एनएमबि बैंकका ग्राहकलाई धनगढीस्थित भाटभटेनीमा किनमेल गर्दा छुट

<p>काठमाडौं । एनएमबि बैंक र धनगढीस्थित भाटभटेनीले ग्राहकलाई छुट दिने सम्झौता गरेको छ । यस सम्झौता अनुसार धनगढीस्थित भाटभटेनीमा किनमेल गरी इएनएमबि, भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा १० प्रतिशत (५०० रुपैयाँसम्म) क्यासब्याक पाउनेछन् । यो योजना असार १२ गतेदेखि सिमित अवधिको लागी प्रदेश ७ को धनगढी भाटभटेनीमा लागु हुने बैंकले जनाएको छ । एनएमबि बैंकले [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंक र धनगढीस्थित भाटभटेनीले ग्राहकलाई छुट दिने सम्झौता गरेको छ । यस सम्झौता अनुसार धनगढीस्थित भाटभटेनीमा किनमेल गरी इएनएमबि, भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा १० प्रतिशत (५०० रुपैयाँसम्म) क्यासब्याक पाउनेछन् ।

यो योजना असार १२ गतेदेखि सिमित अवधिको लागी प्रदेश ७ को धनगढी भाटभटेनीमा लागु हुने बैंकले जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Share News