सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई भौतिक कार्डको आवश्यक नपर्ने

<p>काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच सम्झाैता भएकाे छ । बैंक र वालेटबीच भिसा डेबिट र क्रेडिट कार्डवाहकहरुले क्युआर स्क्यान मार्फत भुक्तानी गर्न मिल्ने सुविधा सहित डिजिटल वालेट सम्बन्धि सम्झौता भएको हाे । यस सम्झाैता पश्चात बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्युआरहरुमा प्रयोग [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच सम्झाैता भएकाे छ । बैंक र वालेटबीच भिसा डेबिट र क्रेडिट कार्डवाहकहरुले क्युआर स्क्यान मार्फत भुक्तानी गर्न मिल्ने सुविधा सहित डिजिटल वालेट सम्बन्धि सम्झौता भएको हाे ।

यस सम्झाैता पश्चात बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्युआरहरुमा प्रयोग गर्न मिल्ने छ ।

मोको डिजिटल वालेटमा कार्डहरु लोड गरिसकेपछि विभिन्न प्रयोजनको लागि भौतिक कार्डको समेत आवश्यकता नपर्ने बैंकले जनाएकाे छ । क्रेडिट कार्डवाहकहरुले समेत क्युआर स्क्यान गर्न मिल्ने सुविधा नेपालमा एउटा नयाँ सुरुवात हुने बैंकले जनाएकाे छ ।

उक्त सम्झौतापत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र बैंकको तर्फबाट प्रमुख व्यापार प्रवर्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरेका छन् ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ

Share News