प्रभु बैंकका ग्राहकलाई स्टार हस्पिटलको सेवामा छुट
काठमाडौं । प्रभु बैंक र स्टार हस्पिटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेष राज धमला र स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोर कुमार महर्जनले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकले स्टार हस्पिटलको सेवा मध्य बेड चार्ज तथा अनुसन्धान सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् यस छुट सेवा लिन चाहाने ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
स्थानीय तहको ८० प्रतिशत रकमलाई निक्षेपमा गणना गर्न पाउने व्यवस्थालाई निरन्तरता, बैंकहरुलाई राहत
काठमाडौं । स्थानीय तहको खातामा रहेको रकमको ८० प्रतिशत रकमलाई वाणिज्य बैंकहरुले ८० प्रतिशत निक्षेपका रुपमा राख्न पाउने व्यवस्थालाई निरन्तरता दिइएको छ । अर्थमन्त्रालयले सो व्यवस्थालाई निरन्तरता दिएको हो । यो व्यवस्था साउ १ गतेदेखि सकिएको थियो । तर, अर्थमन्त्रालयले पुनः समय थप गरेको हो । अर्थ मन्त्रालय स्रोतका अनुसार मंगलबारदेखि नै स्थानीय तहको खातामा रहेको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाइने व्यवस्थालाई निरन्तरता दिने निर्णय भएको हो । आउँदो पुस मसान्तसम्मका लागि भन्दै अर्थ मन्त्रालयले उक्त व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको बताइएको छ । बैंकहरुले अहिले नै सो व्यवस्था हटाउँदा समस्या सिर्जना हुने भनेपछि राष्ट्र बैंकले अर्थमन्त्रालयको समन्वययमा सो व्यवस्थालाई कायमै राख्ने निर्णय गरेको हो । सम्बन्धित सामग्री : स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपमा राख्न पाउने व्यवस्थालाई कायमै राख्ने तयारी
५ अर्बको ऋणपत्र बिक्री गर्दै सिभिल बैंक, ११ प्रतिशत ब्याज पाइने
काठमाडौं । सिभिल बैंकले ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेवोन) मा आवेदन दिएको छ । बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिन दिएको हो । बैंकले असार १६ गते बोर्डमा आवेदन दिएको थियो । बोर्ड अनुपति पाएपश्चात बैंकले ११ प्रतिशत ब्याजदर भएको ‘सिभिल बैंक डिबेञ्चर–२०८४’ निष्काशन तथा बिक्री खुला गर्नेछ । बैंकको उक्त ऋणपत्रको अवधि ५ वर्षको रहेको छ । बैंकले १ हजार अंकित मूल्यका कूल ५० लाख इकाइ निष्काशन गर्नेछ । जसमध्ये २० लाख इकाइ सर्वसाधारणका लागि र ३० लाद इकाइ ब्यक्तिगत तवरबाट बिक्री गर्नेछ । बैंकको उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।