काठमाडौंको असनमा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौं नगरपालिका वडा नं. २५ असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा बिहीबारबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकका संचालक समिति सदस्य प्राडा. गिता प्रधान र असन, वडा नं. २५ का वडा अध्यक्ष राजेश डंगोलले असन शाखाको संयुक्त रुपमा समुद्घाटन गरी सेवा शुभारम्भ गरे । असन शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २८ पुगेको छ । बैंकको कुल शाखा संख्या १४५ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

एनएमबि बैंकका ग्राहकलाई धनगढीस्थित भाटभटेनीमा किनमेल गर्दा छुट

काठमाडौं । एनएमबि बैंक र धनगढीस्थित भाटभटेनीले ग्राहकलाई छुट दिने सम्झौता गरेको छ । यस सम्झौता अनुसार धनगढीस्थित भाटभटेनीमा किनमेल गरी इएनएमबि, भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा १० प्रतिशत (५०० रुपैयाँसम्म) क्यासब्याक पाउनेछन् । यो योजना असार १२ गतेदेखि सिमित अवधिको लागी प्रदेश ७ को धनगढी भाटभटेनीमा लागु हुने बैंकले जनाएको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

दुई अर्ब बराबरको डिबेन्चर जारी गर्दै सनराइज बैंक

काठमाडौं । सनराइज बैंकले दुई अर्ब बराबको डिबेन्चर जारी गर्ने भएको छ । बैंकले एक हजार रुपैयाँ अंकित २० लाख कित्ता डिबेन्चर जारी गर्न लागेको हो । बैंकले साे डिबेन्चरको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशियालाई नियुक्त गरेको छ । बैंकले उक्त डिबेन्चर मध्ये एक अर्ब २० करोड बराबरको व्यक्तिगत तवरबाट र ८० करोड बारबरको चाहिँ सर्वसाधरणमा सार्वजनिक निष्कासनबाट बिक्री गर्ने जनाएको छ ।