाबी रकम कोरोना संक्रमण भएको पीसीआर रिपोर्टबाट पुष्टी हुने वित्तिकै पाइने भएकोले संक्रमणबाट निको भएपनि पाइन्छ । कथम् कदाचित कोरोना संक्रमितको मृत्यू भएमा आश्रित परिवारले दाबी भुक्तानी पाउँछन् । कोरोना संक्रमितको परीक्षणसहित सम्पूर्ण उपचार खर्च नेपाल सरकारले बेहोर्ने भनेको छ । त्यसैले बीमाबाट पाएको रकम औषधी उपचार वा अन्य उपचार प्रयोजनमा खर्च गर्नुपर्दैन । यो रकमले विरामी वा उसका आश्रित परिवारले आवश्यक जेमा खर्च गरेपनि हुन्छ । लक्षित वर्ग यो बीमा कार्यक्रम लघु बीमा योजना मोडलमा ल्याइएको हो । यसमा लक्षित वर्ग को हुने वा को नहुने भन्ने त नहोला । किनकि बीमा सबै वर्गको लागि नै हुनेगरी ल्याइन्छ । तर, कोरोना बीमाको लक्षित वर्ग भनेको आर्थिक अवस्था कमजोर वा मध्यम भएका व्यक्तीहरुको लागि पनि हो । महामारीमा साथ कुनैपनि किसिमका समस्या परेको बेलामा बीमाले साथ दिन्छ भनेर बीमा गराउने गरिन्छ । महामारी आफैमा समस्या हो । बीमा क्षेत्रले महामारीको बेलामा पनि बिमितलाई सहज होस् र बीमाको तर्फबाट पनि केही न केही योगदान गरौं भन्ने हिसावले कोरोना बीमा योजना ल्याइएको हो । बीमा भनेको आफैमा व्यवसाय मात्र नभएर सेवा पनि हो । सोही कारण अहिले बीमा कम्पनीहरुले एक कम्पनीबाट वार्षिक रुपमा २/४ करोड घाटा नै भएपनि बीमा गराउँन आवश्यक छ भन्ने महसुस गरेर यो बीमा योजना अघि सारिएको हो । कुन हदसम्म हुन्छ रक्षावरण ? अहिलेसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या धेरै छैन । कतिपय देशहरुमा जस्तो भयावह स्थिती नआउँदसम्म र बीमा कम्पनीहरुले दाबी भुक्तानी गर्न सकुन्जेलसम्म रक्षावरण गर्ने गरी यो योजना ल्याइएको हो । कोरोना भाइरस लाग्नेको संख्या हेरेर नियामक निकाय बीमा समितिले आवश्यक समन्वय गर्नेछ । माईक्रो इन्स्योरेन्सको शिखर इन्स्योरेन्स पुल म्यानेजर माईक्रो इन्स्योरेन्सहरुको सन्दर्भमा पुल म्यानेजर नै शिखर इन्स्योरेन्स कम्पनी हो । सोही कारण कोरोना बीमाको सुरुवात शिखरले गरिसकेको छ । सन्देश कोरोना भाइरस संक्रमबाट जोगिने भनेको सामाजिक दूरी कायम गरेर नै हो । यो कुरा सामान्य जस्तो लागेपनि यसमा कसैले लापरबाही गर्नुहुँदैन । कोरोना भाइरस सबैजना सकेसम्म जोगिनु पर्छ, तर कथम कदाचित कसैलाई संक्रमण फैलिएको अवस्थामा भने कोरोना बीमाले राहत प्रदान गर्छ । अहिले शिखर इन्स्योरेन्स कम्पनीकै अधिकांश कर्मचारीहरु यस बीमा योजनामा सहभागी भइसकेको अवस्था छ । छैन पुनर्बीमा, पुलमार्फत व्यवस्थापन अरु बीमा योजनामा जस्तो कोरोना भाइरस बीमामा पुनर्बीमा भएको छैन । यो बीमा योजना नेपालको आन्तरिक बीमा जस्तै हो । बीमा समितिसँगको समन्वयमा पुलमार्फत सबै निर्जीबन बीमा कम्पनी र नेपालमा रहेको