गण्डकी प्रदेशमा बैंक अफ काठमाण्डूकाे घरदैलो कार्यक्रम सम्पन्न

काठमाडौं । बैंक अफ काठमाण्डूले सबैलाई सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेश अन्तर्गतको विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारी मुलक तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले संचालन गरिएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो । बैंकले भर्खरै मात्र आकर्षक विशेषताहरु सहित ४ गुणासम्मको प्रतिफल भएको बिओके सुपर मुद्दती खाता सार्वजानिक गरेको थियो । उक्त ४ गुणासम्म प्रतिफल प्रदान गर्ने मुद्दती खातामा क्रेडिट कार्ड जारी शुल्कमा विशेष छुटको सुविधा, मौज्दात रकमको ९० प्रतिशतसम्म ऋणको सुबिधा सहित २ लाख सम्मको क्रेडिट कार्ड सुविधा रहेको छ । साथै, बिओके प्रिमियम प्लस बचत खातामा उच्चतम् ब्याजदर ८।०३ प्रतिशतको वार्षिक ब्याजदर सहित थुप्रै निस्शुल्क सेवाहरु समावेश गरी सार्वजनिक गरेको छ । बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

कामना सेवा विकास बैंकको शाखारहित बैंकिङ्ग सेवा कैलालीको अमौरामा

काठमाडौं । कामना सेवा विकास बैंकले थप नयाँ स्थानमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा शुक्रबारबाट कैलाली जिल्लाको जानकी गा.पा. वडा नं. ०५ को अमौरामा शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको हाे । बैंकले राम चौधरी तयारी पोसाक उद्योग (प्रो. राम चौधरी) लाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेकाे छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन वडा नं. ०५ का वडा अध्यक्ष भिम बहादुर चौधरीले गरेका थिए । साे शाखारहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएकाे छ ।

ज्योति विकास बैंकको मणिग्राम र परासी शाखा उद्घाटन, ग्राहकलाई सबै सेवामा छुट

काठमाडौं । ज्योति विकास बैंकले दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकले शुक्रबार मणिग्राम र परासीमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हाे । रुपन्देहीस्थित मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर राम कृष्ण खाण र बैंकका संचालक सुरेन्द्र बहादुर नेपालीले संयुक्त रुपमा गरेका थिए । यस्तै परासी शाखाको समुद्घाटन रामग्राम नगरपालिकाका मेयर धनपत यादव र बैंकका संचालक मन महर्जनले संयुक्त रुपमा गरेका थिए । नयाँ शाखाहरुको उद्घाटन अवसरमा बैंकले मणिग्राम र परासी शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्युआर काेड, नि:शुल्क डलर कार्ड जारी, डिम्याट खाता, मेरोसेयर रजिस्ट्रेशन, डेबिट कार्ड,  मोबाईल बैंकिंग सेवा, इन्टरनेट बैंकिंङ सेवा र सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने जनाएकाे छ ।