एकमात्र पुनर्बीमा कम्पनीको सहभागितमा यो कार्यक्रम संचालनमा ल्याइएको हो । कोरोना बीमाको जतिपनि बीमालेख विक्री हुन्छ, त्यसबाट आएको बीमाशुल्कमा पुनर्बीमा कम्पनीले २० प्रतिशत र अरु २० वटा निर्जीवन बीमा कम्पनीहरुले ४/४ प्रतिशतका दरले बीमा शुल्क लिन्छन् । र, दाबी भुक्तानी गर्नु परेको अवस्थामा पनि सोही विधि अनुसार भुक्तानी हुन्छ । (शिखर इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेसँग गरिएको कुराकानीमा आधारित)
होसियार ! रोगभन्दा भोकले झन् संकट ल्याउन सक्छ
विश्वमा अहिलेसम्म कोरोना भाईरसको कारणले यो आलेख तयार पार्दासम्म करिब १ लाख ६१ हजार मानिसले मृत्यु वरण गरिसकेका छन् विश्वका ठूला ठूला रिसर्च सेन्टरहरुमा ठूला ठूला वैज्ञानिकहरु यसको रिसर्चमा जुटेका छन् उनीहरु भ्याक्सिन कसले पहिला पत्ता लगाउने भन्ने बारेमा तल्लीन छन् । विश्वका कैयौ शहरहरु लकडाउनको अवस्थामा छ । कैयौं मजदुरहरु कामबाट वा रोजगारीबाट पलाएन भएका छन् । एकातिर खेत बारीमा भएको अन्न बाली भित्र्याउन नपाई खेतबारी मा नै कुहिने अवस्था छ भने अर्कोतिर भविष्यको लागि रोप्न पाएका छैनन् । हाम्रो मित्र राष्ट भारत कै कुरा गर्ने हो भने किसानले लगाएको अन्न बाली स्वयं सरकारले खरिद गरेर सरकारी मान्छे नै किसानको खेतमा गएर भित्र्याई रहेका छन् ता की भोलि खाद्य संकट आईलागेमा जनतालाई वितरण गर्न सकियोस् । हाम्रो देशको कुरा गर्ने हो भने किसानले लगाएको गँहु लगाएत अन्नबालीहरु असिना पानीले सखाप पारी सकेको छ के सरकारले यस बारेमा सोच्न ढिलाई भएको होईन ? मकै रोप्ने बेला भयो के रोप्न पर्दैन ? छिमेकीले त भोलि जतिसुकै पैसा तिर्छु भने पनि दिन्छ जस्तो लाग्दैन ? त्यस्तै अन्य खाद्यान्न बाली पनि त रोप्नु पर्ला यसमा ध्यान दिनु पर्दैन र ? नत्रभने भोलिका दिनमा विश्वमा खाद्यान्नको संकट त आउछ आउछ यसको बारेमा अजै सोच्नु पर्ने हो की ? रोग भन्दा भोक निकै शक्तिशाली हुन्छ । भोकाएको मानिस कहिल्य पनि रोगसंग डराउँदैन यसैले हामीले आजैका दिनदेखि यसबाट आफ्ना नागरिकहरुलाई बचाउन के कस्तो कदम चाल्नु पर्ने हो सम्बन्धित निकायको ध्यान जाओस् । के हाम्रो देशमा भएको कृषि मन्त्रालय र खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागहरुले यस बारेमा आफ्नो देशमा भएको कृषि विशेषज्ञहरु खाद्य वैज्ञानीकहरुसंग आजैदेखि छलफल गर्नुपर्ने होईन र ? सम्भवत ति निकायहरुसंग आफ्नो देशमा कति जना कृषि विशेषज्ञ छन् कति जना खाद्य वैज्ञानिकहरु छन् र ती कसरी परिचालन भैरहेका छन् भन्ने बारेको रेकर्ड नै नहुन सक्छ । आज जसरी स्वास्थ्यकर्मीहरु साच्चिकै परिक्षाको घडी छन् त्यसैगरी भोलिका दिनमा कृषि विशेषज्ञहरु तथा खाद्य वैज्ञानिकहरुका लागि यो भन्दा ठूलो चूनौतिको सामना गर्नुपर्ने निश्चित छ यसमा सम्बन्धित निकायले बेलैमा ध्यान दिओस् । सरकारले त यसका लागि पहल गर्नुपथ्यो गरेन के स्वयं कृषि विशेषज्ञ तथा खाद्य वैज्ञानिकहरुले भोलि यो अवस्था आयो भने हाम्रा लागि ठूलै चूनौति हुन सक्नेछ भनेर सोच्ने बेला आएनर? त्यसैले यि सबै निकायहरुले आजैका दिनदेखि भिडियो कन्फ्रेन्स् गरेर भए पनि छलफल चलाउनु पर्ने देखिन्छ नत्र भोलि रोगले हैन भोकले धरै खराब अवस्था आउन सक्छ । कोभिड त एक भाईरस हो जसले यस्तो यस्तो लक्षणहरु देखिउछ भनेर स्वास्थ्य कर्मीहरुले भनि सकेका छन् तापनि मानिस मरिनै रहेका छन् । आजै नसोचे भोलि भोकले त कोभिड मात्र हैन धेरै नै रोगको र सामना गर्नुपर्ने हुन्छ होसियार कृषि कर्म गर्न दिऔ लकडाउनको नाममा कृषि कार्य गर्नबाट बञ्चित नगराऔं । हाम्रो देश खाद्यान्नमा पनि परनिर्भर हुनु परेको छ अहिले पनि एदाकदा आयातित खाद्यान्न गुणस्तर हिन आयात भैरहेको छ । यो समस्याले त विदेशबाट खाद्यान्न आयात मै रोक लाग्न सक्छ रोक नलागे पनि गुणस्तर हिन खाद्यान्न मात्र आयात हुन सक्छ जसले हामी कुपोषणको शिकार हुन पनि सक्छौ यस तर्फ पनि सम्बन्धित विशेषज्ञ तथा सरोकारवाला निकायले बेलैमा ध्यान दिओस्।
डिजिटल बैंकिङः लकडाउनले ग्राहकलाई साक्षर बनायो
काठमाडाैं । अहिलेको युग प्रवधिको हो । यो प्रविधि हरेक क्षेत्रमा उत्तिकै आवश्यक छ । अझ बैंकहरुले त आफ्नो सेवा सहज तथा विस्तार गर्नको लागि प्रविधि अपरिहार्य छ । अहिले देश लकडाउनमा छ । यो लकडाउनको समयमा विभिन्न बैंकहरुले डिजिटल बैंकिङ प्रणालीलाई प्रवद्र्धन गरिरहेका छन् । लक्ष्मि बैंकले पनि ग्राहकको सेवाका लागि विभिन्न माध्यमबाट डिजिटल बैंकिङको प्रयोगलाई प्रोत्साहन गरिरहेका छौं । डिजिटल बैंकिङको प्रवद्र्धन गर्नका लागि हामीले विभिन्न च्यानलहरु प्रयोग गर्दै आइरहेका छौं । हामीले पहिले देखि नै डिजिटल बैंकिङ प्राथमिकता दिएर काम गर्दै आएको छौं । अहिले विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड –१९)को कारण हाम्रो देश लकडाउनमा छ । आम सर्वसाधारणहरु घरभित्रै छन् । हाम्रा ग्राहकहरु घरभित्रै भएपनि हामीले उनीहरुलाई प्रदान गर्ने सेवाहरुमा भने कमि गरेका छैनौं । अहिले लकडाउनले उनीहरुलाई डिजिटल बैंकिङ चलाउन इच्छुक बनाएको छ । उनीहरु पहिलेको भन्दा बढी चासो राख्न थालेका छन् । यसका लागि हामीले पनि विभिन्न च्यानलहरुको प्रयोगमार्फ उनीहरुलाई डिजिटल बैंकिङ सिकाइरहेका छौं । र यसतर्फ आकर्षित गर्नका लागि सचेतना दिइरहेका छौं । हुन त पहिले पनि धेरै ग्राहकहरुले मोइबाल बैंकिङ लिएका थिए । उनीहरुमध्ये कमैले मात्र मोइबाल बैंकिङ प्रयोग गरेका थिए । अहिले भने त्यो प्रयोग गर्नेको संख्या बढेको छ । हामीलाई फोन अर्थात मेसेजमार्फत धेरै गुनासाहरु आउने गरेका छन् । उनीहरुका समस्या र जिज्ञासाहरुलाई अहिले पनि समाधान गरिरहेका छौं । अहिले पहिलेको भन्दा धेरै मोइबाल र इन्टरनेट बैंकिङका ग्राहक बढेका छन् । अझै पनि यो संख्या बढ्ने देखिन्छ । अझै पनि आधा जति ग्राहकले मात्र मोबाइल बैंकिङ प्रयोग गरिरहेका छन् । अहिलेको अवस्थामा पनि कार्ड धेरैले प्रयोग गर्छन् । नयाँ खाता खोल्ने बितिकै कार्ड लिने भएकोले सबैसँग कार्ड छ । मोइबाल बैंकिङको सुविधा र इन्टरनेटमार्फत धेरै काम गर्न सकिने भएकोले धेरैको आकर्षण अहिले मोइबाल र इन्टरनेट बैंकिङमा हुनु स्वभाविक हो । लकडाउनको समयमा रणनीति अहिले लकडाउनको समयमा हामीले ग्राहकहरुलाई इमेल, एसएमएस पठाएर मोइबाल र इन्टरनेट बैंकिङ सम्बन्धि जानकारी दिइरहेका छौं । धेरै पहिले बैंकमा खाता खोलेका खाताहरु धेरै ग्राहकले अपडेट गर्नु भएको छैन । उहाँहरुलाई विभिन्न कुराहरु जस्तै मोबाइल नम्बर, इमेल अपडेट गर्नुहोस् भनेर मेसेज गरिरहेका हुन्छौं । कतिपयलाई त मेसेज नै जाँदैन । उनीहरुलाई पनि मोबाइल बैंकिङ सम्बन्धि जानकारी दिने गरेका छौं । धेरै ग्राहकहरु परम्परागत बैंकिङमै छन् । उनीहरुलाई नयाँ प्रविधिमा अभ्यस्त गराउने खालका रणनीति बनाएर डिजिटल बैंकिङतर्फ आकर्षित गराइरहेका छौं । लकडाउनमा बैंकिङ गतिविधि पहिलेको जस्तो बैंकिङ गतिविधि अहिले छैन । देश लकडाउनमा भएकोले पनि बैंकहरु सुनसान नै छन् । तर, बैंकहरु अत्यावश्यक सेवामा पर्ने भएकोले बैंक खोलेर नै सेवा दिइरहेका छौं । बैकिङ एक्टिीभिटिज खासै नभएपनि मोबाइल बैंकिङ सम्बन्धि ग्राहकलाई जानकारी दिने लगायत अन्य आन्तरिक गतिविधीहरु भने गरिरहेका छौं । लकडाउनले आर्थिक गतिविधि नभएकोले पनि कारोबार धेरै छैन । ग्राहकले तत्काल तिर्नु पर्ने काममा बाहेक अन्य काममा मोइबाल बैंकिङ प्रयोग गरेका छैनन् । लकडाउनको समयमा बैंकिङ गतिविधि बढ्नै सक्दैन । दैनिक उपभोग्य वस्तु किन्न बाहेक अरु गतिविधी मोबाइल बैंकिङमार्फत भएको छैन । तर, मानिसहरुमा मोइबाल बैंकिङ चलाउनु पर्छ यो धेरै आवश्यक रहेछ भन्ने किसिमको मानसिकता वृद्धि भइसकेको छ । आशा छ लकडाउन खुलेपछि धेरै ग्राहकहरुले मोबाइल बैकिङ प्रयोग गर्नेछन् । डिजिटल बैंकिङमा विश्वसनियता पछिल्लो समय डिजिटल बैंकिङमा ग्राहकको विश्वास पनि बढ्दै गएको छ । संसार भरि नै यही छ । नेपाली बैंकहरुले प्रयोग गर्ने प्रविधि पनि विश्वासिलो नै छ । प्रविधि परिवर्तन भइरहने चिज हो । नेपाली बैंकहरु अपडेटेड नै छन् । यसमा कुनै कम्प्रमाइज नै छैन । पहिलेदेखि नै यो प्रविधि प्रयोग गरिरहेको हुनाले त्यति समस्या त आउँदैन । तर, पनि मेरो टेक्नोलोजी एकदमै ठीक भन्ने कुरा कसैले पनि गर्नु हुँदैन । आउने दिनहरुमा प्रयोगकर्ता पनि बढ्दै गएपछि अवश्य पनि यसको विश्वसनियता पनि बढ्दै जान्छ । केही वर्षयता प्रविधिमा पनि धेरै सुधार र यसमा लगानी पनि बढ्दै गएको छ । बैंकहरुको डाटा पनि सुरक्षित नै हुन्छ । समय–समयमा आइएस अडिट हुन्छ । डाटाको सेक्युरिटी चेक गर्ने मुख्य त्यहि हो । त्यसमा बैंक रेगुलेटरहरु सुरक्षित भइसकेको अवस्था छ । अहिले लकडाउनको समयमा कार्डको प्रयोग घटेको छ । मोबाइल बैंकिङ बढेको छ । फागुनमा लक्ष्मी बैंकको एक लाख ६० हजार प्रयोगकर्ता थिए भने चैतमा मात्रै २ लाख २० हजार भन्दा माथि पुगेको छ । टपअप पेमेण्ट,अन्य इन्टरनेटको रिचार्ज गर्ने बढेका छन् । सानो रकमका ग्राहकलाई कसरी समेट्ने ? आर्थिक कारोबारका लागि मोबाइल बैंकिङ सबैभन्दा सरल माध्यम हो । जहाँबाट पनि हामी यसको सहयोगले हाम्रो काम गर्न सक्छौं । अहिले अरु भन्दा पनि दैनिक उपभोग्य सामानको मात्र माग बढी हुन्छ । जुन पसलमा जाने हो त्यो पसलमा पनि त्यसको सेवा हुनुपर्छ । क्युआर सिस्टम आइसकेको छ । क्युआर पेमेण्ट गर्नुपर्छ । सानो सानो पसलमा क्यु आर पेमेन्ट राख्नु पर्छ । यसरी नै सामान खरिद गर्ने र बिक्री गर्ने दुवै जनाले यो प्रविधि प्रयोग गर्यो भने यो समस्या सहजै समाधान हुन्छ । मोबाइल बैंकिङमार्फत ग्राहकले धेरै का मगर्न सक्नुहुनेछ । जसले ग्राहकको खर्च कम हुन्छ । जस्तै बिजुलीको बिल तिर्न क्युआरहरु पेमेण्ट गर्न, प्लेनको टिकट काट्न, इन्टरनेटर, टि.भी., खानेपानी, इन्स्योन्स, कलेज लगायतका बिल तिर्न सकिन्छ । खासगरी लक्ष्मी बैंकको एपमार्फत फिक्स डिपोजिट पनि गर्न सक्नुहुनेछ । मोबाइल बैंकिङका विशेषता मोबाइल बैंकिङबाट सबै काम गर्न सकिन्छ । ग्राहकले बैंकमा नै धाउनु पर्दैन । मोबाइल बैंकिङ पहिले थोरै बैंकमा थियो । अहिले सबैमा छ । बैंकले प्रयोगमा ल्याएका मोबाइल बैकिङबाट आफ्नै र अन्य विभिन्न बैंकहरुमा पैसा पठाउन सकिन्छ । त्यसबाट एनटिसी, एनसेल, क्रेडिट कार्डकाे बिल पेमेन्ट, वालेट टपअप, रिचार्जकार्ड खरिद गर्न, आफ्नो खाताको स्टेटमेन्ट हेर्न, साथै QR मार्फत मर्चेन्ट पेमेन्ट पनि गर्न सकिन्छ । मैले माथिउल्लेख गरेको मोवाईलबैंकिगको एउटा विशेषता भनेको हाम्रो मोबाइल बैकिङमार्फत फिक्स डिपोजिट पनि खोल्न सकिन्छ । चुनौती प्रविधि सँग अभ्यस्त भएर काम गर्नुपर्छ । लकडाउनको समयमा केही रिक्स आउन सक्छ भन्ने कुरा पनि छ । तर, यसलाई कसरी भरपर्दो र सुरक्षित गर्न सकिन्छ भन्ने तर्फ पनि लाग्नु पर्छ । प्रविधिमा लगानी गर्न पनि आवश्यक छ । चुनाैती नलिँदासम्म माथि पुग्न सकिन्न । (लक्ष्मी बैंककाे रणनीति तथा बजार व्यवस्थापन प्रमुख भारती पाण्डेसँग विकासन्यूजका सन्ताेष राेकायाले गरेकाे कूराकानीमा आधारित)